माघ २०, २०७९
हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउन नागरिक उड्डयन प्राधिकरणले केही नियमहरू लागु गरेको छ। माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनापछि प्राधिकरणले नयाँ व्यवस्था लागु गर्दै हवाई उड्डयन क्षेत्...
भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन् ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छरे नी, कुन पसलमा पाइन्छ हो ?’ प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ । चाडपर्वको सुरुवातसँगै भोजपुरमा अहिले आएर खुकुरीको मागसमेत बढेको छ तर माग बढेअनुसार दक्ष कालीगढको अभाव देखिएको खुकुरी व्यवासायीको भनाइ छ ।
उर्मिला आरन उद्योगका व्यवस्थापक हीरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालीगढको अभावका कारण समस्या देखिने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भोजपुरमा बनेका खुकुरी स्थानीय बजारमा मात्र होइन, अन्य जिल्ला साथै विदेशमा समेत माग हुँदै आए पनि खुकुरी बनाउने कालीगढ भने जिल्लामा कमै मात्र छन् । मैले पनि केही कालीगढलाई भने काम दिएको छु ।”
सदरमुकाममा रञ्जिता खुकुरी उद्योग सञ्चालन गर्नुभएका अर्का व्यवसायी गणेश विक भन्नुहुन्छ,“हाम्रो जिल्ला खुकुरीका लागि प्रख्यात मानिन्छ तर मागअनुसार खुकुरी उत्पादन हुन सकिरहेको छैन ।” खकुरी उद्योगबाट थोरै कालीगढले मात्र रोजगारी पाएका छन् । हाल उद्योगबाट भोजपुरे, सिरुपाते, चित्लाङ्गे कोथीमोडालगायत खुकुरी उत्पादन हुने गरेको छ ।
उद्योगबाट उत्पादन भएका खुकरी हाल स्थानीय बजारका खोटाङ, सङ्खुवासभा, धनकुटा, धरान, विराटनगर, काठमाडौँ हुँदै मुलुकबाहिर समेत जाने गरेको छ । चर्चामा आएसँगै भोजपुरमा हुने हरेक स्वागत तथा बिदाईमा समेत भोजपुरे खुकुरी उपहारस्वरुप प्रदान गर्ने गरिन्छ । यहाँ आउने जानेलाई उद्योग वाणिज्य सङ्घले पनि खुकुरी दिएर स्वागत तथा बिदाई गर्ने गरेको त्यहाँका कार्यालय सचिव मीना कार्की बताउनुहुन्छ ।
“भोजपुरको चिनो नै बनिसक्यो भोजपुरे खुकुरी” उहाँ भन्नुहुन्छ ,“बिगतमा द्वन्द्व हुँदा बन्द भएको खुकुरी उद्योगहरु शान्ति प्रक्रियाको थालनीसँगै पुनः ब्यूँतिएका छन् ।” जिल्लाको दाँवा, कोट, दलगाउँ, बोखिम, गोगने, खावालगायत ठाउँबाटसमेत खुकुरी बिक्रीका लागि आउने गरेको छ । जिल्लामा बुदुना, बाँसपाते, सिरुपातेलगायत खुकुरी बन्ने गरेको भए पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ । भोजपुर नगरपालिका–५ का महेन्द्र विक आफूले पनि खुकुरी बनाउने पेसा गर्दै आएको बताउनुहुन्छ ।
उहाँले महेन्द्र खुकुरी उद्योग दर्ता गरेर खुकुरी बनाउने काम गर्दै आइरहनुभएको छ । महेन्द्र भन्नुहुन्छ , “बीचमा रोजगारीका कारण केही समय खुकुरी बनाउने पेसा छाडे पनि अहिले नियमित गरिरहेको छु, कालीगढ राख्नुभन्दा पनि आफैले खुकुरी बनाउने काम गर्दै आइरहेको छु ।”
