×

NMB BANK
NIC ASIA

ग्रामीण सडक मर्मत नगरिँदा पैदल यात्रुलाई सास्ती

असोज १७, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

गत चैतदेखि अवरुद्ध जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालन भएको छैन । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका ग्रामीण सडक वर्षा नरोकिएका कारण सञ्चालनमा ल्याउन नसकिएको हो । 

Muktinath Bank

ग्रामीण सडक सञ्चालन नहुँदा दशैं, तिहार तथा छट मान्न गाउँ फर्किएका जिल्लावासीलाई सबैभन्दा बढी सास्ती भएको छ । वर्ष दिनपछि आउने चाड दशैं, तिहार तथा छट पर्व मनाउन राजधानी काठमाडौं लगायत तराईका विभिन्न ठाउँबाट गाडी चढेर जिल्ला आएका ग्रामीण सडकमा यातायात नचल्दा दिक्तेलबाट करीब ६/७ घण्टासम्म पैदल हिँड्न बाध्य भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडकमा जमेको हिलो र खाल्डाखुल्डीका कारण पैदलयात्रा गर्न समेत समस्या रहेको केपिलासगढी गाउँपालिका–१ फेदीका स्थानीय लक्ष्मण साम्पाङले बताए । ‘ग्रामीण सडकमा देखिएका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘यो जिल्लाले समाधान गर्न सक्ने अवस्था छैन । सम्बन्धित निकायले सम्बन्धित ठाउँमा पहल गर्नुपर्‍यो । हैन भने हरेक वर्ष यस्तै अवस्था हुने निश्चित छ ।’


Advertisment
Nabil box
Kumari

रोजगारी, अध्ययन तथा विभिन्न पेशा/व्यवसाय लगायत विभिन्न सेवा/सुविधाका लागि जिल्ला बाहिर बसेका स्थानीय वासिन्दा चाड मान्न सवारी साधनमार्फत दैनिक सयौंको संख्यामा जिल्ला भित्रिरहेका छन् । सार्वजनिक यातायातको टिकट नपाउने जिल्लाका कतिपय स्थानीय चर्को मूल्य तिरेर रिजर्भ गाडीमा आइरहेका छन् ।  

Vianet communication
Laxmi Bank

ठेक्का लागेको सडकमा ठेकेदारको लापरवाही र अन्यमा स्थानीय तहले चासो नदिँदा समस्या भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । ‘चाड मान्न आउने अधिकांश यात्रुले मालसामान लिएर आएका हुन्छन् । ग्रामीण सडक सञ्चालन नहुँदा उनीहरूलाई गन्तव्यमा पुर्‍याउन सकिएको छैन,’ उनले भने, ‘यातायातका साधन ग्रामीण सडकमा नभएपछि उनीहरू पैदल हिँडेर गन्तव्यतर्फ जाने गरेका छन् । यसप्रति सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x