×

X
Nic Asia
Khukuri

भक्तपुरको खःमेय् जात्रा सम्पन्न

काठमाडाैं | असोज १८, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

बडादशैंको नवौँ दिन महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् ब्वाकेगु (राँगो दौडाउने) जात्रा सम्पन्न भएको छ । 

LAxmi BAnk
nabil BANK inside

धार्मिक, सांस्कृतिक, र ऐतिहासिक रूपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी खःमेय् जात्रा मनाइने परम्परा रहेको छ । महिषासुरको प्रतीक मानिएको खःमेय् जात्रालाई विजयादशमीको एक महत्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा पूर्ण हुने हुँदा त्यस रूपमा महिषासुर वध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरूप यस दिन खःमेय्लाई बलिपूजा गरी जात्रा मनाउँदै आएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए । 

नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरूप पूजाआजा गरी नवदुर्गा द्योःछे (देवगृह)बाट बाहिर निकाली दौडाएर ब्रम्हायणी पीठसम्म पु¥याइन्छ । नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकामा दुई चक्करसहित शरीरमा सातवटा चक्र भएको, निक्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभरि कुनै घाउचोट नलागेको, कम्तीमा पनि एकसय धार्नी तौल भएको मोटोघाटो चाहिन्छ ।


Advertisment
Saurya island

खःमेय्को स–साना मासुका टुक्रा प्रसादका रूपमा घर लगी सुकुटी बनाई, धुलो पारेर घिउमा मुछी धूप बनाइन्छ । उक्त धूप लक्ष्मीपूजाका दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धूप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने धार्मिक विश्वास रहेको छ । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ९, २०७९

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताएका छन् । शुक्रवार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्ब...

मंसिर १४, २०७९

भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) छैटौं दिनको कार्यक्रम आयोजना हुँदैछ । इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक...

मंसिर ११, २०७९

काठमाडौंमा ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रर्दशनी शुरु भएको छ । नेपाल कला परिषद् र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा आइतवारबाट सो प्रर्दशनी शुरु भएको हो । परिषद् भवनमै नेपालका लागि ...

मंसिर १२, २०७९

पर्यटन प्रबद्र्धनका लागि मंसिर २२ देखि ‘अरुण डाँडा पर्यटन प्रबद्र्धन महोत्सव २०७९’ आयोजना हुने भएको छ । ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्स...

मंसिर १२, २०७९

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व सोमवार श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दि...

मंसिर १३, २०७९

जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सुसम्पन्न भएको छ । जनकपुरधामलाई वैवाहिक गन्तव्यका रुपमा विकास र प्रचारप्रसार गर्न विवाह पञ्चमीको अवसरमा विश्व हिन्दू परिषद् नेपालले प्रत्येक वर्ष आयोजना गर्ने सामूहिक विवा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x