×

NMB BANK
NIC ASIA

हराउँदै छ दशैंको माैलिकता, पिङ र चङ्गा देख्नै मुस्किल

असोज १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सात-आठ वर्षअघिसम्म महेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा जताततै पिङ देखिन्थे । महेन्द्रनगर बजार क्षेत्रमा आकासमा उडिरहेका रङ्गीबिरङ्गी चङ्गाहरु देख्न पाइन्थ्यो । तर अहिले सहरमा पिङ र चङ्गा उडाएको बिरलै देखिन्छ ।     

Muktinath Bank

उतिबेला महेन्द्रनगरस्थित खुला मञ्च, गोबरियास्थित निङ्लाशैनी मन्दिर र पूर्व पश्चिम राजमार्ग छेउ झलारी, वनसमिति र दैजीमा पिङ खेल्ने र चङ्गा उडाउनेहरुको भीड देखिन्थ्यो ।     


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दसैँको घटस्थापनासँगै गाउँगाउँमा पिङ बनाउने र चङ्गा उडाउने प्रतिस्पर्धा हुने गर्दथ्यो । यसले समाजमा रमाइलोसँगसँगै सद्भावसमेत कायम थियो । तर अहिले महेन्द्रनगर सदरमुकामका गाउँमा मात्र होइन, जिल्लाका कुनै पनि गाउँ बस्तीमा पिङ र चङ्गा उडाइरहेको पाइँदैन । पहिलाको जस्तो अहिले दसैँका बेला पिङ हाल्ने र चङ्गा उडाउनेको सङ्ख्या न्यून रहेको कञ्चन समाजका अध्यक्ष धर्मराज जोशीले बताए ।


Advertisment
Nabil box
Kumari

“चाररपाँच वर्षअघिसम्म हामीले पनि पिङ हाल्थ्यौँ, यो केही वर्ष बीचमा रोकियो”, उनले भने, “अहिले त बच्चाहरुले समेत पिङ कस्तो हुन्छ खेल्न पाए हुन्थ्यो भन्न थालेपछि यस वर्ष हामीले पिङ हालेका छौँ ।”  उनले अहिलेको पुस्ताले पिङका बारेमा समेत जानकारी नहुने भएपछि कञ्चन समाज र भीमदत्त नगरपालिका–६ को सहयोग महेन्द्रनगरस्थित पूर्व पश्चिम राजमार्ग छेउमै पिङ हालेको बताए ।     

Vianet communication
Laxmi Bank

उतिबेला महेन्द्रनगर बजारमै पनि धेरै ठाउँमा पिङ खेल्नेको घुइँचो हुने गरेको यहाँका स्थानीयवासी धीरज जोशीले बताए । 

“हामी आफैँ पनि पिङ खेल्न दुईरतीन ठाउँमा पुग्थ्यौँ”, उनले भने, “अहिले त बिरलै देखिन्छ, उतिबेला चङ्गा उडाउन निकै रमाइलो हुन्थ्यो ।” 

दसैँको बेला गाउँमा चङ्गा उडाएको, मौलिक स्थानीय गीतसङ्गीत र बाजाहरुको आवाज घन्किएको र पिङ मच्चिएको देखिन छोडेपछि दसैँतिहारलगायतका पर्वहरुको रौनक घट्दै गएको यहाँका स्थानीयवासी बताउँछन् । 

“देवीदेवताका मन्दिरमा जाने स्थानीय बाजा ९दमाहा० बजाउने र पिङ खेलेर रमाइलो गरिन्थ्यो”, स्थानीय परमामनन्द भट्टले भने, “अहिले त मान्छे घरबाहिर निस्किन पनि चाहँदैन, मोबाइल र इन्टरनेटले गर्दा मान्छेलाई सामाजिकभन्दा पनि एक्लो बनाएको छ ।” उनले पुराना परम्पराले समाजमा एकता कायम राख्ने भएकाले पनि यसलाई निरन्तरता दिनुपर्ने बताए । “केही वर्ष अघिसम्म दसैँका जमरा सामूहिकरूपमा मठमन्दिरमा राख्ने चलन थियो”, उनले भने, “अहिले त घरघरमै जमरा राखिन्छ, यसले समाजमा मान्छे एक्लिँदै गएको छ ।”     

पछिल्लो समय आधुनिकतासँगै चाडपर्वहरु पनि मनाउने चलन फेरिँदै गएको पाका पुस्ता बताउँछन् । “चाडपर्वको बेला हाम्रो परम्परा विपरीत जाँडरक्सी खाने, जुवातास खेल्ने जस्ता कार्य पर्वमा गरिन थाले”, स्थानीय मदन चन्दले भने, “परम्परागत मूल्य मान्यताहरु हराउँदै गएका छन्, यसलाई सबैले जोगाउनुपर्छ ।” 

अघिल्लो पुस्ताका मानिसहरुका चलन र परम्परालाई नयाँ पुस्ताका युवाहरुले निरन्तरता नदिँदा मौलिक चलनहरु ओझेल पर्दै आएको छ । पाका पुस्ताले पनि अहिलेका नयाँ पुस्तालाई पुराना परम्पराहरु हस्तान्तरण गर्न नसक्नु दुःखद पक्ष रहेको सामाजिक अगुवाहरु बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x