माघ ५, २०७९
नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन्। बिहीबार प्रतिनिधि सभाबाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाक...
काठमाडौंको नागढुंगामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट शुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो । सवारी साधनको लाम शुक्रवार साँझ पनि उत्तिकै थियो । काठमाडौंको कलंकी होस् या गौशाला वा अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ । यात्रुको भीड पनि उत्तिकै छ । प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्मेहम्मे परिरहेको सडकमा देख्न सकिन्छ ।
हिन्दूको महान पर्व दशैंको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने नेपालीको संख्या दिनदिनै बढ्दो छ । अन्य समयमा शनिवार प्रायः खाली हुने काठमाडौंका सडकमा शनिवार भने सवारी साधनको बाक्लो उपस्थिति छ ।
पोका÷पुन्तुरा बोकेर मानिस उपत्यका छाड्न हतारिएका दृष्य विभिन्न क्षेत्रमा देख्न सकिन्छ । टिकट काटेकाहरू सवारीसाधन कुरिरहेका देखिए भने टिकट नकाट्ने यात्रु सिट खाली रहेका सवारी साधनको प्रतिक्षा गरिरहेका भेटिए । सिट नपाएका ट्रक तथा अन्य सवारी साधनमा समेत गइरहेका थिए । पश्चिम नेपाल जान कलंकी पुगेकी निर्मला शर्मा टिकट नपाइएकाले सिट खाली भएको गाडीको प्रतीक्षा गरिरहेको बताइन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दशैं शुरु भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रुको चाप बढिरहेको छ । त्यसदिन ६० हजार यात्रुले उपत्यका छाडेका थिए । बिहीवार ७१ हजार ७०० यात्रुले उपत्यका छाडेकामा शुक्रवार उपत्यका छाड्नेको संख्या ८४ हजार रह्यो । शनिवार भने त्यसको तुलनामा दोब्बर (दुई लाख) बढीले उपत्यका छाड्ने अनुमान गरिएको कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।
शनिवार साँझसम्म झण्डै पाँच लाख मानिसले उपत्यका छाड्ने उनको अनुमान थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्भ गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको संख्या यकिन नभएकाले उपत्यका छाड्ने संख्या त्यसको दोब्बर हुनसक्ने अनुमान छ ।
यही असोज १० गतेदेखि १४ गते शुक्रबारसम्म कूल ३ लाख ५३ हजार ४८५ बाहिरिएका छन् भने झण्डै २ लाख बाहिरिने अनुमान गरिएको छ । प्रहरीका अनुसार कूल ५० हजार सवारी साधनमा उनीहरू यसरी बाहिरिएका हुन् ।
शनिवारदेखि दशैं बिदा भएकाले सडकमा अत्यधिक भीड रहेको र विभिन्न नाका तथा बसपार्क क्षेत्रमा उपत्यका छाड्ने यात्रुको बाक्लो उपस्थिति रहेको प्रहरी उपरीक्षक क्षेत्रीको भनाइ थियो ।
कुन दिन कति यात्रु भित्रिए कति बाहिरिए ?
ट्राफिक प्रहरीका अनुसार असोज १० गते आठ हजार सात सय २९ वटा सवारी साधनमा ४५ हजार आठ सय २३ यात्रु भित्रिएका थिए भने आठ हजार नौ सय चार सवारी साधनमा ६० हजार आठ सय ४१ यात्रु बाहिरिएका थिए ।
असोज ११ गते आठ हजार चार सय २७ सवारी साधनबाट ४५ हजार ३३ यात्रु भित्रिएका मा नौ हजार एक सय ६१ सवारी साधनबाट ६२ हजार चार सय ३२ यात्रु बाहिरिएको अभिलेख छ ।
यस्तै असोज १२ गते आठ हजार नौ सवारी साधनबाट ४५ हजार दुई सय ६० यात्रु भित्रिएकामा १० हजार ८६ सवारी साधनबाट ७१ हजार ७६३ यात्रु बाहिरिएका थिए । यस्तै असोज १३ गते आठ हजार २३ सवारी साधन मार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार दुई सय १९ सवारी साधनमार्फत ७४ हजार तीन सय ६२ यात्रु बाहिरिए ।
असोज १४ गते शुक्रबार भने सात हजार ४६० सवारीमार्फत ३७ हजार तीन सय ४० यात्रु भित्रिँदा १० हजार दुई सय ६७ सवारी साधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्यांक छ । यो प्रहरीले अभिलेख गरेको सार्वजनिक सवारी साधनमार्फत यात्रु भित्रिएका र बाहिरिएकाको विवरण हो । यसबाहेक पनि मोटरसाइकल तथा अन्य निजी सवारी साधनमार्फत बाहिरिने यात्रुको संख्या ठूलो रहेको ट्रापिक प्रहरीले जनाएको छ । रासस
नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन्। बिहीबार प्रतिनिधि सभाबाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाक...
जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको बैठक बुधबार पनि बस्दैछ । मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउ...
कालीकोटमा एक सुत्केरीको हवाई उद्धार गरिएको छ । स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उनलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । रास्कोट नगर अस्पतालमा सुत्केरी भएकी रास्कोट नगरपाल...
नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले बाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् । नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो । काफ्ले प्रदेशसभाम...
नेपाल टी–द्धान्टी लिग क्रिकेटमा स्पट फिक्सिङमा ५ जना खेलाडी र ५ जना अफिसियल संलग्न देखिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले गरेको अनुसन्धानबाट १० जना संलग्न देखिएको हो । प्रहरीले स्पट फि...
उपकुलपति नहुँदै उपकुलपतिको गलत ओहदा प्रयोग गरेकोमा वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानका डा. ज्ञानेन्द्र गिरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...