×

NMB BANK
NIC ASIA

तनहुँका किसानको चिन्ता : यस वर्ष धानको भकारी रित्तै हुने भो

असोज १६, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

‘वषौँदेखि खेती गरिँदै आइयो, यस्तो कहिल्यै जानिएन, यसपटक अचम्म भयो’, म्याग्दे गाउँपालिका–७ का पुरुषोत्तम भण्डारीले भने, ‘राते रोगका कारण यस वर्ष धानको भकारी रित्तै हुने भो ।’ कृषि ज्ञान केन्द्रका प्राविधिकलाई रोपो लगेर देखाउन लाँदा खाद्यतत्वको कमी भनेर कृषि जिङ औषधि दिएको तर त्यसको प्रयोगले पनि केही उपलब्धि नभएको उनले बताए । 

Sagarmatha Cement
Muktinath Bank

सरकारले किसानका आवाजलाई सुनिदिएर क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनीजस्तै म्याग्दे गाउँपालिका–७ स्थित पयेँरका ५० घरधुरीका किसानको माग छ । उक्त क्षेत्रमा २ सय २० रोपनी क्षेत्रफलमा लगाएको धान खेतमा राते रोग लागेपछि यतिबेला किसान चिन्तित हुनुका साथै भोकमरी लाग्ने पिरले छटपटिएका छन् ।  धान पसाउने समयमा एकाएक रोग लागेर खेतभरिको रोपो पहेँलै भएर डढेपछि अब के खाने भन्ने चिन्ता किसानमा उब्जिएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षभरि दुःख मेहनत गरेर लगाएको खेती भित्र्याउन नपाउने भएपछि किसान कृषि ज्ञानकेन्द्र तनहुँ र खुमलटार कृषि अनुसन्धान केन्द्र ललितपुरसम्म समस्या लिएर धाउँदा पनि कुनै समाधान हुन नसकेको बताउँछन् । कृषि ज्ञान केन्द्रका प्राविधिक तथा खुमलटार कृषि अनुसन्धान केन्द्रका प्राविधिकलाई देखाउँदा पनि के रोग लागेको हो र कसरी रोग नियन्त्रण हुन्छ भन्ने विषयमा अन्योल रहेपछि किसान नै चिन्तित बनेको अगुवा किसान अगुवा अम्बिकाप्रसाद वाग्लेले बताए । 


Advertisment
Nabil box
Kumari

प्राविधिकले दिएको औषधि धानबारीमा लगेर पटक–पटक प्रयोग गरे पनि कमी नभएपछि किसानले यस वर्ष उब्जनीको माया मारिसकेको उनले जानकारी दिए । सम्बन्धित ठाउँका कार्यालयका ढोका ढकढक््याउँदा केही नभएपछि अब किसानले पानी सुकाएर पहेँलिएर डढ्न थालेको रोपोमा आगो लगाउने योजना बनाएका छन् । किसानले जोत्नदेखि रोपाइँ गर्दा ट्र्याक्टर लगाउन, रोप्ने खेताला, गोड्न, मल, औषधि प्रयोग गर्दासम्म धेरै खर्च र लगानी भइसकेको अवस्थामा रोपोमा रातेरोग लागेपछि कसरी जीवन बचाउने भन्ने चिन्ता थपिएको छ । 

Vianet communication
Laxmi Bank

‘आफूले लगाएको खेती कस्तो भयो भनेर बिहानै उठेर हेर्न मन लाग्छ, खेतमा हेर्‍यो मन उराठिन्छ’, अर्का किसान रामबहादुर नेपालीले भने, ‘विरक्त लाग्छ, हिजोआज खेततिर पनि गएको छैन, दुःख परिश्रम सबै खेर गयो, भकारी पनि रित्तै हुने भयो ।’ साहुको खेत अधियाँमा गरेको सबै रातेरोगले खाएर नष्ट गरिदिएको छ । ‘हामी गरिबलाई कसले हेर्छ र ?’, मलिन मुद्रामा दुखेसो पोख्दै अर्का किसान कोपिला नेपालीले भने । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x