×

NMB BANK
NIC ASIA

स्याङ्जामा नयाँ दुई मतदान केन्द्र थपियो

असोज १६, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

स्याङ्जामा यसअघिका निर्वाचनमा मतदान हुँदै आएका दुई मतदानस्थल सारिएको र  दुई नयाँ केन्द्र थपिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले दुई मतदानस्थल स्थानान्तरण गर्ने र दुई केन्द्र थप गर्ने सहमति भएको स्याङ्जा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लामा कूल एकसय ९९ मतदानस्थलमध्ये वालिङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक/एक मतदानस्थललाई स्थानान्तरण गरिएको हो । वालिङ नगरपालिका– ८ को बोगटीडाँडामा रहेको मतदानस्थललाई वालिङ ८ कै शिवशक्ति सामुदायिक भवन भीमटारी बगैँचामा सारिएको छ। । बिरुवा १ को जनजागृति आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई बिरुवा १ कै नवज्योति माध्यमिक विद्यालयमा सारिएको उनले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

भौगोलिक कठिनाइका कारण अपायक, साँघुरो, पुराना भवनलगायत कारणले राजनीतिक दलहरूको सहमति र नयाँ थपिएका मतदानस्थल अवलोकन गर्दा उपयुक्त भएपछि मतदानस्थल सारिएको हो ।

Vianet communication
Laxmi Bank

“यसअघिका निर्वाचनमा एकसय ९९ मतदानस्थलमा तीन सय १८ वटा मतदान केन्द्रमा मतदान हुन्थ्यो” सूचना अधिकारी  गौतमले भने, “अहिले दुई वटा नयाँ निर्वाचन केन्द्र थप गरी तीन सय २० वटा पुर्‍याइएको छ ।”

एउटा निर्वाचन केन्द्रमा अधिकतम एक हजार ५० जना पुगेपछि दोस्रो निर्वाचन केन्द्र रहने प्रावधान अनुसार मतदाताको संख्या थपिएसँगै केन्द्र पनि थप गरिएको उनले जानकारी दिए ।

दुई वटा नयाँ मतदान केन्द्र वालिङ ४ को जेठीकन्या आधारभूत विद्यालय र ८ को केदारनाथ मन्दिरमा नयाँ मतदान केन्द्र थपिएको हो । जेठीकन्यामा एउटा थपिएसँगै दुई वटा मतदान केन्द्र भएको छ भने केदारनाथ मन्दिरमा एउटा थपिएसँगै तीन वटा मतदान केन्द्र पुगेको छ ।

आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि कूल मतदाता दुई लाख ४४ हजार ८९ छन् । तीमध्ये महिला एक लाख २४ हजार साट ७८, पुरुष एक लाख १९ हजार तीन सय १० र अन्य एकजना रहेका उक्त कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x