×

NMB BANK
NIC ASIA

दशैं बजार

महंगियो दशैं : तथ्यांकमा ८% मात्रै मूल्यवृद्धि, बजारमा छोई नसक्नु

असोज १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आमसर्वसाधारणले अनुभव गर्ने गरी हरेक वर्ष महंगी बढ्दै गएको छ । सर्वसाधारणले जोहो गरेर पुर्‍याउनुपर्ने, व्यवस्थापन मिलाउनुपर्ने दशैंतिहार सहितका चाडमा महंगीले आकाश छुने गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपालको आन्तरिक उत्पादनले नघान्ने हुँदा बर्सेनि अत्यावश्यक उपभोग्य सामग्री, खाद्यान्न, लत्ता, कपडा, भाडावर्तनदेखि विलासिताका वस्तुसम्मको आयात बढिरहेको छ । बर्सेनि बढ्दै गएको आयातले बजारमा महंगी समेत बढाइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्तरिक उत्पादनले नधानेका कारण कृषि प्रधान देशमा चामल आयात मात्रै वार्षिक ५० अर्ब रुपैयाँको हुन्छ । तरकारी आयात ३६ अर्बको, मासु आयात १ अर्ब ८२ करोड रुपैयाँको भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।


Advertisment
Nabil box
Kumari

नेपालले गत वर्ष १९ खर्ब २० अर्बको सामान विभिन्न देशबाट नेपाल भित्र्याएको छ । नेपाल भित्र्याउँदा तिर्नुपरेको भन्सार शुल्क, व्यवसायीले लिने अस्वाभाविक नाफा, बढेको लागत, ढुवानी भाडा र अन्य खर्चका कारण बजार भाउ भने छोई नसक्नु छ ।

Vianet communication
Laxmi Bank

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत साउनमा महंगीको दर ८.२६ प्रतिशत मात्रै छ । यस्तो महंगीको दर गत वर्षको साउनमा ४.३५ प्रतिशत मात्रै रहेको थियो । गत आर्थिक वर्ष २०७८/७९ मा भने यस्तो महंगीको दर जम्मा ६.३२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

बजारमा भने हरेक वस्तुको बजार भाउ पोहोरभन्दा यो वर्ष बढेर आएको आमजनताले महसूस गर्ने खालको छ । बजारमा हरेक सामानको भाउ गत वर्षको तुलनामा यो वर्षको दशैंमा बढेकाले खर्च कटौती गर्दै दशैं मनाउनुपरेको भोटाहिटीमा भेटिएकी झापाकी सुस्मिता बुढाथोकीले बताइन् ।

दशैं शुरू भएको ५औं दिन बच्चालाई किनमेल गर्न निस्किएकी थिइन् बुढाथोकी । उनी ३ हजार रुपैयाँ लिएर छोरीलाई दशैंको किनमेल गर्न हिँडेकी भए पनि अपेक्षा गरेभन्दा बढी मूल्यका कारण खरिद गर्न चाहेको सामान नै कटौती गरेकी छन् ।

उनले भनिन्, ‘बजार त छोई नसक्नु भएछ । जे सामान हेर्‍यो, त्यहीँ महंगो लाग्ने । आफूसँग थोरै पैसा भएको हो कि बजार भाउँ नै आकाशिएको हो भन्नेबारेमा तिरिमिरी भइरहेको छु ।’

गत वर्षको तुलनामा यो वर्ष सवारी भाडा दोब्बर भएको छ । हवाई भाडा सामान्य दिनको तुलनामा चाडवाडमा दोब्बरभन्दा बढीको मात्रै पाइन्छ । बजारमा लत्ताकपडा, भाडावर्तन, खाद्यान्न किन्न जाँदा उपभोक्ता महंगीले जिब्रो टोक्दै हिँडेको अवस्था देखिन्छ ।

बजारमा पाइने सबैजसो सामानमा व्यवसायीले चाडवाडको मौका पारेर धेरै नाफा लिने उद्देश्यले भाउ बढाएका पनि हुन्छन् । अर्कोतर्फ अनुगमन गर्ने निकायको कमजोरीको फाइदा बजारमा व्यवसायीले उठाइरहेको देखिन्छ । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्व अध्यक्ष नरेश कटुवाल भने व्यवसायीका कारणले ५ प्रतिशत पनि महंगी नबढेको दाबी गर्छन् । उनले भने, ‘बैंकको व्याज बढेको, घरभाडा बढेको, ढुवानी व्यवसायीले भाडा बढाएका, नाका बन्द भएको हुँदा खासा आइपुगेको सामान फेरि पानीजहाजबाट ल्याउनुपरेका कारण लागत बढेको छ ।’

‘राष्ट्र बैंकले कोठाभित्र बसेर बनाएको महंगीको दरभन्दा बढी बजारमा अरु नै कारणले बढेको छ भनेर हेरिदिने निकाय नै भएन,’ कटुवालले भने ।

कटुवालले आफ्नो तर्क दिँदै भने, ‘एकातर्फ बैंकले नै १५ प्रतिशतमाथि ब्याज लिएको छ भने अर्कातर्फ सहकारीबाट ऋण लिएर काम गर्नेको लागत बैंकको भन्दा दोब्बरसम्म परिरहेको छ ।’ बजारमा भाउ के कारणले बढेको छ भनेर सरकारले कहिल्यै नहेर्ने, नीति नियमको कमजोरी देखाएर सरकारी निकाय नै लाभ असुल्न लाग्ने अनि व्यवसायीले मूल्य बढी लिए भन्ने गरिनु नै गलत भएको तर्क कटुवालको छ ।

