×

NMB BANK
NIC ASIA

विदेशिँदाको क्षण

दशैं मनाएर विदेश जाने मन थियो, बाध्यताले अगाडि नै जानुपर्‍यो ! [भिडियो]

असोज १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दशैं शुरू भइसकेपछि आएको भिसाका कारण खुशी नेपालमै छाडेर विदेशिनुपरेको पीडा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपालीले पोखेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

रोजगारी, अध्ययन र आफन्तसँगको भेटघाटका लागि विदेशिने नेपाली दशैंको टीका छाडेर बाहिरिन बाध्य भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैं बर्सेनि आउने भए पनि समय र अवसर सधैं नआउने भएकाले बाध्यताका कारण विदेशिनुपरेको पीडा विमानस्थल पुगेका यात्रुले पोखेका छन् । परिवारसँग रमाउँदै दशैैं मनाउनुअघि नै लागेको भिसा र तोकिएको समयमा काममा पुग्नुपर्ने बाध्यताले लखेट्यो ।


Advertisment
Nabil box
Kumari

नुवाकोटका अनिल तामाङ मलेसिया प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याउन गएका आफन्तसँग बिदाइको सेल्फी लिँदै थिए । दशैंको मुखैमा स्वदेश छाडेर वैदेशिक रोजगारीका लागि विदेशिएका तामाङका दाजु २ दिनअघि मात्रै दुबई गए । तामाङ र कान्छो भाइसँगै मलेसिया गएका छन् ।

Vianet communication
Laxmi Bank

तीनै जना दाजुभाइ वैदेशिक रोजगारीमा विदेशिँदा घर परिवारका लागि नरमाइलो लागेको उनले बताए । तीनै जना दाजुभाइ दशैंअगाडि विदेशिँदा परिवारका लागि चाडपर्व उजाड लागेको र आफूहरूलाई पनि नरमाइलो अनुभूति भएको तामाङले बताए । 

निःशुल्क भिसामा मलेसिया जान लागेकाले पनि टिकट दशैंभन्दा पर सार्न नमिल्ने भएकाले उनले तोकिएको समयमै कामका लागि पुग्नुपर्नेछ । त्यसैले दशैंको टीकाको २ दिनअघि विदेशिँदा परिवारसहित आफूलाई पनि नरमाइलो लागेको प्रतिक्रिया दिए ।

सिन्धुपाल्चोककी रञ्जना तामाङ पनि दशैंको टीकाअगाडि नै दुबई उडेकी छन् । एकपटक वैदेशिक रोजगारीमा गएर फर्किसकेकी उनी दशैं पछाडि फेरि जाने मनस्थितिमा भए पनि भिसा दशैं अगाडि नै आएकाले गइहाल्नुपरेको बताइन् । दशैंतिहारको मुखमा मम्मी, बुवा, भाइबहिनीलाई छाडेर बाहिर जानुपर्दा पीडा भएको उनको भनाइ छ ।

नुवाकोटकी प्रतिमा राई पनि एकपटक वैदेशिक रोजगारीमा गएर फर्किएकी भए पनि पुनः यो वर्षको दशैं छाडेर गएकी छन् । दुबईमा रोजगारीका लागि जानुअघि राईले भनिन्, ‘परिवारले मिल्छ भने दशैं पछाडिलाई टिकट सार्नु भनेका थिए तर अगाडि नै जानुपर्ने बाध्यता पर्‍यो ।’ 

नेपालमा कामै नपाइने र ज्यामी काम मात्रै पाइने, त्यसमा पनि पैसा कम हुने भएकाले पटक–पटक विदेशै जानुपरेको गुनासो उनले पोखिन् । 

मकवानपुरका अनिल तामाङ पनि वैदेशिक रोजगारीका लागि दुबई गएका छन् । उनले पनि बाध्यताले आफू दशैंको मुखमा परिवारका सदस्य छाडेर बाहिरिनुपरेको बताए । उनले भने, ‘स्वदेशमा भए २ दिन पछाडि आउँछु भन्न पाइन्थ्यो होला तर विदेशमा बोलाएको समयमा पुग्नैपर्छ ।’

नेपालमा काम नपाइने र पाइए पनि तलब कम हुने हुँदा खान लाउनै नपुग्ने भएकाले आफूजस्तै धेरै युवा पुस्ता विदेशिन परेको मकवानपुरका तामाङ बताए । उनले दशैंको मुखमा परिवारलाई छाडेर बाहिरिनुपर्दा मनमा भारी पीडा भएको लोकान्तरलाई प्रतिक्रिया दिएका छन् ।

डेढ वर्षदेखि पर्खेर बसेको भिसा दशैंको मुखमा आएकाले इमाडोलकी उषा शर्मा पनि दशैंको टीकाको २ दिन अगाडि विदेशिएकी छन् । उनलाई परिवार र साथीहरूले ‘अलिपछि गए पनि हुन्न ?’ भनेका थिए तर दशैं अगाडि नै भिसा आउनु र उड्न पाउनुले दशैंमा परिवार छाडेर बाहिर जानुपरेको बताइन् ।

शर्माले यो वर्ष नेपालमा बसेर दशैं मनाउनुभन्दा पनि क्यानडा जाने र पुगेकै भोलिपल्ट पतिसँग बसेर आफ्नो जन्मदिन मनाउनुमा आफूलाई ठूलो खुशी लागेको बताइन् ।

सोलुखुम्बुका युगेलदिङरुक शेर्पा भने व्यावसायिक प्रयोजनका लागि चाडपर्वलाई बेवास्ता गरेरै कोरिया गएका छन् । हिन्दूहरूको महान् चाड दशैैंलाई धार्मिक सहिष्णुताको हिसाबले मनाउनुपर्ने भए पनि आफू भने काम विशेषले दशैं अगाडि नै बाहिरिनुपरेको शेर्पाले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x