×

X
Nic Asia
Dabur
Khukuri

प्रतिनिधिसभा निर्वाचन

कांग्रेसले समानुपातिक सूची सच्यायो, आयोगमा बुझाउने जिम्मेवारी कार्यालयका मुख्यसचिवलाई

काठमाडाैं | असोज १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

निर्वाचन आयोगले आजसम्म बन्दसूची सच्याउने समय दिएको छ । निर्वाचन आयोगले दिएको समयमा आयोगमा बुझाउने गरी समानुपातिकको सूची सच्याइएको कांग्रेसका एक नेताले जानकारी दिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

‘समानुपातिक उम्मेदवारको बन्दसूची सच्याइएको छ । कसलाई राखियो, कसलाई हटाइयो, भन्ने अहिले नै विस्तृतमा भन्न सकिएन’, कांग्रेसका एक नेताले भने ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिक उम्मेदवारको अघिल्लो प्राथमिकतामा राखेको विषयमा पनि कांग्रेसका विरोध भइरहेको थियो । 


Advertisment
Saurya island

त्यसैगरी, कांग्रेसको संस्थापन इतर समूहलाई समानुपातिक उम्मेदवारको सूचीमा नसमेटिएको भनेर तीव्र विरोध भएको थियो । उनीहरूले काठमाडौंमा विरोध सभा र धर्नाका कार्यक्रमहरू गरेका थिए । 

अहिले सच्याइएको समानुपातिक उम्मेदवारको सूचीमा आरजू राणा र मञ्जु खाणको नाम केही तल सारिएको कांग्रेसका एक नेताले जानकारी दिए ।

Vianet communication
IME BANK INNEWS

कांग्रेसले सच्याएको समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउने जिम्मेवारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ । 

नेपाली कांग्रेसले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्रै परेका थिए । उनीहरू पनि प्राथमिकताक्रमको अन्तिमतिर परेका थिए ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

जनमत पार्टीका अध्यक्ष सीके राउतले  राजनीतिक भेटवार्तालाई जारी राखेका छन् । निर्वाचनमा विजयी भएलगत्तै काठमाडौं आएका सीकेले राजनीतिक भेटवार्तालाई जारी राखेका हुन् ।  सोही क्रममा बुधबार जसपाका अध्यक्ष ...

मंसिर २१, २०७९

गण्डकी प्रदेशसभामा समानुपातिक सिट चार पार्टीबीच बाँडफाँट भएको छ । जसमा कांग्रेसले १० सिट पाएको छ भने नेपाली कांग्रेसले ९ सिट पाएको छ । यसैगरी माओवादी केन्द्रले ३ सिट पाउँदा राप्रपाले २ सिट सुरक्षित गरे...

मंसिर २१, २०७९

निर्वाचन आयोगले बुधबार गरेको समानुपातिकतर्फको सिट बाँडफाँडअनुसार कर्णाली प्रदेशमा ५ पार्टीको प्रतिनिधित्व भएको छ । जसमा नेकपा एमाले र कांग्रेसले सर्वाधिक ५–५ सिट पाउँदा माओवादी केन्द्रले ४ सिट पाएको छ ।...

मंसिर २१, २०७९

सर्वोच्च अदालतले चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको भन्ने सम्बन्धमा आएको पत्रबारे थप जिज्ञासा राख्दै संसद् सचिवालयलाई पत्र पठाएको छ । बुधवार फुलकोर्ट बैठकपछि सर्वोच्चका सहरजिस्ट्रार नाराय...

मंसिर २१, २०७९

सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका कानून व्यवसायीहरूमाथि जुत्ता प्रहार भएको छ । एक अधवैंशे महिलाले आफूले लगाएको जुत्ता खोलेर प्रहार गरेकी हुन् । उनले बार मुर्दावाद, वकिलहरू मुर्दावाद, चोल...

मंसिर २१, २०७९

बागमती प्रदेशसभामा समानुपातिकतर्फ ७ पार्टीको प्रतिनिधित्व रहने निश्चित भएको छ । निर्वाचन आयोगले बुधबारसमानुपातिकमा प्राप्त मतका आधारमा गरेको सिट बाँडफाँटमा ७ पार्टीको प्रतिनिधित्व निश्चित भएको हो ।  जसअनु...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x