बजारमा लागत बढेका कारण भएको मूल्यवृद्धि र सरकारले कर असुल्न लिएको नीतिको दोष समेत व्यवसायीलाई दिइएको मात्रै हो, बढी फाइदा लिएर उपभोक्ता ठगी भने नगरेको दाबी कटुवालले गरे ।

नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख प्रकाश श्रेष्ठ बजारमा कुनै पनि वस्तुको भाउ बढ्ने र घट्ने क्रम चलिरहने बताउँछन् । श्रेष्ठले भने, ‘मौसम अनुसार सामानको भाउ बढ्ने र घट्ने भए पनि औसतमा महंगी दर भने ८.२६ प्रतिशतभित्रै रहेको छ । यस्तो महंगी दर कुनै महिना बढ्ने र कुनै महिना घट्ने गरेको छ । औसतमा वार्षिक मूल्यवृद्धि दर भने ६ प्रतिशतको हाराहारीमा छ ।’

श्रेष्ठले भने, ‘सिजनमा तरकारीको भाउ घट्छ भने अफ सिजनमा बढेको हुन्छ । यसले गर्दा कुनै महिना बढेको मूल्य घट्ने भए पनि औषत कति भयो भनेर हेर्नुपर्ने हुन्छ ।’ राष्ट्र बैंकले विभिन्न वस्तुको एउटा दरलाई आधार बनाएर मासिक रूपमा महंगी दर निकाल्ने गरेको श्रेष्ठले बताए ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा विश्वभर मुद्रास्फीति भइरहेको र विश्व अर्थतन्त्र मन्दीमा गएको हुँदा त्यसको प्रभाव नेपालमा परेको तर्क गर्छन् । यूरोपमा १४–१५ प्रतिशत महंगी हुँदा नेपालमा ६–७ प्रतिशत मात्रै हुनुलाई भने नियन्त्रणभित्रै महंगी रहेको भनेर बुझ्नुपर्ने तर्क थापाले गरेका छन् ।

अन्य समयको तुलनामा चाडवाडमा माग बढ्ने, तलबमा काम गर्नेले थप खर्च पाउने, तलब नपाउनेले पनि दशैंका लागि भनेर जोहो गर्ने गरेका छन् । सबैतर्फबाट एकैपटक माग आउँदा आपूर्ति धान्न सामान्य मूल्यवृद्धि हुनु त सामान्य भएको तर्क थापाले दिए । 

थापाका अनुसार यातायातको मूल्य २० प्रतिशत बढेको हुनसक्छ भने अर्को कुनै वस्तुको ५ प्रतिशतभन्दा कम नै मूल्य बढेको पनि छ । केन्द्रीय बैंकले ४९६ वस्तुको मूल्यलाई एउटै डालोमा राखेर औसत मूल्य निकाल्ने गरेको छ । अहिले देखिएको एकल अंकको मूल्यवृद्धि औसत मात्रै भएको हुँदा बजारको एउटा उत्पादनलाई लिएर सबैको भाउ अचाक्ली बढ्यो भनेर भन्न नमिल्ने बुझाइ थापाको छ । 

नेपालमा आयात गर्नुपर्ने, इन्धन, आन्तरिक उत्पादन नहुने र युक्रेनदेखि आउने घ्यूतेल सहितको मूल्य बढ्नुलाई चाहिँ अन्तर्राष्ट्रिय कारण मानिन्छ । सरकारको कारणभन्दा अन्य कारणले बढ्ने भाउका कारण भने बजारमा अपेक्षाभन्दा बढी महंगी भएको हुनसक्ने बुझाइ थापाको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १२, २०७९

सर्वोच्च अदालतबाट अवकाश पाउँदै गरेका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफ्नो निजी निवासको सिँगारपटारमा लाखौं रुपैयाँको सरकारी खर्च गरेका छन् । काठमाडौंको नैकापस्थित निजी निवासमा कार्कीले सर्वो...

जेठ १८, २०८०

भारतको राजस्थानमा यसै वर्ष हुने विधानसभा चुनावको मिति नजिकिँदै गर्दा मुख्यमन्त्री अशोक गहलोतले राहतको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत मुख्यमन्त्री गहलोतले महंगी राहत शिविरमा प्राप्त सुझावका आधारम...

भदौ ३०, २०७६

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सीता परियार २०७५ चैत्र ४ गते हाजिर भइन् । हाजिर भएको भोलिपल्ट चैत्र ५ गते नै काठमाडौं काजमा गइन् । काजमा ५ दिन बसेर फिर्ता भए...

कात्तिक २०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स (दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि) प्रविधि खरिद प्रकरणमा ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष न...

भदौ ३०, २०७९

सरकारी सम्पत्तिमा रजाइँ गरिरहेको तारागाउँ रिजेन्सी होटल (हायात) माथि सरकारी समितिको अध्ययन अलपत्र परेको छ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले फागुन २९ गते ७ दिनको समय दिएर अ...

कात्तिक ८, २०७९

सरकारकै एउटा निकायले उठाएको शुल्कमाथि राज्यकै अर्को निकायले आँखा लगाएका कारण नेपाल पर्यटन बोर्डले डेढ दशकदेखि उठाउँदै आएको पर्यटन सेवा शुल्क विवादमा तानिएको छ । पर्यटन बोर्डले नेपाल भित्रिएका पर्यटक बाहिरि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x