×

NMB BANK
NIC ASIA

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति बनेको छ ।

Sagarmatha Cement
Muktinath Bank

दशैंले मानिसहरूलाई पुनर्मिलनको अवसर दिन्छ । भूगोलबीचको पुनर्मिलन, भावनाको पुनर्मिलन, अनुभूतिको साटफेरले दशैंलाई चाडबाडभन्दा माथिल्लो सामाजिक पर्वको हैसियत दिन्छ । समाजका सबै आयामलाई एकसाथ एकैठाउँमा ल्याउने भएकोले दशैंं महासामाजिक पर्व हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्मका खातिर घर परिवार र आफ्नो समाजबाट पर रहेकालाई दशैंले जोड्दै ल्याएकोछ । वृत्तिमा बाँडिएर देश परदेशमा रहेकालाई उन्दै ल्याएको छ । पसिना र परिश्रममा रहेकालाई मालामा उनेको छ । वर्षको पर्वका रूपमा दशैंले एकपटक सबैलाई जोड्छ । टीका, पूजा, रमाइलो त फगत प्रतीक हो । वास्तविकता चाहिँ सम्मिलन हो, सौहाद्र्रता हो । दशैं आएर त परिवार सँगै रहेर सम्बन्ध र ममत्वलाई ताजा बनाउँछन् ।


Advertisment
Nabil box
Kumari

त्यसैले यो विशुद्ध सामाजिक सम्मिलन हो । जहाँ बूढीआमा सन्तानलाई वरिपरि राखेर सिर्जना संस्कृतिलाई ताजा बनाउँछिन्, बुवा–दाजुहरू कर्तव्यले अभिभावकत्व देखाउँछन् । परिपक्व भैसकेका सन्तानहरू आमाबुवाका वलयमा बालवयमा फर्किन्छन् र निश्छलताको आस्वाद गर्छन् । स–साना नानाबानाहरू आफैँलाई भुलेर बालशुलभ रमिता गर्छन् । साथीसंगातिहरू आ–आफ्नै ल्फ्यासब्याकमा हराउँछन् । त्यसैले दशैं आफैंलाई भुल्ने महान पर्व हो । 

Vianet communication
Laxmi Bank

अघिपछि सम्पन्नता–सम्पत्तिको महत्त्व होला, तर दशैं सबैको समान अनुभूतिमा आउँछ । लिङ्गे पिङ, चङ्गा, रोेटेपिङ, घरघरमा जमराले सम्पन्नता होइन, संस्कार देखाउँछ । पर्वको स्तर हुने भए सम्पन्नहरूमात्र दशैंमा रमाउँथे । नभएकाहरू पनि मन, माया र हार्दिकतामा सपाट दशैं मनाउँछन् । 

दशैंले भूगोल र भावनालाई जोड्दै आएको छ । इलाम–डोटी, बर्दिया–काभ्रेपलाञ्चोकहरू दशैंमा एकै स्थानमा जोडिन पुग्छन् । कर्मले जन्मभूमि छाडेकाहरू दशैंमा केही दिन भएपनि जोडिन आइपुुग्छन् । आङभरि ट्याङ्काको भारी बोकेर मुग्लानबाट दशैं आउँछ । पिठ्यूँको ढाकरले दशैं ल्याउँछ । आउन नपाउनेहरू सम्झना र कमाइको दशैं पठाइदिन्छन् । 

हिजो सामाजिक सञ्जाल र सम्बन्धका दूरविधिहरू कहाँ थिए र ? कर्मक्षेत्रबाट जन्मक्षेत्रमा पुुगेर मानिसहरू आफू जन्मेहुर्केको प्रकृतिसंग साक्षात्कार गर्थे । पिङ र पौडीमा रमिन्थे, रोदी र काकालिङ्गमा हराउँथे, शरदका पारिलो परिवशेमा रैथाने भाकामा नाच्थे, गाउँथे, लडिबुडी गर्थे । न भोकको पर्वाह न थकान नै । प्रकृतिले पनि ग्वाल्र्वाम्मै अँगाल्थ्यो । सामाजिक समावेशिता र भौगोलिक सम्मिलनले पनि अनौठो प्रक्रिया लिन्थ्यो । प्रक्रिया अहिले पनि छ तर त्यो पातलिँदै छ, यान्त्रीकृत हुँदैछ । घरआँगनको आफ्नोपनलाई रेष्टुरा र वारले विस्थापन गर्दैछ । पिङ र मालाश्री ग्याजेटबाट खोसिँदैछन्, चङ्गा त चेट भैसक्यो । तैपनि दशैं बाँकी छ । पुस्तापुस्तमामा परिस्कारका नाममा आफूलाई बदल्दै दशैं वर्षमा एकवार फेरि आइनैरहन्छ । 

