×

NMB BANK
NIC ASIA

तनहुँमा निर्वाचनको तयारी शुरू

असोज १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने समय नजिकिँदै गएकाले तनहुँमा तयारी शुरू गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनको तयारीस्वरूप तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा शनिवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।


Advertisment
Nabil box
Kumari

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, निर्वाचन अधिकृत गोविन्द उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी, निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो । सो अवसरमा नगर प्रमुख पण्डितले निर्वाचन सम्पन्न गराउनका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

प्रमुख जिल्ला अधिकारी अर्यालले शान्तिपूर्ण र स्वच्छ वातावरणमा निर्वाचन गराउन प्रहरी प्रशासन सक्षम रहेको बताए । प्रहरी उपरीक्षक रेग्मीले मतदातालाई ढुक्कसँग मतदान गर्न पाउने व्यवस्था मिलाइने बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भने सदरमुकामस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आइतवार स्थापना गरिनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गराउनेछ । मुख्य निर्वाचन अधिकृतका रूपमा जिल्ला न्यायाधीश दलबहादुर केसी नियुक्त भएका छन् ।

निर्वाचनको मिति नजिकिँदै गएकाले तनहुँमा निर्वाचनको आवश्यक तयारी शुरू गरिसकिएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । यसपटक सम्बन्धित निर्वाचन क्षेत्रमै कार्यालय स्थापना गरी मनोनयपत्र दर्ता र मतगणनाको काम हुने उनले बताए । 

जिल्लामा २ लाख ४८ हजार ४९५ मतदाता कायम भएका छन् । स्थानीय तह निर्वाचनपछि नयाँ मतदाता दर्ता र अद्यावधिकपछि निर्वाचन आयोगले तनहुँमा उक्त मतदाता संख्या कायम गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x