×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

गठबन्धनमा खटपट, एमालेतिर ढल्कियो जसपा

असोज १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्तारूढ पाँच दलीय गठबन्धनभित्र निर्वाचनको सिट बाँडफाँटका कारण खटपट शुरू भएको छ । मंसिर ४ गते हुने निर्वाचनको लागि तालमेल गर्ने निर्णय गरेर सिट र निर्वाचन क्षेत्र बाँडफाँटको लागि गठबन्धनभित्र छलफल चलिरहेको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, सहयात्री दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने निर्णय गरेका थिए ।
पाँच दलले कार्यदल बनाएर सिट बाँडफाँटको काम गरिरहेको भए पनि दलहरूले चित्तबुझ्दोरूपमा सिट बाँडफाँट टुङ्ग्याउन सकेका छैनन् ।

Muktinath Bank

कार्यदलले सिट बाँडफाँट निर्णयमा र्पुयाउन नसकेपछि शीर्ष नेताहरूले मोटा(मोटी सिट संख्या बाँडफाँटको प्रारम्भिक हिसाब निकालेका छन् । त्यसैमा दलहरूबीच खटपट शुरू भएको छ ।
००००
सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटको अन्तिम टुंगो लाग्न नसकिरहेको बेला सहयात्री दल जनता समाजवादी पार्टी (जसपा) एमालेतिर ढल्किएको छ । शनिबार दिउँसो गठबन्धनबाट बाहिरिने संकेतसहित सो पार्टीले विज्ञप्ति जारी गरेको छ। 
शनिबार दिउँसो सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकको निर्णय भन्दै पार्टी प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रेस नोटमा गठबन्धनमा भइरहेको सिट बाँडफाँटको छलफल जसपाको लागि उपयुक्त नभएको भन्दै गठबन्धन भित्रका दलहरूसँग मित्रवत प्रतिस्पर्धा र अन्य दलसँग चुनावी तालमेलको ढोका खुलेको संकेत दिएका थिए ।
जसपा र एमालेका नेताहरूबीचमा पछिल्लो समयमा भएको छलफलमा एमालेले जसपालाई २० देखि २५ सिट दिएर चुनावी तालमेल गर्ने प्रस्ताव गरेपछि जसपामा यू–टर्न आएको जसपाका एक नेताले बताए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन्। 
एमाले निकट युवासङ्घले शनिबार सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित  धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप लगाए ।
००००
नेपालीहरूको महान चाड दशैं शुरू भएसँगै काठमाडौंबाट बाहिरिनेको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकाका प्रमुख नाकाहरूमा सवारी साधनको चाप बढेको छ । शनिवार काठमाडौंमा प्रमुख नाकाहरूमा लामो समयसम्म सवारी साधन जाममा परेका थिए ।
००००
दशैं बिदामा काठमाडौं महानगरपालिकाले स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।
००००
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको क्रम शुरू भएको छ । आयोगले शनिवारदेखि निर्वाचन कार्यालय स्थापनाको क्रम शुरु गरेको हो ।
००००
मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका दुई जना कैदी फरार भएपछि उक्त घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । उक्त घटनामा ड्युटीमा रहेका प्रहरीको संलग्नताबारे अनुसन्धान गर्न समिति गठन गरिएको हो ।  
००००
दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट भएको छ । शनिवार दशैंको अवसर पारेर  रंगशालामा सांगीतिक कन्सर्ट भएको हो ।
कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरूले प्रस्तुति दिएका छन् ।
००००
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ । 
विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न÷नगराउन प्राधिकरणले आग्रह गरेको छ ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाले आइतवार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना गर्ने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुुने भएकी छन् । उनी नेपाली सेनाको परमाधिपति हुन् । 


Advertisment
Nabil box
Kumari

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ । सो अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिने छ ।
००००
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अधिकांश पदाधिकारी प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङसहित उपमहासचिवहरू प्रत्यक्ष चुनाव लड्ने भएका हुन् ।
००००
नेपाली मुद्रासँगको तुलनामा अमेरिकी डलर अहिलेसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि जारी गरेको विदेशी मुद्रा सटहीको दरअनुसार १ अमेरिकी डलर किन्न नेपाली मुद्रा १३१.४१ रुपैयाँ खर्चिनुपर्छ ।
डलरको मूल्य १ वर्ष अगाडि असोज १३ गते सटही दर ११८.७७ रुपैयाँ थियो । त्यसपछि पुस १४ गते डलरको मूल्य थोरै ओरालो लागेको देखिन्छ । त्यतिबेला १ डलर किन्न ११९.७५ रुपैयाँ खर्च गर्नुपर्ने थियो । गत वर्षको पुसपछि निरन्तर बढिरहेको डलरको मूल्य अहिलेसम्म रोकिएको छैन । हरेक महिना बढ्दै गएका कारण पछिल्लो १ वर्षमै डलरको मूल्य १२.६४ डलरले बढिसकेको छ ।
००००
नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दशैंका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दशैंमा वर्षा हुने बताएको हो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x