दशैंले हामीलाई भुल्न सिकाउँछ, सम्झिन सिकाउँछ । स्वार्थमा साँघुरिन, ईष्र्यामा चाउरिन र लालसामा भौँतारिन बिर्साउँछ । दुःख र विद्वेसबाट केही दिन भएपनि पर लगेर आफू सम्झिन, विस्तारिन सिकाउँछ । त्यसैले दशैं पर्वमात्र होइन, परिस्कार पनि हो मानव समाजको । परिस्कारका नाममा पर्वको मौलिकता हराउँदा नयाँ रिति गाँसिँदै आएको छ । 

दशैं त गाउँघरकै मज्जा १ पहाडको घैयाको चिउरा कुट्ने पुस्तौंदेखिको परम्परा । चिउरा पनि चिउरेले कुट्न पर्ने, दर्जीले नयाँ कपडा सिउनुु पर्ने । सुचिकारले कपडा कहाँ सिलाउँथे र ? मिलको चिउरा कस्ले खान्थे र ? दशैं आउन लागेको जनाउ बारीका डिलमा बास्ने झ्याउँकिरीले दिन्थ्यो । झ्याउँकिरीले प्रत्येक वर्ष घामको झुल्कोसँगै झ्याइझ्याइ गरेर दशैं डाक्दै आएको छ । दशैं आइपुुग्ने दिनतिर त झ्याउँकिरी पनि बास्न छोड्थ्यो । उसलाई थाहा थियो कि अब दशैं आइसक्यो । 

आमाको अन्तिम दशैं रहेछ, सम्झिँदा अहिले पनि मन करेन्ट लागेजस्तो हुन्छ । गगल्चिँदै आमाले भन्नुभएको थियो, बाबु हो, साना छोराछोरी त आयौ, बढेकाहरू आएनन्, आगौंको दशैंअघि म र तिम्रा बुवामध्ये एकजना रहन्नौं जस्तो लाग्छ । मेरा सपनाहरू बिग्रिएका छन् । सबैसँग दशैं मनाउन पाएको भए हुन्थ्यो ।  हो, आमा नै जानुभो ।

दशैं आएको संकेत रोशी खोलाले पनि दिन्थ्यो । बडे गडगडाहटमा उर्लिने रोशीखोला सँग्लिएर सानो हुन्थ्यो । खोलाका किनारामा पूर्व ३ नं. देखि शहरका लागि ल्याइएका मलौटा, खसीबोकाको बास हुन्थ्यो । शहरको मासु यिनै व्यापारीले थेग्थे । 

कमेरो माटोले सेतै घर सिगार्ने चलन । घरका भित्ताहरूमा सोतो कमेरो, तलतिर रातोमाटो र दुुई रंग जोड्ने पँदेलो (पहेँलो माटो) को रेखी । बेहुली झैँ सिंगारिएका घरहरूले गाउँनै धिपिक्क बलेझैँ चहकमा हुन्थ्यो । 

दशैंको स्वागत खेतमा झुलेका धानका बालाले पनि गर्थे । खेतका गरादेखि अलिपरसम्म धान पसाएको मीठो भाते बास्नाले वातावरण मगमगाउँथ्यो । 

दशैं पहाडबाट शहर पस्ने मात्र होइन, शहरबाट गाउँतिर हानिएर आउँथ्यो । पिठ्यूभरिको ढाकर र हातमा टोक्मा लिएका भरियाहरू रोशीखोला किनार, काकालिङ हुँदै पूर्व रामेछाप, ओखलढुङ्गा, खोटाङ हुँदै भोजपूरतिर लाग्थे । अहिले दशैं पिठ्यूूँ चढेर गाउँपस्दैन, मलौटा बनेर शहर पस्दैन । चिउरे, तेलपेल्ने, कपडा सिउने परम्परा पनि बदलिएको छ । तर ऐनकेन दशैं सामाजिक मेला धान्दैछ । 

