×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

सप्तरी– २ को चुनावी हिसाब: कसैले दोहोर्‍याएर नजितेको क्षेत्रमा उपेन्द्रले कोर्लान् इतिहास ?

असोज १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तीनपटक भएको मधेश आन्दोलनका प्रमुख कमान्डर उपेन्द्र यादव सप्तरी- २ बाट फेरि पनि प्रतिनिधि सभाको उम्मेदवार बन्ने लगभग निश्चित छ । तीनपटक लगातार चुनाव जितिसकेका उनी चौथोपटक प्रतिनिधिसभामा प्रवेश गर्नका लागि प्रयासरत देखिएका छन् । तर, यसपटक भने उनलाई त्यति सहज नहुन सक्ने स्थानीय मतदाताहरूको विश्लेषण छ ।

Muktinath Bank

जसपा अध्यक्ष समेत रहेका यादव नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी समेतको पाँचदलीय गठबन्धनको साझा उम्मेदवारको रूपमा प्रस्तुत हुने सम्भावना प्रबल छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो घटनाक्रमले संकेत गरेजस्तै गठबन्धनमा खटपट नै आए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितको गठबन्धनको साथ उपेन्द्रको दललाई हुनेछ । एक्लै चुनाव लड्न नपर्ने भए पनि जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत पनि सोही क्षेत्रबाट लड्ने भएपछि उनलाई चुनौती भने थपिएको छ ।


Advertisment
Nabil box
Kumari

२०६२/०६३ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको अध्यक्षको हैसियतमा उनकै अगुवाईमा मधेश आन्दोलन भएको थियो । अन्तरिम संविधानको विरोधमा शुरू भएको आन्दोलन मधेशभर फैलिँदै गएपछि उनी चर्चामा आएका थिए । त्यतिबेला आन्दोलनकारीहरूले उनलाई मधेशको मसिहाको संज्ञा दिएका थिए ।

Vianet communication
Laxmi Bank

२०६४ सालको पहिलो संविधानसभा चुनावमा उपेन्द्र यादव मोरङ- ५ र सुनसरी- ५ बाट चुनाव लडेका थिए । दुवै क्षेत्रबाट उनी विजयी भएका थिए । २०७० सालको चुनावमा मोरङ- ५ र सुनसरी- ५ बाट उम्मेदवार बनेका उनी सुनसरी- ५ बाट पराजित भएका थिए भने मोरङ- ५ बाट निर्वाचित भएका थिए ।

मोरङमा पनि उनले जित्न नसक्ने आकलन गरेर नै २०७४ सालको चुनावमा उनले परम्परागत संसदीय क्षेत्र छोडेर सप्तरी- २ रोजेका थिए । सप्तरी- २ बाट भने उनी चुनाव जित्न सफल भएका थिए ।

गत चुनावमा यादवलाई माओवादीका उम्मेदवार उमेश यादवले कडा टक्कर दिएका थिए । तर, यसपटकको चुनावमा उनलाई मधेश प्रदेश सभाको सप्तरी २(ख) मा उम्मेदवार बनाउने सहमति माओवादी र जसपाबीच भएको छ ।

यादवले लड्ने क्षेत्र सप्तरी- २ बाट भने दोहोरिएर कसैले चुनाव जित्न सकेको छैन । यादव पुनः निर्वाचित भए भने नयाँ इतिहास बन्नेछ । अर्कातर्फ यादव पाँचदलीय गठबन्धनको साझा उम्मेदवार भएपनि उनलाई चुनाव जित्न भने गत चुनाव जस्तो सहज नहुने राजविराज नगरपालिकाका सन्तोष यादव बताउँछन् ।

'उहाँलाई यसपटक सीके राउतले कडा टक्कर दिन सक्छन्,' ती स्थानीयले लोकान्तरसँग भने, 'लोसपा र जनमतको गठबन्धन भयो भने उपेन्द्रजीलाई यसपटक धेरै नै गाह्रो हुन सक्छ ।'  

जसरी पाँचदलीय गठबन्धन एक ठाउँमा हुन्छन्, त्यसैगरी एमाले, लोसपा र जनमत पार्टीबीच पनि तालमेल भयो भने उपेन्द्रलाई गाह्रो हुनसक्ने महादेवाका अर्का एक स्थानीयको दाबी छ ।

'सीके राउत यहीँको उम्मेदवार हो, उपेन्द्रजी टुरिस्ट उम्मेदवार भएका कारण स्थानीयको सहानुभूति भने यसपटक यादवप्रति नहुन सक्छ,' ती स्थानीयले भने, 'मधेशी जनतालाई गोली प्रहार गरी संविधान जारी भएको अवस्थामा मधेश आन्दोलनको रापतापका साथै आन्दोलनको प्रमुख कमान्डर नै आएका कारण यादवलाई २०७४ सालमा यस क्षेत्रका मतदाताले मत दिएर जिताएका थिए । तर, यसपटक भने त्यो सहानुभूति देखिएको छैन ।'

