×

NMB BANK
NIC ASIA

बडादशैंका अवसरमा दुर्गा भवानीको ‘खोइछ’ भरिँदै

असोज १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दशहारा (बडादशैं) पर्वका अवसरमा महोत्तरीसहितका मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ (पोल्टा) भरिँदै जारी छ । 

Sagarmatha Cement
Muktinath Bank

महासप्तमी (फूलपाती) लागेसँगै मधेसको प्राचीन मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ भर्न थालिएको हो । देवी शक्तिपिठ, मन्दिर र प्रतिमास्थलमा ‘खोइछ’ भर्नेको लाम छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिथिलामा असोज शुक्ल सप्तमीदेखि नवमीसम्मका तिथिका अगाडि ‘महा’ जोड्ने गरिएको छ । मिथिलामा नयाँ बनाइएका माटाका देवी प्रतिमा आज बिहान प्राणप्रतिष्ठा गरिएसँगै दर्शनार्थीका लागि खुला गरिएका छन् । दर्शन खुला गरिएसँगै ‘खोइछ’ भर्न थालिएको हो । यो क्रम महानवमीको मध्यरातसम्म जारी रहने परम्परा छ ।


Advertisment
Nabil box
Kumari

दशहारा पर्वको सप्तमी तिथि प्रारम्भ भई फूलपाती भित्र्याइएसँगै देवी कालरात्रिको पूजाआराधना गरिएपछि ‘खोइछ’ भर्नेक्रम थालिन्छ । खासगरी विभिन्न समयमा गरिएका भाकलअनुसार देवीको  सारीको अँचरा (पोल्टा) मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधन, द्रव्य (सुन, चाँदीसहितका धातुबाट बनेका गहना), नरिवल, केरासहितका फलफूल र नगद भेटीसहित सामग्री चढाउने विधिलाई मिथिलामा ‘खोइछ’ भर्ने भन्ने गरिन्छ ।

Vianet communication
Laxmi Bank

 अहिले महोत्तरी जिल्लाको औरही नगरपालिका–७ स्थित सोनामाई देवी शक्तिपिठ, बदिबाास–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर, बर्दिबास–१४ स्थित दुर्गामन्दिर, जलेश्वरस्थित सन्सारीमाई र राजदवी मन्दिरमा ‘खोइछ’ भर्न लाम लाग्नेमा महिलाको सङ्ख्या धेरै छ । ‘खोइछ’ मा पुरुष सहभागी हुनसक्ने भए पनि यो विधिमा भने महिला बढी सहभागी हुने गरेका छन् । मिथिलामा दशैंको सप्तमीदेखि नवमी तिथिभरि ‘खोइछ’ भरिने परम्परा छ ।

‘खोइछ’ भरिनेक्रमसँगै बडादशैं पर्वको महासप्तमी पर्वका दिन यी ठाउँ (देवीस्थल)मा वलि दिनेक्रम सुरु हुन्छ । फूलपाती विधि सम्पन्न भएसँगै सप्तमीकै दिन सुरु हुने बलि नवमीसम्म जारी रहन्छ । जिल्लाको प्रसिद्ध सोनामाई देवी शक्तिपिठमा आज मधेसका जिल्ला र छिमेकको भारतीय जिल्लाबाट हजारौँको सङ्ख्यामा भक्तजन दर्शन, पूजाआराधना र ‘खोइछ’ भर्न पुगेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x