×

NMB BANK
NIC ASIA

रोजाइ बन्दै तनहुँका पर्यटकीय गन्तव्य

असोज २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मुलुककै प्रमुख गन्तव्य मध्येमा पर्ने पोखरा घुम्न जानेले प्रायः तनहुँको बन्दीपुर हेर्न छुटाउँदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौं पर्यटक बन्दीपुर आउने गर्छन् । 

Muktinath Bank

घरमा प्रयोग गरिएका काठका कलात्मक झ्यालहरू लगायतका संरचनाले बन्दीपुरको चर्चा विश्वभर छ । यहाँ अहिले स्वदेशीदेखि विदेशीसम्मको भ्रमण गन्तव्य बन्दै गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पृथ्वी राजमार्गको डुम्रेदेखि करीब ८ किलोमिटर दूरीमा पर्छ । ‘बन्दीपुरमा पर्यटकको चाप बढेको यिनै कलात्मक झ्यालढोका सहितका घरले गर्दा हो,’ बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ घर देखाउँदै भन्छन्, ‘यी घरहरू हुन्थेनन् त बन्दीपुर हुने थिएन । पर्यटक हुने थिएनन् ।’
 
पृथ्वीनारायण शाहले १७७८ सालतिर काठमाडौं उपत्यका आक्रमण गरेपछि भक्तपुरबाट भागेर आएका प्रधान, जोशी, पिया, श्रेष्ठ र मल्लहरुले बसालेको बस्ती हो बन्दीपुर । उत्तरतर्फ देखिने लहरै हिमाली दृश्य, कलात्मक घर र ढुंगाले ओछ्याइएका गोरोटो बाटोको सुन्दरताले बन्दीपुरलाई पहाडको रानी समेत भनेर चिनिन्छ । बाह्रै महिना पर्यटक आउने गरे पनि पुस, माघ र नयाँ वर्षको छेकोमा विदेशी पर्यटकको चाप बढ्ने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘जाडोयाम शुरू भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चाप बढ्न थालेको छ,’ प्रधानले भने, ‘अब बन्दीपुरका होटल भरिभराउ हुने समय शुरू भयो ।’

Vianet communication
Laxmi Bank

कोभिड संक्रमण पहिले बन्दीपुरमा दैनिक ३०–३०० सम्म विदेशी पर्यटक आउने गर्थे । हाल डेंगु संक्रमणको चर्चाले विदेशी पर्यटकको आगमनमा केही असर गर्लाकी भन्ने चिन्तामा छन् हेरिटेज गेस्ट हाउस एण्ड रेस्टुरेन्टका सञ्चालक समेत रहेका प्रधान । बन्दीपुर भ्रमणलाई प्रोत्साहन गर्न बन्दीपुर गाउँपालिकाले आवश्यक प्रचारप्रसारको र पूर्वाधार विकासमा सहयोग गर्नुपर्ने प्रधानले बताए ।

बन्दीपुरमा असोजदेखि माघसम्म स्वदेशी तथा विदेशी पर्यटकको चाप बढ्ने विकास समितिले जनाएको छ । कोभिड संक्रमण पहिले बन्दीपुरमा चीनबाट आउने पर्यटक बढी हुने गरेपनि अहिले बेलायत र फ्रान्सका पर्यटकको चाप बढी रहेको छ । 

बन्दीपुर विकासका लागि सबै क्षेत्रबाट सकारात्मक पहलको आवश्यकता रहेको तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार एकाइले जनाएको छ । पोखरा र सौराहा जस्तै पर्यटकको चाप बढाउन बन्दीपुरमा नयाँ सोच र योजना हुन आवश्यक रहेको एकाइ सभापति वैंश गुरुङ बताउँछन् । 

‘बन्दीपुर जान केवलकारको काम धमाधम भइरहेको छ,’ अध्यक्ष गुरुङले भने, ‘कृत्रिम ताल बनाउने योजना पनि अब छलफल गरी अघि बढाउने योजनामा छौं ।’ 
    