विगतको इतिहास हेर्ने हो भने अहिलेको सप्तरी- २ विगतमा सप्तरी- ३ थियो । त्यहाँ बाट २०६४ सालमा सद्भावना पार्टीका महेश यादव निर्वाचित भएका थिए । २०७० सालको निर्वाचनमा भने महेश यादव पराजित भएका थिए ।

सप्तरी- २ मा ९६ हजार ४३ जना मतदातामध्ये करीब १७ हजार मतदाता यादव जातिका छन् । जातिगत मतका साथै गठबन्धनको मत समेत पर्ने हो भने गणितीय आधारमा यादवले सहजै चुनाव जित्न सक्ने कतिपयको विश्लेषण छ । तर, २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको नतिजाको परिणामले भने यादवलाई चुनौती रहेको देखाएको छ ।

सप्तरी- २ मा सदरमुकाम राजविराज नगरपालिका र छिन्नमस्ता, कोइलाडी, महादेवासहित ३ गाउँपालिका छन् । स्थानीय तहको निर्वाचनमा ती ४ पालिकामध्ये २ पालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, एक पालिकामा नेपाली कांग्रेस र एक पालिकामा मात्र जसपाले जितेको छ ।

तिलाठी कोइलाडीमा नेपाली कांग्रेस, छिन्नमस्ता र महादेवा गाउँपालिकामा लोसपाले जितेको छ भने राजविराज नगरपालिकामा जसपाले जितेको छ । दुई पालिकामा लोसपाले जितेका कारण यादवलाई चुनौती थपिएको हो । गठबन्धनको साझा उम्मेदवार यादवकैविरुद्ध बागी खडा हुने सम्भावना पनि छ ।

२०७४ सालमा यादव साविकको संघीय समाजवादी पार्टी र राजपाको साझा गठबन्धनका उम्मेदवार थिए, यादव । तर, राजपाबाट यादवको विरुद्धमा जयप्रकाश ठाकुर बागी उम्मेदवार बनेका थिए । बागी उम्मेदवार ठाकुरले १० हजारभन्दा बढी मत ल्याएका थिए ।

बागी उम्मेदवारी दिएकै कारण राजपाले ठाकुरलाई २ वर्षका लागि पार्टीबाट निष्कासन गरेको थियो । तर अहिले उनी लोसपाको आधिकारिक उम्मेदवारका रूपमा अघि बढेका छन् । ठाकुर ब्राम्हण जातिका हुन् । उक्त क्षेत्रमा ब्राम्हण जाति पनि सम्मानजनक मत छ ।

ठाकुर त्यहाँको युनिक एजुकेसन एकेडेमी नामक कलेजका सञ्चालक हुन् । करीब १ हजार विद्यार्थीलाई पढाउने गरिएको उक्त कलेजमा त्यस क्षेत्रका २५० भन्दा बढी मानिसलाई उनले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी दिएका छन् ।

त्यसैगरी ललितपुरमा ग्लोबल हस्पिटल सञ्चालन गरेका छन् । त्यसबाहेक काठमाडौंमा ट्रेडिङ कम्पनी सञ्चालन गरेका छन् ।

'उनले सञ्चालन गरेका विभिन्न व्यवसायमा मात्र जोड्ने हो भने पनि क्षेत्रका १ हजारभन्दा बढी स्थानीयलाई उनले रोजगारी दिएका छन्,' ती स्थानीयले थपे, 'यो क्षेत्रमा ठाकुर पनि प्रभावशाली उम्मेदवार बन्न सक्छन् ।'

राजविराजका निवर्तमान मेयर शम्भु यादवले माओवादी रोजे पनि अहिले फेरि लोसपामा फर्किएका छन् । 'नगरपालिकामा निवर्तमान मेयर यादवको ठूलो पकड छ । लोसपाका उम्मेदवारले जित्न नसके पनि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई कडा टक्कर दिने अवस्था छ,' ती स्थानीयले खुलाए ।

गत चुनावमा उपेन्द्र यादव संविधान पुनर्लेखनसहित विभिन्न एजेन्डा लिएर गएका थिए । संविधान जारी भएलगत्तै भएको चुनावमा उनले संविधान संशोधन होइन पुनर्लेखन नै गर्न जरुरी रहेको भन्दै मत मागेका थिए । तर, चुनाव जितेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका यादवले संविधान संशोधन वा पुनर्लेखनको एजेन्डालाई कार्यान्वयन गराउन सकेनन् ।