विसं २०४७ देखि नै आफूले खुकुरीको व्यवसाय गर्दै आइरहेको बताउँदै उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक श्रेष्ठ आफूसँग बिक्रीका लागि सात सयदेखि आठ हजारसम्मको खुकुरी रहेको बताउनुहुन्छ । जिल्लाकै ख्यातीसँग जोडिएको भोजपुरे खुकुरी उत्पादन गर्नु आफूहरुका लागि अवसर भएको बताउँदै सरकारले परम्परागत सीप र व्यवसायलाई संरक्षण गर्न व्यवसायिकरणका लागि सहयोग उपलब्ध गराउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
भोजपुरमा १९६५ सालदेखि खुकुरीको व्यवसाय सुरु भएको इतिहास छ । २०२७ सालमा राजा महेन्द्र भोजपुर आउँदा स्थानीय आरन शिल्पकार सिंहबहादुर विश्वकर्माले भोजपुरे खुकुरी उपहार दिनुभएको बताइन्छ । उहाँको खुकरी बनाउने कला देखेर राजा महेन्द्रबाट रु एक हजार बक्सिस मिलेकाले सोही समयदेखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी व्यवसायीको भनाइ छ ।
सजावटका लागिसमेत यहाँ बन्ने खुकुरी नेपालका साथै बाहिरी मुलुक बेलायत, अमेरिका, फ्रान्सलगायत मुलुकमा पनि जाने गरेको छ । खुकुरी बनाउने काम झन्झटिलो हुने भन्दै युवा वैदेशिक रोजगारीका लागि विदेश जान थालेपछि जिल्लामा कालीगढको अभाव हँुदै जान थालेको हो ।
खुकुरी बनाउनका लागि आवश्यक कच्चा पदार्थ जुटाउन समस्या हुने, त्यहाँमाथि युवालाई धेरै पैसा कमाउने कामतर्फ आकर्षित हुन थालेका कारण पनि समस्या भइरहेको खुकुरी व्यवसायी घनश्याम विश्वकर्मा बताउनुहुन्छ । खुकुरी व्यवसाय सञ्चालनका लागि सरकारी निकायबाट पनि आवश्यक कच्चापदार्थ, कोइला, काठमा सहजता तुल्याउनुपर्ने माग खुकुरी व्यवसायीको छ । निरोज कोइराला/रासस
हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउन नागरिक उड्डयन प्राधिकरणले केही नियमहरू लागु गरेको छ। माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनापछि प्राधिकरणले नयाँ व्यवस्था लागु गर्दै हवाई उड्डयन क्षेत्...
पर्साको ठोरीमा आज भालुको आक्रमणमा परी एक दम्पति घाइते भएका छन् । घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका बिबिलाल लोप्चन तामाङ्ग र उहाँकी श्रीमति सुकमाया तामाङ्ग रहेका छन् । जङ्गलबाट घाँस लिएर ...
नेपाल वायु सेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानको टिकट अनलाइन प्रणालीबाट गर्ने भएको छ। नेपाल एयरलाइन्सले यात्रुलाई सहजता प्रदान गर्न ई–सेवा टिकेटिङ गर्न लागिएको हो।&nbs...
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेको वडा नम्बर...
मुलुकको हवाई क्षेत्र सुरक्षित र भरपर्दो तुल्याउन सबै संयन्त्र सक्रिय ढङ्गले लागिपरेकाले यो क्षेत्रप्रति विश्वस्त रहन विज्ञ सरोकारवालाले बताएका छन् । वायुसेवा सञ्चालक सङ्घले ‘हवाई क्षेत्रमा देखिएका समसामयिक वि...
काठमाडौं महानगरपालिकाले ह्विलचियर प्रयोगकर्तालाई दुर्व्यवहार गरेको भन्दै राष्ट्रिय अपांग महासंघले आपत्ति जनाएको छ। केही दिनअघि मखन तरणीबहाल मखनटोलमा मास्क बिक्री गरिरहेका ह्विलचियर प्रयोगकर्ता दोलखाका ड...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...