बन्दीपुरको दीर्घकालीन विकासको लागि स्थानीय तहबाट आफूहरूले सकारात्मक सहयोग खोजेको भए पनि त्यो प्रयास पर्याप्त नभएको उनले बताए । बन्दीपुरमा हाल साना ठूला गरेर करीब ७७ वटा होटल सञ्चालनमा छन् । बन्दीपुर गाँउपालिकाको कार्यालयले समेत बन्दीपुरमा दोहोरिएर आउने पर्यटक बढाउने गरी दीर्घकालीन योजना बनाउने गरी आफूहरु जुटिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

बन्दीपुर आउने पर्यटक बढाउन गाउँपालिकाले ‘मिनी ग्रेटवाल’ बनाइरहेको उनले जानकारी दिए । ‘दोहोरिएर आउने पर्यटक चाप बढाउने गरी योजना बनाउन आवश्यक देखेका छौं,’ बन्दीपुर गाउँपालिका अध्यक्ष थापाले भने, ‘त्यसका लागि पर्यटकलाई लोभ्याउने योजना बनाउने गरी जुटिरहेका छौं ।’ 

यसै आर्थिक वर्षमा सूचना केन्द्र स्थापनाका लागि गाउँपालिकाको कार्यालयले २० लाख रुपैयाँ विनियोजन गरेको बन्दीपुर गाउँपालिकाको कार्यालयले जनाएको छ । गाउँपालिकाका ११ वडामध्ये बन्दीपुर बजार २ र ३ वडामा फैलिएको छ । 

तनहुँसुर 

तनहुँसुरले पनि पर्यटकीय गन्तव्यका रूपमा पछिल्लो समय पहिचान बनाउँदै गएको छ । व्यास नगरपालिका–११ मा पर्ने तनहुँसुरमा तोप, दरबार र मन्दिरको भग्नावशेष हेर्न मानिस आउने गर्छन् ।

यहाँबाट महाभारत पर्वत शृंखला, चुँदी र कलेस्तीफाँटको दृश्य मनमोहक देखिन्छ । राजाले नियम र निर्णय सुनाउन बस्ने गरेका गद्धि चौतारा अझै पनि छ । पर्यटकलाई बसाइ व्यवस्थापन सहज बनाउन तनहुँसुर सामुदायिक होमस्टे (घरवास) पनि सञ्चालन गरिएको छ । तनहुँसुर आउने पर्यटकलाई यही होमस्टेमा वासको प्रबन्ध गरिन्छ । एकैपटकमा ३०–३५ जनालाई सजिलै व्यवस्थापन गर्न सकिने होमस्टे व्यवस्थापन समितिले जनाएको छ । 

पाल्पाका राजा मणिमुकुन्द सेनले जेठा छोरा भृंगी सेनलाई सन् १६१० मा राज्य गर्न तनहुँसुर पठाएको किंवदन्ती छ । २३० बर्षसम्म तनहुँसुरमा आठ सेन वंशी राजाले राज गरेको इतिहास छ । तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन हुन् । विक्रम संवत् २०२५ सालतिर पृथ्वी राजमार्ग खनिएसँगै यहाँका नेवारहरू व्यापारका लागि दमौली झरेपछि यो बस्ती खण्डहर जस्तै हुन पुग्यो । तनहुँसुरमा अहिले नेवार, मगर र दलितका गरी ६४ घर छन् ।

तनहुँसुरमा आन्तरिक पर्यटककै चाप बढी हुने गर्दछ । यहाँ तनहुँसुर र तनहुँसुर देवस्थल गरी २ वटा होमस्टे सञ्चालनमा छ । 

‘तनहुँसुरमा आउने मुख्य पर्यटक भनेकै स्वदेशी हुन्,’ तनहुँसुर होमस्टेका अध्यक्ष केवि थापाले भने, ‘एक पटक आउने अर्को पटक परिवारका सदस्यलाई लिएर समेत आउनुहुन्छ ।’