ओलीले सरकारबाट बर्खास्त गर्न लागेपछि मात्रै संविधान संशोधनका लागि कार्यदल गठनको कुरा यादवले जोडतोडका साथ उठाएका थिए ।

जसपाकै नेतृत्वमा पाँच वर्षदेखि मधेश प्रदेशमा सरकार छ । तर पनि खासै विकास हुन नसकेको, प्रदेश सरकारको पैसादेखि अन्य अनुदान सबैमा जसपाका सीमित कार्यकर्ताको हालीमुहाली रहेका कारण धेरैजसो कार्यकर्ता असन्तुष्ट छन् । ती सबै कारणले पनि यादवलाई ढुक्क हुने परिस्थिति नरहेको जसपाकै एक जिल्ला नेताले बताए ।

विकास गरेको दाबीसहित यादवको प्रचारप्रसार

उपेन्द्र यादवले आफ्नो फेसबूक पेजमा दिनहुँ सप्तरीसहित मधेश प्रदेशमा उल्लेख्य विकासको काम गरेको भन्दै प्रचारप्रसार गरिरहेका छन् ।

आफ्नै पहलमा संघ सरकारको रणनीतिक सडकअन्तर्गत सप्तरीको भारदह-डाढामा २५ करोड रुपैयाँको लागतमा पक्की सडक निर्माणको सम्झौता भएको भन्दै उनले प्रचार गरिरहेका छन् ।

उनको क्षेत्रअन्तर्गतको राजविराज नगरपालिका- १५ मा आफ्नै पहलमा देउरी भरुवामा कोल्ड स्टोर निर्माणको काम अगाडि बढेको दाबी उनले गरेका छन् ।

महादेवा गाउँपालिकास्थित पकरी-सोनरा-तोपा हुँदै राजविराज- १५ स्थित मुसहरनियाँ-विषहरिया-सकरपुरा-रम्पुरा डलवासम्म सडक निर्माण कार्यको थालनी भएको दाबी पनि उनले गरेका छन् ।

संघ र प्रदेश सरकारको समपूरक अनुदानअन्तर्गत बिरौल-डुमरी-भरुवा-झल्ही-फर्सेठ-सिगियौन-तिलाठी-चट्टी टोल-लोखरम-लालापट्टीसम्म सडक निर्माण कार्य थालनी भएको उनले दाबी गरिरहेका छन् ।

विश्व बैंक र संघ सरकारको साझेदारी कार्यक्रमअन्तर्गत राजविराजमा २३ किलोमिटर रिङरोड निर्माण प्रक्रियामा रहेको भन्दै उनले प्रचार गरिरहेका छन् ।

दलित र पिछडा वर्गलाई मूलधारमा ल्याउन गुणस्तरीय शिक्षा र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले मधेश प्रदेशमा कृषि विश्वविद्यालय, मधेश विश्वविद्यालय र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएको भन्दै उनले प्रचार गरिरहेका छन् । तर, उपेन्द्रलाई कतिपयले मधेश आन्दोलनले स्थापित गरेका एजेन्डा लागू गराउनेतर्फ नलागेको आरोप लगाउने गरेका छन् ।

'मधेश आन्दोलनको प्रमुख एजेन्डाका कारण उहाँ पटक–पटक निर्वाचित हुँदै आउनुभएको हो । तर मत पाएर चुनाव जितेपछि उहाँ ती एजेन्डा पूरा गराउनेतर्फ कहिल्यै लाग्नुभएन,' मधेश मामिलाका जानकार एक राजनीतिक विश्लेषकले भने, 'अधिकार, पहिचान, विभेदको अन्त्यलगायत विभिन्न एजेन्डा पूरा गराउन नसकेपछि अहिले आएर आफूले आफ्नो क्षेत्रमा व्यापक विकास गरेको भन्दै प्रचार गरिरहनु भएको छ ।'

विकासका साथ-साथै आन्दोलनका एजेन्डा पूरा गर्ने मुख्य कार्यभार सम्पन्न गर्न नसकेपछि अहिले विकासको नारा ल्याएको उनले बताए । 'चुनावमा के हुने हो, त्यो त थाहा हुने कुरा भएन, तर वर्तमान अवस्था हेर्दा उहाँलाई चुनाव जित्न विगत जस्तो सहज पक्कै छैन,' ती विश्लेषकले थपे, 'खास गरेर मधेशकै अर्का एक चर्चित नेता सीके राउत पनि त्यहीँबाट लड्ने भएपछि कडा टक्कर पर्ने देखिन्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x