×

NMB BANK
NIC ASIA

दशैंतिहारसँगै फेवातालका डुंगा व्यवसायी व्यस्त

असोज १६, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

वर्षायाम सकिएसँगै फेवातालका डुंगा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुंगा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् । 

Muktinath Bank

कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्यामा थियो । चाडपर्व शुरू भएसँगै बाक्लिएको पर्यटकको घुइँचोले उनीहरूमा आशा जगाएको छ । तीमध्ये डुंगा चालकहरू पनि आयआर्जन बढ्नेमा ढुक्क छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना मत्थर भएसँगै पोखरामा पर्यटकको संख्या बढेको डुंगा चालक चिजमान गुरुङले बताए । पोखरा आएका पाहुना फेवाताल पुगेर डुंगा सयर गर्ने उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

यसरी फेवातालमा डुंगा चढ्ने पाहुनाका कारण आफ्नो आम्दानी बढेको गुरुङले जानकारी दिए । ‘कोरोनाको बेलामा त सुक्को पैसा कमाइएन, जहान बच्चा पाल्न पनि धौंधौं थियो,’ उनले भने, ‘कोरोना घटेपछि पाहुना आएर डुंगा चढ्नुहुन्छ, अलिअलि भए पनि कमाइएको छ ।’

Vianet communication
Laxmi Bank

पहिले दैनिक १ हजार ५०० रुपैयाँसम्म आम्दानी गर्ने गुरुङले अहिले दैनिक ८०० रुपैयाँसम्म कमाउँछन् ।
 
पोखरा आएपछि फेवातालमा डुंगा सयर नगरी फर्कनै मन नलाग्ने स्याङ्जाबाट पोखरा घुम्न आएका समिर मानन्धरले बताए । गत २ वर्ष कोरोनाले गर्दा घुम्न नपाएको बताउने उनी दशैं बिदाको मेसोमा पोखरा आएका हुन् । पोखरा आएलगत्तै सिधै फेवाताल पुगेर डुंगा चढी बाराही मन्दिरको दर्शन गरी फर्किएको उनले सुनाए ।
 
चाडपर्वको आगमनसँगै पर्यटक पोखरा आउन थालेका फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए । पोखरा आएका पर्यटक फेवातालमा डुंगा चढ्न हुरुक्कै गर्ने कारण डुंगा चालक व्यस्त हुन थालेका उनको भनाइ छ ।

फेवातालका ८ वटा घाटबाट डुंगा सञ्चालन हुने गर्छ । अहिले ती सबै घाटका डुंगा चालक बिहानदेखि बेलुकासम्मै व्यस्त हुन थालेको अध्यक्ष गिरीले जानकारी दिए । बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी ८ घाटमा ७२६ वटा डुंगा छन् । ती डुंगा चलाउने २५ जना महिला छन् भने बाँकी सबै पुरुष छन् । त्यसमा पनि युवाहरूको संख्या धेरै रहेको अध्यक्ष गिरीले जानकारी दिए ।
 
पर्यटकले तोकिएकोभन्दा बढी भाडा लिएको गुनासो गर्न थालेपछि फेवा डुंगा व्यवसायी संगठनले अनुगमन समिति पनि बनाएको छ । अनुगमन समिति गठन भएर निरीक्षण गर्न थालेपछि पर्यटकको गुनासोमा कमी आएको अनुगमन टोलीको संयोजक प्रितम कुँवरले बताए ।

‘बाराहीघाटबाट बाराही मन्दिरसम्म पुगेर फर्केको ६० रुपैयाँ भाडा हो तर यहाँ चालकले मनोमानी पैसा लिएको भन्ने गुनासो आउन थाल्यो,’ कुँवरले भने, ‘यसका लागि हामी अनुगमनमा निस्कन्छौं, त्यस्तो भेटिए तत्काल कारबाही गर्छौं ।’ 

दशैंको आगमनसँगै पोखरामा आन्तरिक पर्यटकको आगमन बढेकाले डुंगा व्यवसायी र चालक खुशी भएका कुँवरले बताए । पोखरा आएका आन्तरिक तथा केही बाह्य पर्यटकले डुंगा चढ्ने गरेको उनले जानकारी दिए । सोही कारण फेवातालका डुंगा व्यवसायी तथा चालकले आम्दानी बढ्ने आशा गरेका छन् । – धनबहादुर गुरुङ/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x