तनहुँसुरमा अझै पनि नेवारका हटिया र ऐतिहासिक मन्दिर जीर्ण अवस्थामा रहेकाले तिनीहरूको आवश्यक संरक्षण गर्ने गरी आफूहरूले गण्डकी प्रदेश सरकारसमक्ष २० करोड ४५ लाख रुपैयाँको विस्तृत गुरुयोजना पेश गरेको तनहुँसुरका अगुवा ध्रुव पण्डित बताउँछन् । ‘तनहुँसुरको महिमालाई अझै उचाइमा पुर्‍याउन संरक्षणका विभिन्न कार्यक्रम बनाएका छौं,’ उनले भने, ‘त्यसका लागि राज्यको साथ र सहयोग आवश्यक छ ।’

पुरातात्विक महत्त्वका सम्पदा संरक्षण गर्ने लक्ष्य राखिएको व्यास नगरपालिकाको कार्यालयले जनाएको छ । ‘तनहुँसुरलाई पर्यटकीय गन्तव्यको नयाँ गन्तव्य बनाउने गरी अग्रसर भएका छौं,’ व्यास नगर प्रमुख न्यौपानेले भने, ‘त्यसका लागि पूर्वाधार विकासमा जोड दिइरहेका छौं ।’ 

तनहुँसुर जाने सडक कालोपत्र गर्ने कार्यलाई व्यास नगरपालिकाको कार्यालयले प्राथमिकतामा राखेको व्यास नगरपालिकाको कार्यालयले जनाएको छ । दमौलीबाट १५ किलोमिटरको दूरीमा पर्छ तनहुँसुर । पूर्वाधार विकास र ऐतिहासिक सम्पदाको संरक्षण गरी पर्याप्त प्रचारप्रसार गर्नसके बन्दीपुर जस्तै स्वदेशी र विदेशी पर्यटकको तनहुँसुर गन्तव्य बन्ने पक्का छ । 

दगाम, भुजिकोट 

तनहुँको अर्को घुम्ने गन्तव्यमा पर्छ शुक्लागण्डकी नगरपालिका–२ मा पर्ने दगाम र भुजिकोट गाउँ । दगाममा मगर र भुजिकोटमा गुरुङ जातिको बाहुल्यता छ । दगाम र भुजिकोटबाट शुक्लागण्डकी क्षेत्रको अलावा पोखराको फेवातालसम्मको दृश्य रोचक देखिन्छ । उत्तरतर्फ देखिने अन्नपूर्ण र माछापुच्छ«े हिमालको तरेलीले जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । दगाममा करीब २५ घर र भुजिकोटमा करीब २० घर छन् । 

घुमफिरका लागि आन्तरिक पर्यटक आउन थालेपछि आफूहरूले होमस्टे समेत सञ्चालन गरेको दगाम सामुदायिक होमस्टेका अध्यक्ष नन्दु थापा बताउँछन् । होमस्टेमा आउनेहरूबाट सकारात्मक प्रतिक्रियाले उत्साहित बनाउने गरेको उनको भनाइ छ । कोदो, मकैको परिवारसँगै लोकल कुखुराको मासु होमस्टेका पाहुनाको मुख्य रोजाइमा पर्ने दगामका अगुवा तथा दगाम सामुदायिक होमस्टेका सहजकर्ता नन्दु थापा बताउँछन् ।

‘पाहुनालाई हामी भटमास, मस्याङ गुन्द्रुक, ढिडों लगायतका स्थानीय परिकार नै खुवाउने गर्छांै,’ सहजकर्ता थापाले भने, ‘स्थानीय उत्पादन नै होमस्टेको पहिचान हो भन्दा पनि हुन्छ ।’ 

