×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

गठबन्धनमा खटपट : सिट बाँडफाँटमा सबै दल असन्तुष्ट

असोज १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ पाँच दलीय गठबन्धनभित्र निर्वाचनको सिट बाँडफाँटका कारण खटपट शुरू भएको छ । मंसिर ४ गते हुने निर्वाचनको लागि तालमेल गर्ने निर्णय गरेर सिट र निर्वाचन क्षेत्र बाँडफाँटको लागि गठबन्धनभित्र छलफल चलिरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, सहयात्री दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने निर्णय गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँच दलले कार्यदल बनाएर सिट बाँडफाँटको काम गरिरहेको भए पनि दलहरूले चित्तबुझ्दोरूपमा सिट बाँडफाँट टुङ्ग्याउन सकेका छैनन् ।


Advertisment
Nabil box
Kumari

कार्यदलले सिट बाँडफाँट निर्णयमा पुर्‍याउन नसकेपछि शीर्ष नेताहरूले मोटा-मोटी सिट संख्या बाँडफाँटको प्रारम्भिक हिसाब निकालेका छन् । त्यसैमा दलहरूबीच खटपट शुरू भएको छ । 

Vianet communication
Laxmi Bank

प्रतिनिधि सभातर्फको कुल १६५ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ८५, माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने गरी मोटामोटी सहमति भएको छ । तर, पछिल्ला बैठकहरूमा यि संख्यामा पनि हेरफेर भइरहेको बताइएको छ । प्रारम्भिक तहको यो बाँडफाँटमा पनि कांग्रेसमै सबैभन्दा धेरै असन्तुष्टि छ ।

गठबन्धनका कारण धेरै सिट गुमाउनु परेको भन्दै कांग्रेसका नेताहरूले असन्तुष्टि पोखिरहेका छन् । विशेषगरी, कांग्रेसको संस्थापनइतर खेमाका नेताहरू गठबन्धनका शीर्ष नेताहरूसँग आक्रोशित छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले धेरै सिट लिएर कांग्रेसलाई कम सिट उपलब्ध गराएको उनीहरूको तर्क छ । 

कांग्रेसले कम सिटमा चित्त बुझाउँदा संस्थापन इतर खेमामा रहेका नेताहरूले उम्मेदवार बन्न पाउने सम्भावना खुम्चिने भएका कारण पनि उनीहरू आक्रोशित छन् । 

गठबन्धनमा अहिले भएकाले निर्णयले गठबन्धन नै हार्ने अवस्था आउने कांग्रेसका नेता दीपकुमार उपाध्याय बताउँछन् । निजात्मक स्वार्थको लागि गठबन्धन बनेको तर्क गर्ने उपाध्याय भन्छन्, ‘लोकतन्त्रमा जनताले आआफ्नो अभिमत गर्न पाउने सुविधा रहन्छ । पार्टीहरूले पनि आफ्नो तरिकाले चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाउँछन् । चुनाव भइसकेपछि गठबन्धन गर्दा राम्रो हुन्थ्यो । चुनाव अघि नै गठबन्धन भएको छ तर, चुनावपछिको मार्गदर्शन के हो भन्ने स्पष्ट छैन ।’

पाँच दलका बीचमा स्वार्थको गठबन्धन बनेको र अहिलेको निर्णयले गठबन्धन नै पराजित हुने अवस्था आउने उनको विश्लेषण छन् । 

उपाध्याय भन्छन्, ‘स्वार्थको गठबन्धन छ । जनताको रुची रुझान एकातिर, राजनीतिक निर्णय अर्कोतिर हुँदा गठबन्धन नै पराजयको अवस्था आउँछ । त्यसले संकटपूर्ण अवस्था सिर्जना गर्छ । पार्टीभित्र पनि ठूलो दरार आउँछ । अहिले कांग्रेसजस्तो पार्टीले नै आधाभन्दा बढी सिट छाड्नुपर्ने अवस्था आइरहेको छ ।’

अहिले समाचारहरूमा आइरहेकै अनुसार सिट बाँडफाँट भएका धेरैजसो कांग्रेसका नेता कार्यकर्ता चुनावमा भोट माग्नै नजाने अवस्था आउने उनले बताए । 

उनी भन्छन्, ‘असन्तुष्ट भएकाहरू आफैँ स्वतन्त्र उम्मेदवार बन्नसक्छन्, प्रतिस्पर्धी पार्टीलाई सघाउन सक्छन् । त्यस्तो अवस्थामा हामी पनि मत माग्न सक्ने अवस्थामा हुँदैनौ । तर, त्यसले पार्टीलाई, गठबन्धनलाई त क्षति भयो नि । गठबन्धनका पराजयको कारण गठबन्धनको आफ्नै निर्णय बन्यो भन्ने कुरा इतिहासमा नबसोस् ।’

