×

NMB BANK
NIC ASIA

पिपिएल क्रिकेटको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालयलाई

असोज १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडीको पाटनमा सम्पन्न दोस्रो संस्करणको पाटन प्रिमियिर लिग (पिपिएल–२) क्रिकेटको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालयले जितेको छ । फाइनलमा ग्वाल्लेक क्रिकेट क्लबलाई चार विकेटले हराउँदै भीमदत्तले उपाधि हात पारेको हो ।

Muktinath Bank

ग्वाल्लेकले दिएको २०३ रनको विजयी लक्ष्य भीमदत्त शिक्षालयले १८.४ ओभरमा भेट्टायो । विजयी गराउन शतकीय पारी खेल्ने क्रममा  सुमित बुडालले एक सय २८ रनको योगदान गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गरेको ग्वाल्लेकले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय दुई रन बनायो । उसका लागि नवीन चन्दले ६२ तथा महेश शाहले ६० रन जोडे । भीमदत्त शिक्षालयका राहुल चन्दले दुई विकेट लिए ।


Advertisment
Nabil box
Kumari

उपाधिसँगै  भीमदत्त शिक्षालयले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले जानकारी दिनुभयो । ग्वाल्लेकले रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र पायो ।

Vianet communication
Laxmi Bank

यसैबीच  ग्वाल्लेकका दीपक बोहरा म्यान अफ द सिरिजसहित बेस्ट ब्याट्सम्यान घोषित भए । बोहराले रु ११ हजार एक सय ११ म्यान अफ द सिरिजवापत र बेस्ट ब्याट्सम्यान घोषित भएवापत रु पाँच हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी  ग्वाल्लेककै दीपक जोशी बेस्ट बलर घोषित भए । जोशीले रु पाँच हजार पाँच सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पाटन क्रिकेट क्लबको आयोजनामा यही असोज ३ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा २४ टोली सहभागी थिए । गत वर्षदेखि पाटन प्रिमिमियर लिग आयोजना हुँदै आएको छ । गत संस्करणको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x