×

NMB BANK
NIC ASIA

गठबन्धनको सकसः

पाँच दलीय गठबन्धन छाड्ने तयारीमा उपेन्द्र यादव, सिट बाँडफाँटमा असन्तुष्टि

असोज १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जनता समाजवादी पार्टीले पाँच दलीय गठबन्धनबाट बाहिरिने तयारी गरेको छ । मंसिर ४ मा हुने निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा तालमेल गर्ने सहमति गरेको जसपाले सिट बाँडफाँट आफ्नो पार्टीको पक्षमा नभएको भन्दै बाहिरिने तयारी गरेको हो । 

Muktinath Bank

शनिवार सिंहदरबास्थित उक्त पार्टीको संसदीय दलको कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकमा गठबन्धनबाट बाहिरिने विषयमा छलफल भएको नेताहरूले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसपाका प्रवक्ता मनिष सुमनले जारी गरेको प्रेस नोटमा पनि पाँँच दलीय गठबन्धनमा भएको सिट बाँडफाँट जसपाको लागि सन्तोषजनक नभएको उल्लेख गरेका छन् । 


Advertisment
Nabil box
Kumari

प्रेस नोटमा भनिएको छ, ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठबन्धनमा आगामी हुने संघीय संसद् र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको सिट बाँडफाँटसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पकोरूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ ।’

Vianet communication
Laxmi Bank

जसपाले गठबन्धनबाहेक अन्य दलसँग पनि तालमेलको बाटो खुला गरेको छ । 

गठबन्धनको बैठकमा भएको छलफलबारे जानकारी गराउँदै नेता सुमनले लोकान्तरसँग भने, ‘सम्मानजनक अवस्था रहँदा गठबन्धनमै रहेर चुनाव लड्ने भन्ने हो । त्यस्तो अवस्था रहेन भने अन्य दलसँग चुनावी तालमेल गर्न सकिन्छ । त्यो अवस्था पनि नहुँदा जसपा एक्लै चुनाव लड्छ ।’

उनले जारी गरेको प्रेस नोटमा पनि जसपाले एक्लै चुनाव लड्ने निर्णय गर्न सक्ने उल्लेख गरेका छन् । 

जसपाका केन्द्रीय सदस्य लाक्पा शेर्पाले कांग्रेस र माओवादी केन्द्रको बैशाखी बन्नको लागि मात्रै गठबन्धनमा नरहने बताए ।

उनले जसपा एक्लै चुनावमा जाने सम्भावना रहेको जानकारी दिए । ‘कांग्रेस र माओवादी केन्द्रको बैशाखी बन्नको लागि मात्रै गठबन्धनमा रहँदैनौ । आगामी चुनावमा जसपा एक्लै प्रतिस्पर्धा गर्ने अवस्था छ’, उनले भने । 

जसपाले अन्य दलसँग चुनावी तालमेल गर्नसक्ने बताए पनि कुन दलसँग चुनावी तालमेल हुने भन्ने खुलाएको छैनन् । 

एमालेका नेता गंगाराम यादवलाई पार्टी प्रवेश गराउँदै पार्टी अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि जसपा एक्लै चुनाव लड्ने अवस्था आइरहेको बताएका थिए । गठबन्धनमा रहेर कांग्रेस र माओवादी केन्द्रलाई ठूलो पार्टी बनाउने वैशाखीकोरूपमा आफूहरु प्रयोग नहुने उनले बताएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x