×

X
Nic Asia
Khukuri
Daraz

‘साइकल प्लाङक ब्यालेन्स’को उपाधि थापालाई

काठमाडाैं | असोज १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

कपिलवस्तुमा भएको ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन् ।

LAxmi BAnk
nabil BANK inside

शनिवार भएको प्रतियोगितामा उनले १२.३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन् ।
 
पानीमाथि ट्रयाक बनाएर खेलिने खेल लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा भएको थियो । १५० प्रतियोगीबीच भएको खेलमा प्रथम भएका थापाले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको क्लबका अध्यक्ष राम सुभागे थारूले बताए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

प्रतियोगिताको पहिलो चरणमा ८ जनाले दूरी पार गरेका थिए । खेलमा रुपन्देही सैनामैनाका रिजन बन्जाडे द्वितीय भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे भने १५.०७ सेकेन्डको दूरीमा लक्ष्य चुमेका थिए ।

कपिलवस्तुका शौरव शर्मा तृतीय हुँदा सुदीप घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका छन् । शर्माले १५ हजार रुपैयाँ पाएका छन् भने १६.२८ सकेण्डमा दूरी पार गरेका थिए । घिमिरेले स्मार्ट वाच पाएर चित्त बुझाए भने १६.५६ सकेण्डमा लक्ष्य चुमेका थिए ।


Advertisment
Saurya island

दोस्रो चरणमा ८ जनाबीच भएको प्रतिस्पर्धामा ६ जनाले दूरी पार गरे पनि २ जना बीचमै असफल भएका थिए । ६ जनाबीच दूरी पार गरेको समयलाई आधार बनाई विजेता बनाइएको अध्यक्ष थारूले बताए । जिल्लाको वाणगंगा नगरपालिका राजापानीको एक पोखरीमा भएको प्रतियोगिता हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो । कहिल्यै नहेरेको खेल हेर्न पाएको जनाउँदै दर्शक खुशी देखिन्थे ।

प्रतियोगितामा आयोजकले सहभागीको रजिस्ट्रेसन शुल्कबापत १ हजार ५०० रुपैयाँ तोकेको थियो भने टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको व्यवस्थापन गरेको थियो । 

Vianet communication
IME BANK INNEWS

प्रतियोगितामा कपिलवस्तुसँगै रुपन्देहीबाट समेत सहभागी भएको खेल संयोजक विष्णु घिमिरेले जानकारी दिए । प्रतियोगिता सहभागीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एम्बुलेन्सको व्यवस्था मिलाइएको थियो ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ९, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल प्रतियोगितामा अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको अ...

मंसिर ९, २०७९

विश्वकप अन्तरगत समूह ‘ए’ मा रहेको आयोजक कतार आफ्नो दोस्रो खेलमा पनि पराजित बनेको छ । शुक्रबार भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले हराएको हो ।  अल थुमाम स्टेडियममा भएको खेलम...

मंसिर १०, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत शनिवार ४ खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’का समान २/२ खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’म...

मंसिर ९, २०७९

प्रदेश १ लाई ७२ रनले पराजित गर्दै बागमतीले प्रदेशले राजधानीमा जारी वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बागमतील...

मंसिर ९, २०७९

कतारमा जारी विश्वकप फूटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी शुरूआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गर्‍यो । ब्राजिलका लागि दुवै गोल रिचार्ल...

मंसिर ९, २०७९

आयोजक भ्याली पब्लिकले १५ औं माछापुच्छ्रे«े–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । भ्याली पब्लिकले सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गल्र्स तीनै स्पर्धाम...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x