×

X
Nic Asia
Khukuri
Daraz

अमलेखगञ्ज बस दुर्घटना : बालक भन्छन्– बुवाको हात देखेर चिनें र मान्छेको थुप्रोबाट निकालें

काठमाडाैं | असोज २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालक सहित ३६ जना घाइते छन् । उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन ।

LAxmi BAnk
nabil BANK inside

बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघरको टीका सकेर बिहानै बाराको अमलेखगञ्जमा रहेको घरमा पुग्न बिहान ५ बजे नै हेटौंडा बसपार्क पुगेका थिए । आफ्ना ४५ वर्षीय बुवा ललित पाख्रिनका साथ उनी बस कुर्दै थिए । दसैँका कारण थोरै सवारी र त्यसमा पनि खचाखच भरिएर आएका सवारी साधनहरूका कारण ३÷४ घण्टा बसपार्कमा नै कुर्नुपर्यो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

धेरैपछि नारायणगढबाट बीवीरगञ्जका लागि छुटेको बा ०६–००१ ख ०११० नं को बस बसपार्कमा आइपुग्यो र पाख्रिनका बुवा छोरा चढे । बस बीचबीचमा यात्रुहरू चढाउँदै चुरियामाई मन्दिरनजिक पुगेर रोकियो । त्यहाँ पनि चार जना यात्रु बस चढे । त्यसको केहीबेरमा नै अगाडिबाट ब्रेक फेल भयो भन्ने आवाज आएको उनले सुने । बस चढेका चार यात्रु बस्न नपाउँदै अगाडिबाट बसको ब्रेक फेल भयो भन्ने आवाज सुनिएको उनले बताए । 

टाउको र घुँडामा चोट लागेका बिरोज भन्छन् “ब्रेक फेल भयो भन्ने सुनेँ, गाडी यताउता गर्दै गुड्यो, त्यसपछि म त बगरमा पुगेको रहेछु ।” गाडी पल्टेको थाहा नै नभएको बताउँदै उनी भन्छन् “झसङ्ग भएर बुवालाई हेरेको, देखिनँ । उहाँलाई मानिसहरूको चेपमा देखेँ । चारजना मान्छे हटाएर बुवालाई तानेर निकालेँ । बुवालाई थिचेका वरपरका अरू यात्रु भने चलमल गर्नुभएको थिएन । उहाँहरूको बीचबाट बुवाको हात बाहिर निस्केको देखेर चिनेँ ।” 


Advertisment
Saurya island

बाहिर निकालेपछि प्रहरी आयो । प्रहरीको बसमा बुवासहित अरुलाई पनि हेटौंडाको अस्पतालमा ल्याएको बिरोज बताउँछन् । तर दुर्घटनाको कतिबेरपछि प्रहरी घटनास्थलमा पुग्यो भन्ने पत्तो नपाएको उनको भनाई छ । गम्भीर घाइते भएका कारण बिरोजका बुवा ललित पाख्रिनलाई भरतपुर लैजान एम्बुलेन्सको ब्यबस्थापन गरिएको अस्पतालले जनाएको छ । उनका आफन्तहरू पनि सम्पर्कमा आएको उनले बताए ।

त्यसैगरी अर्का घाइते ३५ बर्षीय बस चालक दिप्तनारायण ढकाल बसको ब्रेक फेल भएको थाहा पाएपछि बचाउने प्रयास गर्दागर्दै नसकेको बताउँछन् । उनले आफूले भने हामफालेर ज्यान जोगाएको बताए ।

Vianet communication
IME BANK INNEWS

नारायणगढबाट हेटौंडा हुँदै वीरगञ्जतर्फ गइरहेको बसमा यात्रु चढ्ने र झर्ने क्रम जारी रहेसँगै चुरियामाई मन्दिरमा पुग्दा मुसलधारे पानी परेको र त्यसलगत्तै बसको ब्रेक फेल भएको उनी बताउँछन् ।

ब्रेक फेल भएको गाडीलाई भित्तामा ठोक्काएर रोक्ने प्रयास गर्दागर्दै टाटासुमो, अटोरिक्सा र मोटरसाइकललाई छल्दै अघि बढ्दा भित्ता नभेटिएर दुर्घटना भएको उनको भनाई छ । उक्त क्रममा पुल नजिकै पुग्दा बसलाई नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि आफू हामफाल्न बाध्य भएको उनको भनाई छ । 

बाराका १८ वर्षीय युवक आर्यन भोम्जन पनि एक्कासी बस तीब्र गतिमा गुडेको थाहा पाएपछि डर लागेको र अगाडिबाट झाडीतिर हाल, भित्तातिर हाल भनेको आवाज सुनेको बताउँछन् । पछाडिको सीटमा रहेका उनी होसमा छँदा चिच्याएको आवाज सुनेको र पछि भने आफैँले होस नपाएको बताए । उनको हेटौंडास्थित चुरहिल अस्पतालमा उपचार भइरहेको छ । उनको हातको शल्यक्रियाको तयारी हुँदैछ । 

बसको ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धान 

आज बिहान करिब १० बजे जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए ।

चालकसँग गरिएको अनुसन्धानका आधारमा बसलाई चालकले जोगाउन खोज्दाखोज्दै दुर्घटना भएको देखिएको उनको भनाई छ । बस चुरेमन्दिरबाट केही तल पुगेपछि ब्रेक फेल भएको र विभिन्न सवारीसाधन सडकमा गुडिरहेकोले उक्त सवारीसाधनहरूलाई जोगाउँदै गुड्दै गर्दा दुर्घटनामा परेको बुझिएको थापाको भनाई छ । 

अहिलेसम्म हेटौंडा अस्पतालमा १२, चुरेहिल अस्पतालमा दुई, मकवानपुर सहकारी अस्पतालमा दुई र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

हेटौंडामा एम्बुलेन्सको कमी भएका कारण केही घाइतेहरूलाई भने निजी सवारी साधनमा थप उपचारका लागि पठाइएको बताइएको छ । अञ्जली थापा/रासस

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएक...

मंसिर १०, २०७९

सडक बालबालिकाहरूलाई वंशजको आधारमा नागरिकता दिलाउन स्थानीय जनप्रतिनिधिहरूले सहयोग गर्न आवश्यक रहेको अधिकारकर्मीहरूले बताएका छन् । कोही पनि सडक बालबालिकाहरू आफ्नो पहिचान पाउने अधिकारबाट वञ्चित हुनु नहुने भन्द...

मंसिर १०, २०७९

सप्तरीको राजविराज नगरपालिका–५ स्थित पञ्चमुखी बजरंगबली मन्दिरमा मूर्ति स्थापनाका लागि राजविराजमा निकालिएको कलश यात्रा ।   

मंसिर १०, २०७९

पर्वतको कुश्मा–ज्ञादी अग्लो तथा लामो झोलुङ्गे पुल तरेर पुग्न सकिने रमणीय गाउँ ज्ञादी फाँटबाट बेलुकीपख आफ्नो गन्तव्यमा उड्दै गरेका चराहरू र पृष्ठभूमिमा देखिएका माछापुच्छ्रेलगायत हिमशृङ्खला ।

मंसिर १०, २०७९

विराटनगर महानगरपालिकाले फूटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रवारदेखि शुरू गरेको छ ।   विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फूट...

मंसिर १०, २०७९

सडक दुर्घटनामा मोडल साया भण्डारी घाइते भएकी छन् । शनिबार उनी सवार स्कुटर राजधानीको स्वयम्भूमा दुर्घटना भएको  गायक शिव हमालले जानकारी दिए । उनको थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x