गठबन्धनमा भएको सिट बाँडफाँटको विषयलाई लिएर कांग्रेसका अर्का नेता डा. गोविन्दराज पोखरेलले अहिलेकै अवस्था हो भने आगामी चुनावमा आफू भोट माग्न नजाने बताएका छन् । पोखरेल प्युठानबाट उम्मेदवार बन्न चाहेका छन् । तर, गठबन्धनमा प्युठानमा पोखरेलको क्षेत्र राष्ट्रिय जनमोर्चालाई दिने सहमति बनेको छ । पोखरेल २०७४ को चुनावमा पनि पौडेलसँग पराजित भएका थिए । 

सत्ता सहयात्री दिल जनता समाजवादी पार्टीले सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै गठबन्धनबाट बाहिरिने तयारी गरेको छ । 

शनिवार सिंहदरबारस्थित उक्त पार्टीको संसदीय दलको कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकमा गठबन्धनबाट बाहिरिने विषयमा छलफल भएको नेताहरूले बताएका छन् । 

जसपाका प्रवक्ता मनिष सुमनले जारी गरेको प्रेस नोटमा पनि पाँँच दलीय गठबन्धनमा भएको सिट बाँडफाँट जसपाको लागि सन्तोषजनक नभएको उल्लेख गरेका छन् । 

प्रेस नोटमा भनिएको छ, ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठबन्धनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको सिट बाँडफाँटसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पकोरूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ ।’

जसपाले गठबन्धनबाहेक अन्य दलसँग पनि तालमेलको बाटो खुला गरेको छ । 

गठबन्धनको बैठकमा भएको छलफल बारे जानकारी गराउँदै नेता सुमनले लोकान्तरसँग भने, ‘सम्मानजनक अवस्था रहँदा गठबन्धनमै रहेर चुनाव लड्ने भन्ने हो । त्यस्तो अवस्था रहेन भने अन्य दलसँग चुनावी तालमेल गर्न सकिन्छ । त्यो अवस्था पनि नहुँदा जसपा एक्लै चुनाव लड्छ ।’

उनले जारी गरेको प्रेस नोटमा पनि जसपाले एक्लै चुनाव लड्ने निर्णय गर्न सक्ने उल्लेख गरेका छन् । जसपाका केन्द्रीय सदस्य लाक्पा शेर्पाले कांग्रेस र माओवादी केन्द्रको बैशाखी बन्नको लागि मात्रै गठबन्धनमा नरहने बताए ।

उनले जसपा एक्लै चुनावमा जाने सम्भावना रहेको जानकारी दिए । ‘कांग्रेस र माओवादी केन्द्रको बैशाखी बन्नको लागि मात्रै गठबन्धनमा रहँदैनौ । आगामी चुनावमा जसपा एक्लै प्रतिस्पर्धा गर्ने अवस्था छ’, उनले भने । 

जसपाले अन्य दलसँग चुनावी तालमेल गर्नसक्ने बताए पनि कुन दलसँग चुनावी तालमेल हुने भन्ने खुलाएको छैन । 

एमालेका नेता गंगाराम यादवलाई पार्टी प्रवेश गराउँदै पार्टी अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि जसपा एक्लै चुनाव लड्ने अवस्था आइरहेको बताएका थिए । गठबन्धनमा रहेर कांग्रेस र माओवादी केन्द्रलाई ठूलो पार्टी बनाउने बैशाखीको रूपमा आफूहरू प्रयोग नहुने उनले बताएका थिए ।

सिट बाँडफाँटको विषयलाई लिएर नेकपा एकीकृत समाजवादी पनि सन्तुष्ट छैन । शुरूमा एकीकृत समाजवादीलाई १७ सिट दिने सहमति भए पनि पछिल्ला बैठकमा त्यो संख्यामा पनि घटाउने प्रस्ताव आएपछि एकीकृत समाजवादीका नेताहरू रूष्ट बनेका छन् । 

एकीकृत समाजवादीका एक नेताले भने, ‘कांग्रेसले यसअघि भएकोभन्दा अर्कै सूची ल्याएको कारण त्यसमा चित्त बुझाउन नसक्ने बताएका छौँ । कांग्रेसको दोस्रो प्रस्तावले सहमति हुन सकेको छैन ।’

निर्वाचन आयोगले असोज २३ मा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको मिति तोकेको छ । त्यसअघि दलहरूले सिट बाँडफाँट टुंगो गरेर उम्मेदवार चयन गर्नुपर्ने छ ।

गठबन्धनमा देखिएको पछिल्लो खटपटले सत्तारूढ पाँच दलीय गठबन्धनकै भविष्य कसरी अगाडि बढ्छ भन्ने प्रश्न खडा हुन थालेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x