×

NMB BANK
NIC ASIA

कङ्कालिनी भगवती मन्दिरमा छ सय ६९ राँगाको बलि चढाइयो

असोज १९, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादसैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ  ।

Muktinath Bank

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा उक्त सङ्ख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिका अध्यक्ष रामनारायण मण्डलले जानकारी दिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा सबभन्दा प्रथम स्थानमा परेका सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा निवासी सरोज मण्डलको राँगाको बलि चढाइएको थियो । 


Advertisment
Nabil box
Kumari

भारदह गाउँभरिबाट बलि प्रदानका लागि आएकाहरुबीच गोलाप्रथा लगाउने अनि जसको पहिलो  नम्बरमा आउँछ  उसैको पशुलाई पहिले  बलि दिइने गरिन्छ ।  

Vianet communication
Laxmi Bank

त्यसपछि बलि प्रदानको लागि विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतका विहार राज्यबाट आएका अन्य व्यक्तिको राँगालाई बलि दिइएको थियो । मङ्गलवार १२ बजेदेखि सुरु भएको राँगाको बलि साँझ ८ बजे सम्पन्न भएको थियो ।  

यस्तै कङ्कालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवीसम्म करिब २५ हजारको हाराहारीमा खसीबोकाको  बलि दिएको थियो । 

 आफ्नो मनकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि दिन यहाँ भक्तजन आउने गरेको मन्दिर विकास समितिले जनाएको छ ।

प्रत्येक वर्ष विजयी दशमीका अवसरमा महानमवीका दिन यहाँको मन्दिरमा राँगा, खसीबोका र परेवाको बलि दिने चलन रहेको छ । 

गत वर्ष भने कङ्कालिनी मन्दिरमा सात सय ४४ राँगाको बलि दिइएको थियो । साथै दुई वर्ष अगाडि कोरोना माहामारीका बेला कङ्कालिनी भगवती मन्दिरमा तीन सय ८५ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिएको थियो । 

कोरोना महामारीका कारण नेपाल–भारत सीमानाका बन्द हुँदा त्यहाँका भक्तजन आउन नसकेको हँुदा  राँगा बलिमा कमी अएको बताइएको थियो  । 

नेपालको सप्तरी जिल्लासहित सिरहा, धनुषा, उदायपुर, सुनसरी मोरङ, झापा र छिमेकी राष्ट्रिय भारतको विहार राज्यको सुपोल, मधुवनी अररियालगायतका ठाउँबाट लाखौँको सङ्ख्यामा आएका दर्शनार्थी यस मन्दिरमा यस वर्ष पनि विगतकै जस्तो भीड लागेको थियो । 

त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भवती मन्दिरमा पनि घटस्थापनादेखि महानमवीसम्ममा करिब २० हजारको हाराहारीमा खसी बोकाको बलि दिइएको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x