×

X
Nic Asia
Dabur
Khukuri

शहीद पत्नी फूलोकुमारीलाई एमालेले बनायो समानुपातिक उम्मेदवार

काठमाडाैं | असोज १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा एमालेले शहीद रामनारायण मण्डल (मुरबल)की श्रीमती फूलोकुमारी देवीको नाम समानुपातिक उम्मेदवारको बन्द सूचीमा समावेश गरेको छ । गत असोज ८ मा जनकपुर जाँदा एमाले अध्यक्ष ओली शहीद नगर–नगरपालिकाको हडबारा गाउँमा रहेको शहीद मण्डलको घरमा पुगेर फूलोकुमारी देवीसँग भेट गरेका थिए । 

LAxmi BAnk
nabil BANK inside

उनी उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउन ओली जनकपुर पुगेका थिए । गत असोज ३ मा समानुपातिक उम्मेदवारको सूची बुझाएको एमालेले ओली जनकपुरबाट फर्केपछि समानुपातिक सूची सच्याएको हो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

फूलोकुमारी देवीलाई मधेश प्रदेशअन्तर्गतको समानुपातिक सूचीमा राखिएको एमाले स्रोतले जानकारी दिएको छ । समानुपातिक उम्मेदवारको सूची सच्याउन निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समय दिएको छ । 

धनुषामा तत्कालीन नेकपा माले हुँदै एमाले निर्माण गर्नेमध्येका एक अगुवा थिए रामनारायण मण्डल । उनको हत्या भएको थियो । उनलाई मारेपछि परिवारलाई समेत सखाप पार्न खोजिएको स्मरण ओलीले उनको घरमा पुगेका बेला गरेका थिए । 


Advertisment
Saurya island

त्यसबेला, मण्डललाई मारेपछि जेठा छोरालाई पोखरीमा डुबाएर मारिएको ओलीले स्मरण गरेका थिए । कान्छो छोरासहित आमालाई जोगाउन ओलीले काठमाडौं ल्याएको बताएका थिए । 

‘रामनारायण मण्डल हडबडा गाविसको अध्यक्ष, उहाँको हत्या भएको थियो । उहाँको ठूलो छोरालाई पोखरीमा फालेर मारे । कान्छो छोरो बचाउन उहाँ र कान्छोलाई काठमाडौं झिकाएर उपचार गरेर पाल्पामा लुकाएर राखेँ । पछि पाल्पा बस्न सक्नुभएन र यता फर्किनुभयो’, फूलोकुमारी देवीसँगको भेटमा ओलीले भनेका थिए । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले ठूला २ दल कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता गच्छदारले चुनावले राजनीतिक अस्थिरता निम्त्याएकाले स्थि...

मंसिर २२, २०७९

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने...

मंसिर २२, २०७९

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्व उपप्रधानमन्त्री उम्मेदवार रहेकामा ६ जना निर्वाचित भए भने ६ जना पराजित भएका छन् ।  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्व उपप्रधानमन्त्रीहरू ने...

मंसिर २२, २०७९

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको छ ।  निधि निवास नयाँ बानेश्वरमा बिहीवार भएको भेटमा हालै सम्पन्न प्...

मंसिर २२, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताएका छन् ।      बिहीवार धनगढीमा शुरू भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्...

मंसिर २२, २०७९

नेकपा एमालेले भोलि शुक्रवार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिक ...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x