×

X
Nic Asia
Khukuri

युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकको घोषणा

काठमाडाैं | असोज १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्व बैंकका युरोप तथा मध्य एसिया क्षेत्रीय उपाध्यक्ष अन्ना बजेर्डेको भनाइ छ, “युक्रेनमा विनाश, क्षति र विस्थापनको सङ्ख्या अनपेक्षित छ र यो अझै बढ्दै गइरहेको छ ।”


Advertisment
Saurya island

विश्व बैंकको अनुमानअनुसार युक्रेनको पुनर्निर्माण र पुनस्र्थापनाको लागत आगामी तीन वर्षमा १०० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

युक्रेनका लागि आपतकालीन कोषका लागि करिब १३ अर्ब अमेरिकी डलर परिचालन गरिसकेको र त्यसमध्ये ११ अर्ब अमेरिकी डलर वितरण भइसकेको बैंकले जनाएको छ ।

Vianet communication
IME BANK INNEWS

अमेरिकी संसद (कङ्ग्रेस) ले युक्रेनका लागि १२ अर्ब ३० करोड अमेरिकी डलरको नयाँ सहायता प्याकेज स्वीकृत गरेको छ, जसमा तीन अर्ब ७० करोड अमेरिकी डलरका सैन्य उपकरण पनि समावेश छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको नियन्त्रणमा रहेको युक्रेनका चार वटा क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गरेकै दिन नयाँ आर्थिक सहायता प्राप्त भएको हो । 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १४, २०७९

भारतको उत्तर प्रदेशस्थित फिरोजाबादमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । इलेक्ट्रिक्स र फर्निचर उद्योगमा भएको आगलागीमा परेर ६ जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्य...

मंसिर १३, २०७९

भियतनामको जनसङ्ख्या सन् २०२३ मा १००  पुग्ने प्रक्षेपण गरिएको छ ।  स्थानीय सञ्चार माध्यमले मङ्गलबार  सार्वजनिक गरेको  जनाकारी अनुसार  हाल त्यहाँको जनसङ्ख्या ९९ मिलियन भन्दा बढी छ ।  द...

मंसिर १३, २०७९

रुसको विदेशी गुप्तचरीसँग सम्बन्ध भएको भनिएका एक अर्बपतिको रहस्यमय हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।  भ्याचेस्लाभ तारान नामक ती व्यापारी स्विटजरल्यान्डको लाउसानबाट उडेपछि एजे गाउँनजिक दुर्घटनामा मारिएका...

मंसिर १४, २०७९

उद्यमशीलता गर्ने हो भने आर्थिक उपार्जनमा सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् भारतको बुरहानपुरका एक युवक । बुरहानपुरका सन्दीप जगन्नाथ रावलले मसला बेचेर मासिक ३ लाख रुपैयाँ कमाइरहेका छन् । भारतीय सञ्चारमाध्...

मंसिर १३, २०७९

बेलायतले चीनको आणविक कम्पनी सीजीएनलाई साइजवेल सी आणविक विद्युतीय स्टेसन निर्माण कार्यबाट निकालेको छ ।  अब त्यस स्टेसनलाई बेलायतले फ्रान्सेली साझेदार ईडीएफसँग मिलेर बनाउनेछ ।  बेलायतको कन्जर्भे...

मंसिर १३, २०७९

क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ मङ्गलबार सार्वजनिक तथ्ताङ्कले अर्थतन्त्र सुस्त हुने विगतको पूर्वानुमानलाई यसले फरक ढङ्गले पुष्टि गरेको छ ।   यसका प...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x