कात्तिक २७, २०८०
कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्क...
दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायिक माहुरीपालक कृषकको संख्यामा वृद्धि हुँदै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइअन्तर्गत घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बंगलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागू गरिएको छ ।
घोराही उपमहानगरपालिका– ११ डोक्रनाका प्रेमबहादुर चौधरीले व्यावसायिकरूपमा माहुरी पाल्न थालेको १९ वर्ष भयो । घोराहीमा रहेको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रमा कर्मचारीको रूपमा काम गर्दा बोनस दिने चलन थियो । जागिर गर्दै गर्दा प्रत्येक वर्ष पाँच हजार रुपैयाँ बोनस दिने गरेको थियो । २०६० सालको बोनसबाट प्रेमबहादुरले माहुरीको एउटा घार माग गरे । बोनसमा पाएको एक घार माहुरीबाट शुरु गरेको उनीसँग अहिले ९७ घार माहुरी रहेका छन् ।
एउटा घार माहुरीमा १० किलोसम्म मह उत्पादन हुन्छ । यसपालि ४० क्विन्टल मह उत्पादन भएको थियो । मह र माहुरी बिक्री गरेर रु १० लाख कमाइ भएको उनले बताए । खर्च कटाउँदा रु ७ लाख आम्दानी भएकोे छ । धेरै मेहनत गर्नु पनि नपर्ने र धेरै खर्च पनि नहुने भएकाले यो व्यवसाय राम्रो भएको उनको भनाइ छ ।
दाङमा महको व्यापार राम्रो छ । चरनको समस्याले गर्दा सोचेजति उत्पादन हुन सकेको छैन । तोरी, चिउरीजस्तो फूल मुख्य चरनका रूपमा भए पनि बाह्रै महिना उपलब्ध नहुँदा चरनका लागि जिल्लाबाहिर चितवन, कपिलवस्तु र कैलाली लैजानुपर्ने बाध्यता छ । अन्य जिल्लामा लगेका समयमा भने पर्याप्त मह उत्पादन नहुने उनले बताए ।
तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुरका चेतमान भण्डारीले १९ वर्षदेखि माहुरीपालन व्यवसाय शुरु गरेका छन् । उनले विशाल माहुरी फर्मको नामबाट माहुरीपालन गर्दै आएका छन् । उनीसँग २०० घार माहुरी छन् । आधुनिक घारमा व्यवस्थित माहुरीपालन गर्दा मह काढ्न सजिलो हुन्छ । मह र माहुरी बेचेर वार्षिक रु १५ लाख आम्दानी गर्दै आएको उनले बताए । तुलसीपुरमै मह प्रशोधन उद्योग भएकाले प्रशोधनको समस्या छैन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत ५० प्रतिशत अनुदानबाट मह भण्डारणको मेसिन सहयोग पाएको उनले बताए । माहुरी जोन कार्यक्रमअन्तर्गत संकलन र प्रशोधनको सहयोग पाएको भण्डारीले बताए । माहुरी पाल्न सजिलो भए पनि चरनको समस्याले गर्दा केही चुनौती छ । ‘गत वर्ष बर्दियाको गुलरिया माहुरी चराउन लगेको थिएँ, यसपालि कहाँ जाने भन्ने निश्चित भएको छैन’, उनले भने ।
उत्पादित मह बिक्रीको कुनै समस्या नरहेको र चरन राम्रो भएमा प्रतिघार ४० किलोसम्म मह उत्पादन हुने भण्डारीको अनुभव छ । खेतबारीमा गरेको मेहनतको तुलनामा माहुरीपालनमा त्यति धेरै मेहनत गर्न नपर्ने, सजिलै आम्दानी हुने र घरखर्च चलाउन सजिलो भएकाले यो व्यवसायमा लागेको उनी बताउँछन् ।
माहुरी जोन परियोजना दाङका प्रमुख महेश रेग्मीले माहुरीपालनका लागि उर्वर भूमि भएकाले कार्यक्रमको योजना र लक्ष्यअनुसार दाङ अगाडि बढेको बताए । दाङका तीन स्थानीय तहमा माहुरी जोन घोषणा गरेर कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सो कार्यक्रम १० वर्षको रहेको र त्यसमा २० घारभन्दा बढी माहुरीपालन गरेका कृषक आबद्ध छन् । यसअघि दाङमा मकै र तोरी जोन सफल देखिएपछि माहुरीपालनको सम्भाव्यता अध्ययन गरी कार्यक्रम थप गरिएको जनाइएको छ । जोनमा आबद्ध भएसँगै किसानलाई प्राविधिक तथा अन्य सहयोग सरकारले उपलब्ध गराएको छ ।
नेपाल माहुरीपालक संघका अध्यक्ष विष्णु श्रेष्ठले जिल्लामा मह उत्पादन भए पनि मह खानेको संख्या भने कम रहेको र महको महत्त्व बुझाउन समस्या भइरहेको बताए । यसरी उत्पादन भएको मह जिल्लामा खपत नभएपछि कृषकले बिक्रीका लागि बाहिरी जिल्लामा पठाउने गरेका छन् । दाङमा यस वर्ष ४५० टन मह उत्पादन भएकोमा २० टन मात्र बिक्री हुन बाँकी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसवर्ष दाङबाट रु १२ करोड ९० लाखको मह बिक्री भएको छ । यहाँ उत्पादित मह काठमाडौं, पोखरा, इटहरी, बुटवल, स्याङ्जा, पाल्पा, नेपालगञ्जका शहरमा बढी जाने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । तोरीको मह रु ५००, चिउरीको मह रु ६०० र रुदेलो चिउरीको मह रु ७०० प्रतिकिलोमा बिक्री भएको उनले बताए । ‘दाङ माहुरीपालनका लागि अन्य जिल्लाभन्दा उत्कृष्ट जिल्लाको रूपमा रहेको छ’, अध्यक्ष श्रेष्ठले भने । रासस
कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्क...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
आठ वर्षअघि सरकारले सबै प्रदेशमा एक/एकवटा ठूला औद्योगिक क्षेत्र निर्माण गर्ने भनी अघि सारेको योजना अलपत्र परेको छ । आर्थिक विकासका लागि औद्योगिक पूर्वाधार बनाउने उद्देश्यले निर्माण थालिएका आयोजना कतै जग्गा विवा...
तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार शुरू भएदेखि नै फूलबारीमा ग्राहक आफैं पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् । यतिब...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...