×

NMB BANK
NIC ASIA

गान्धी दिवसको दिन नेपालले पनि स्वच्छता दिवस मनाओस् : राजदूत श्रीवास्तव

असोज १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रुपमा मनाउनुपर्ने बताएका छन् । १५३औँ गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

राजदूत श्रीवास्तवले महात्मा गान्धीको विचारधारालाई विश्वमा नै फैलाउन सक्नुपर्ने बताए । उनले भारतमा महात्मा गान्धीको स्मरणमा हरेक वर्ष स्वच्छता दिवस मनाउने गरिएको भन्दै नेपालमा पनि यो दिवस मनाउँदा राम्रो हुने बताए । उनले गान्धीका नैतिक र आध्यात्मिक विचारधारा अँगाल्ने हो अहिंसा र शान्तिको पथमा समाज रुपान्तरण हुने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गान्धीजीको विचार, नैतिक मूल्य, मान्यताद्वारा भारतको स्वाधीनताको संग्राम नेतृत्व भयो । गान्धीजीको विचार कसरी व्यवहारमा लागू गर्ने भन्ने कुरा छ । गान्धीजी आज हामीसँग नभए पनि उहाँका नैतिक र आध्यात्मिक मूल्यका कारण, विचारधाराका कारण भारत र नेपाल मात्रै नभइ विश्वका नेताहरुले उहाँको विचारधारालाई अघि बढाएका छन् । नेल्सन मण्डेला पनि गान्धीजीको विचारधारलाई अँगालेर दक्षिण अफ्रिकाको भेदभावलाई अन्त्य गर्नसक्नुभयो’, उनले भने, ‘गान्धीजीले अर्को कुरा गर्नुभएको थियो । जुन भारतमा स्वच्छता दिवसको रुपमा हामी मनाउँछौँ । प्रधानमन्त्री मोदीले २०१४ मा महात्मा गान्धी दिवसलाई स्वच्छता दिवस, स्वच्छताको एक अभियान लागू गर्न भन्नुभएको थियो । यो दिवस भारतमा त हामी मनाउँछौँ नै नेपालमा पनि यसको अनुशरण भयो भने राम्रो नै हुन्छ ।’


Advertisment
Nabil box
Kumari

उनले महात्मा गान्धीको विचारधारको एकांश पनि कसैले आफ्नो जीवनमा अनुशरण गर्ने हो भने समाज शान्त र सुव्यवस्थित बन्ने दाबी गरे ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x