राजनीतिवालाहरू दशैंलाई पनि पार्टीको व्यानरमा शुुभकामना (?) भनिरहेका छन् । हरे चाडबाड पनि भोट र भित्ताबाट अछुतो रहेन । गाउँ टोलका मानिसहरू पनि कति संयमित ? दशैंमाथि भोट मिसिँदा पनि गाउँलेहरू थपडी मारिरहेका छन् । के यो दशैंमाथि राजनीतिले गरेको उपहास कि दशैं नै अतिक्रमित हुँदै गएको पीडा ? 

दशैंका रितिथिति पनि बेग्लै थिए । आमाले पकाउनुपर्ने, घरमूलीले पूजा गर्नुपर्ने, सबैजना वरिपरि बसेर खानुपर्ने । दैनिक दुुर्गाशप्तसती पाठ गरेर जमरा पूजा गर्नुपर्ने । पूजाका आफ्नै विधि थिए । महानवमीमा त न्यास नसकी प्रसाद पनि खान नपाइने । दशैं भनेको खाने मात्र होइन, व्रत बस्ने दिन पनि थियो । 

शहर बजारमा, कर्म क्षेत्रमा सकी–नसकी खाना त सबैले खाएकै थिए । तर यही दशैंमा अस्थिपञ्जर बनिसकेकी बूढीआमाले आफ्ना सन्तानलाई ममत्व र भावनाको खाना खुवाउँछिन् । दशैंं बुढीआमाको माया मिसाएको खाना बनेर आउने गर्छ । खाना मीठो मसलाले होइन, ममत्वले हुने हो, मेहेनतले होइन, भावनाले हुने हो । बुढीआमाले सकिनसकी खुशी भावमा आफ्ना सन्तानलाई हृदयले नै खुवाएपछि दशैं साँच्चै मोहक बन्छ । खुवाउन उनीसँग धेरैथोक छैन पनि, तर सधैँ नपाइने माया र ममत्व भने आमासँगै छ, दशैंसँगै छ, त्यो गाउँमा नै छ । र, प्रत्येक दशैंमा आमा सन्तानलाई यसरी नै मायाले खुवाउने सौभाग्यको चाहना राख्छिन् ।

आमाको अन्तिम दशैं रहेछ, सम्झिँदा अहिले पनि मन करेन्ट लागेजस्तो हुन्छ । गगल्चिँदै आमाले भन्नुभएको थियो, बाबु हो, साना छोराछोरी त आयौ, बढेकाहरू आएनन्, आगौंको दशैंअघि म र तिम्रा बुवामध्ये एकजना रहन्नौं जस्तो लाग्छ । मेरा सपनाहरू बिग्रिएका छन् । सबैसँग दशैं मनाउन पाएको भए हुन्थ्यो । 

हो, आमा नै जानुभो । आमा नभएको दशैं के दशैं ? अब आमाका वरिपरि बसेर मानेका दशैंको अमिट छाप मात्र छ । त्यो स्मृति पनि विस्तारै मेटिँदै जानेरहेछ । दशैं आउन लगेपछि, दुःख र रमाइलो मनाउने बेला आमासँगको दशैंको चित्र मनभरि टाँगिन्छ । अखिर जीवन्त इतिहास तीन पुस्तामा मात्र रहने रहेछ । आमा नभएपछि दशैंं, दशैंं जस्तो रहेन ।

दाजुभाइ दिदीबहिनीहरू आ–आफ्नै घर परिवारमा विभाजित भएपछि पनि दशैं पातलिँदै गयो । ग्याजेटमा रमाउने मिलेनियल्स बच्चाहरू दशैं, टीका, पूजा र मालाश्रीमा भन्दा देशदेशावर घुम्न रमाउन थाले । समयसँगै दशैं हराउँदै गयो । विश्वव्यापीकरणले दशैं थिच्दै गयो ।  दशैं संकटमा परेको हो कि दशैंसँगै समाज नै हराउन थालेको हो ? बुढीआमाहरू शायद गगल्चिएर भन्दै होलान्, मेरा बाबानानीहरूलाई दशैं कसले मनाइदेला १ 

– मैनाली निवास, क्षितिज मार्ग । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x