मंसिर १६, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
अहिले नेपालीको महान् पर्व विजयादशमीको रमाइलो मौसम शुरु भएको छ । मुख्यतः घटस्थापनाको दिनदेखि शुरू हुने विजयादशमीको रौनकले अझ फूलपातीदेखि भने ‘सुनमा सुगन्ध’ थप्ने काम गर्छ ।
विशेषगरी फूलपातीको दिनदेखि अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय बिदा हुने भएका कारण यो दिनदेखि दशैंको माहोलमा परिवर्तनका रेखा देखिन थाल्छन् । दशैंलाई मनाउने र यसमा रम्नेको आ–आफ्नै तरिका हुन्छन् । कोही जुवातासमा भिडिरहेका हुन्छन् त कोही खानपानमा ध्यान दिइरहेका हुन्छन् ।
यसै मेसोमा स्वदेश तथा विदेशमा रहेका नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वसँग उनीहरूले मनाउने दशैंको तरिका बारेमा सोधखोज गरिएको थियो । त्यसमध्ये एक हुन्, वरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी (किशोर) । उनलाई डेंगुले सताएका कारण दशैं खासै जम्न सकेको छैन । ‘विगतमा दशैं आउनु चारपाँच महिना पूर्वदेखि मनमा एकप्रकार हलचल हुन्थ्यो । अहिले खासै महत्व राखेको छैन’ भन्छन् डा पुडासैनी ।
‘अचेल दशैं औपचारिकता मात्र हुन थालेको छ । मुख्यतः दशैंमा आफन्त र इष्टमित्रसँग भेटघाट हुँदा भने यो पर्व विशेष लाग्छ’, यसका सामाजिक, आर्थिक, सांस्कृतिक महत्त्वका बारेमा उनी भन्छन्, ‘जुनसुकै संस्कार र संस्कृति पनि सधैँ एकनास हुँदैन । सधैँ परिवर्तनशील हुन्छ ।’
दशैं पनि समयानुसार नयाँ शैलीमा फेरिरहन्छ यसले जनजीवनको नवीन शैली आत्मसात् नगरी सुखै छैन । दशैंलाई एउटा परम्परा धान्ने विधिका रूपमा व्याख्या गर्ने अर्का वरिष्ठ साहित्यकार हुन् कलानिधि दाहाल । उनी भन्छन्, ‘मान्छे अशिक्षित रहेका बेला, चेतना र विकासका कुनै छनक नदेखिएका बेला, कामले लखतरान भएका बेला एउटा निहुँ बनाएर अलि लामै समय आराम गरौँ भन्ने नियतले पौराणिक कथनलाई सिरान हालेर यी विधि निर्माण गरिएका हुन् ।’
उनका अनुसार अहिले मिश्रितरूप छ एकखाले मानिस पुरानै ढर्रामा छन् । दोस्रो खाले चासो नगर्ने तर अर्काका मन राख्नकै लागि केही गरिरहने र तेस्रो खाल यसको सशक्तरूपमा विरोध गरिरहेका नै छन् । ‘सबै अवस्थाका मिश्रितरूपले गर्दा ऋण गरेर दशैंको रमझम मान्नुपर्ने वर्गलाई चाहिँ निकै राहत मिलेको छ अहिले’, उनी भन्छन्, ‘पुरानामा त मानव विकासको नैसर्गिक प्राकृतिक न्यायका आधारमा पनि मान्छेको गति फर्किंदैन । बिस्तारै नयाँतिर नै अघि बढिरहेको छ ।’
दशैंलाई पारिवारिक जमघट र साथीभाइसित शुभकामना साटासाट , साहित्यिक जमघट गरी मनाउने सोचमा रहेका अर्का साहित्कार विदुर अधिकारी दशैंलाई आफ्ना सुन्दर विचार आदानप्रदान गर्ने माध्यमका रूपमा चित्रण गर्छन् ।
साहित्यकार अधिकारीको अनुभवमा विगतको र अहिलेको दशैं मनाउने शैलीमा निकै परिवर्तन आएको छ । पर्वका नाममा देखावटी र आडम्बर हाबी भएको छ । पुराना, रोटे र लिङ्गेपिङ अहिले प्रायः लोप भइसकेको स्थिति छ । मान्छे मोबाइलको दास बनिरहेको अवस्था छ । विगतमा भन्दा आफन्तहरूबीच अत्मीयपनको क्रमिकरूपमा ह्रास हुँदै गइरहेको छ ।
‘अझ साँच्चै भन्नुपर्दा अहिले हाम्रो समाजमा पर्वका नाममा धेरै विकृति आइरहेका छन्’, उनी भन्छन्, ‘यो आधुनिकताका नाममा भएको नमीठो उच्छृङ्खलता हो ।’
हाल पोर्चुगलमा रहेका अर्का युवा साहित्यकार हुन् स्पन्दन विनोद । युवा साहित्यमा चर्चित रहेका स्पन्दन यसपालि टीका र जमरा नथाप्ने मुडमा पुगेका छन् । विगत दुई वर्षदेखि दशैं मनाउन नपाएका कारण यो तेस्रो वर्ष भएकाले खानपान गर्ने तर टीका जमरा नलाउने बताउछन् ।
‘परदेश भूमिमा पनि आफ्नो संस्कार भावी पुस्ताले पनि सिकाउनुपर्छ भनेर जमरा राख्ने, पूजा गर्ने टीका लगाउने गरिन्थ्यो । यो वर्ष भने त्यो परिस्थिति छैन’, उनी भन्छन्, । टीका जमरा नलगाए पनि दशैंको खानपान र पारिवारिकदेखि साथीभाइहरूसँगको भेटघाटमा कुनै कमी आउन नदिने मुडमा स्पन्दन देखिन्छन् । रासस
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...