दगाम र भुजिकोटमा ४ वटा होमस्टे सञ्चालनमा छन् । कुस्मावती, दगाम, इमान्दार र भुजिकोट होमस्टेमा तिहारपछि फागुन पहिलो हप्तासम्म स्वदेशी पयर्टकको चाप बढ्ने गर्छ । पाहुनाहरूमा अधिकांश शुक्लागण्डकी र पोखराका हुने गर्छन् । 

दगाम र भुजिकोटमा होमस्टेका पाहुना फर्किंदा स्थानीय मह कोशेलीका रुपमा लैजान मन पराउने दगाम होमस्टेका अध्यक्ष तिला थापाको भनाइ छ । गाउँसम्म पुग्न पक्की बाटो भए शुक्लागण्डकी र पोखराका पर्यटकलाई समेत आकर्षित गर्न सकिने सोच दगाम र भुजिकोटवासीको छ ।  

मिर्छुलुङ

भिमाद नगरपालिका–५ मा पर्ने मिर्छुलुङ पनि होमस्टेका पाहुनाको रोजाइमा पर्दै गएको छ । मगर बाहुल्यता रहेको यस होमस्टेमा निहुरो, कर्कलो, मकैको आँटो, स्थानीय जातका कुखुरा र सुँगुरको मासुको परिकार चाख्न पाइन्छ । यहाँ आउने पर्यटकलाई कौराहा र झ्याउनेमा नाचेर रमाइलो गरिन्छ । पर्यटक पनि नाच्ने र गाउने गरेर रमाइलो गर्छन् । मिर्छुलुङ होमस्टेमा ३० घर रहेका छन् । 

गाउँको शिरानमा भ्युटावर (दृश्यावलोकन स्तम्भ)समेत छ । टावरबाट हिमालका दृश्य, भिमाद बजार र सेतीको नागबेली रोचक देखिन्छ । मन बहलाउन र थकान मेट्न आउने आन्तरिक पर्यटकको चाप बढ्दै गएको होमस्टेका सदस्य मनसरा थापाले बताइन् । ‘साथी र परिवारका सदस्यहरू आएर रमाइलो गरेर जाने चलन बढ्दै गएको छ,’ थापाले भनिन्, ‘हाम्रो चुल्होमा पनि स्थानीय परिकार नै प्राथमिकतामा पर्छ ।’

भिमाद बजारबाट ५ किलोमिटर दक्षिणतर्फको यात्रापछि मिर्छुलुङ पुगिन्छ । भिमाद नगरपालिकाको कार्यालयले समेत मिर्छुलुङलाई प्राथमिकतामा राखेको छ । 

तनहुँमा विभिन्न गन्तव्यहरूमा बाहिरी तथा आन्तरिक पर्यटकको भ्रमणको तथ्यांक नभए पनि पछिल्लो समय साथी र आफन्तसँग घुम्ने संस्कारको विकास हुँदै गएको तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङ बताउँछन् ।

‘पछिल्लो समय घुम्ने संस्कारको विकास हुँदै गएको छ,’ गुरुङले भने, ‘पर्यटन प्रवर्धनका कार्यक्रमलाई राज्यले समेत प्राथमिकतामा राख्नुपर्छ ।’

गण्डकी प्रदेश सरकारले प्रदेशका ११० मुख्य गन्तव्यको सूचीमा तनहुँका १० प्रमुख पर्यटकीय गन्तव्य पहिचान गरेको छ । प्रमुख गन्तव्यमा बन्दीपुर, व्यास पर्यटन क्षेत्र, मिर्लुङकोट, देवघाटधाम, ढोरवाराही, छाब्दी वाराही, छिम्केश्वरी, भानुभक्त जन्मस्थल, आधिमुल बाराही र तनहुँसुर रहेका छन् । पूर्वाधार र आवश्यक विकास गरी ती गन्तव्यको पहिचान गराउने कार्यक्रम प्रदेश सरकारले राखेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराका सूचना अधिकारी विकास थापामगरले जानकारी दिए ।– पूर्ण विके/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x