×

X
Nic Asia
Khukuri
Daraz

जमलेश्वर महादेवमा पूजा गरी फूलपाती हनुमान ढोका पठाइयो

काठमाडाैं | असोज १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

काठमाडौंको जमलस्थित जमलेश्वर महादेवमा पूजा गरी साँस्कृतिक बाजागाजासहित फूलपातीलाई हनुमान ढोका लगिएको छ । आइतवार फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती पठाइएको हो । 

LAxmi BAnk
nabil BANK inside

फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका व्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ । सोही परम्पराअनुसार जमलमा फूलापाती भित्र्याएर हनुमान ढोका दरबारस्थित दशैं घरमा गोरखाबाट ल्याएको फूलपाती भित्र्याइन्छ । नासलचोकमा वैदिक परम्पराअनुसार फूलपातीको पूजा गरी मूलचोकमा तान्त्रिक विधिबाट बलि दिई हुनमानध्वाखाको दशैंघरमा फूलपाती भित्र्याउने परम्परा रही आएको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि गोर्खा दरबारबाट हुनमानध्वाखा दरबारमा फूलपाती भित्र्याउने चलन शुरु गरेका थिए । यो परम्परालाई हालसम्म पनि निरन्तरता दिइँदै आएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मौलो पूजाका लागि हनुमानध्वाखाबाट फूलपाती लैजाने गर्दछन् । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २, २०७९

पशुपति क्षेत्रको गुह्येश्वरीमा मनाइने दुईदिने गुह्येश्वरी जात्राका क्रममा बिहीबार रातभर गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ती पूजा गरिएको छ । बिहीबार बेलुकी हनुमानढोका दरबारबाट तलेजु भवानीलाई गुह्येश्...

मंसिर ८, २०७९

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ ।  हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्य...

मंसिर १०, २०७९

पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्राधिकारभित्रै नभएको गौशाला धर्मशालामा बनाइएको भौतिक संरचनाहरू भत्काउन खोजेको भन्दै मारवाडी सेवा समिति नेपालले आपत्ति जनाएको छ । पशुपति क्षेत्र विकास कोषले सो धर्मशालामा अव...

मंसिर ३, २०७९

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २८, २०७९

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २९, २०७९

हरेक वर्ष विवाह पञ्चमीमा जनकपुरधाममा आयोजना हुँदै आएको रामजानकी विवाह महोत्सवमा यसवर्ष भारतको उत्तराखण्ड प्रदेशका पर्यटनमन्त्री तथा अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज प्रमुख अतिथि हुने भएका छन् । बृहत्...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x