×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

प्रचण्डले चक्मा दिने उम्मेदवार भनेर अगाडि सारेका ‘सदाबहार बोर्ड फर्स्ट’ डा. भोजराज

जनतालाई अस्पतालमा हैन, अस्पताललाई जनताकोमा पुर्‍याउने सपना

असोज ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ताको अघिल्लो दिन अर्थात्, २०७९ साल असोज २२ गते, शनिवार । समय बिहानको करीब साढे १० बजे । 

Sagarmatha Cement
Muktinath Bank

सार्वजनिक बिदाको दिन भएकाले डा. भोजराज अधिकारी भरतपुरस्थित पुष्पाञ्जलि अस्पतालमा बिरामी जाँच्दै थिए । चितवनकै एक जिल्ला नेताको फोन आयो । ती नेताले फोनमा सोधे– ‘पार्टीले उम्मेदवारका रूपमा तपाईंलाई अगाडि सार्ने सोचेको छ, अघि बढ्ने हैन त ?’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. भोजराजले फोनमा गरिएको उक्त प्रस्तावलाई ‘सिरियस’ रूपमा लिएनन् । अगाडि पनि यस्ता ख्यालठट्टा हुने गर्थे । उनी फोन राखेर फेरि बिरामी जाँच्न थाले । 


Advertisment
Nabil box
Kumari

फोनको घण्टी बजिरह्यो । उनको ध्यान बिरामीहरूतर्फ नै थियो । त्यत्तिकैमा उनलाई एउटा ‘प्राइभेट नम्बर’बाट पनि फोन आएको थियो, तर उनले उठाएनन्। 

Vianet communication
Laxmi Bank

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नम्बर २ मा गएपछि चितवन– ३ मा उम्मेदवारको खोजी भइरहेको थियो । शुरूमा नेता सूर्य सुवेदी पथिक, माडीका पूर्व मेयर ठाकुर ढकाल लगायतको नाममा चर्चा भइरहेको थियो । 

अस्पतालमा आएका जति बिरामी जाँचेर उनी घर पुगे । घर पुग्न नपाउँदै उनलाई एउटा परिचित नम्बरबाट फोन आयो । नम्बर थियो, माओवादी अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहालको । 

लामो समयदेखि सीताको स्वास्थ्य अवस्था नाजुक छ । केही गाह्रो हुँदा, सरसल्लाह लिनुपर्दा प्रचण्ड निवासबाट डा. भोजराजलाई फोन आइरहन्थ्यो । उनले फोन उठाए । फोनमा अर्कोतर्फ थिए, अध्यक्ष प्रचण्ड । केहीबेर अघि ‘प्राइभेट नम्बर’बाट फोन गर्ने पनि उनै रहेछन्। 

‘सीता आमाको नम्बरबाट फोन आएको थियो । लामो समयदेखि उहाँ अस्वस्थ हुनुहुन्छ, कहिलेकाहीँ खाना सर्किँदा, औषधिहरू खुवाउनुपर्दा मलाई फोन गरेर सल्लाह लिने गर्नुहुन्थ्यो,’ डा. भोजराजले भने, ‘त्यो दिन अध्यक्षले अर्कै प्रयोजनले फोन गर्नुभएको रहेछ ।’ 

प्रचण्डले धेरै भूमिका नबाँधी सिधै प्रस्ताव गरे, चितवन– ३ मा तपाईं अगाडि बढ्नुपर्ने भयो ।

डा. भोजराजले प्रतिक्रिया जनाउन नपाउँदै प्रचण्डले थपे, ‘चुनाव जित्न गाह्रो छैन, जितिन्छ । गठबन्धनको साझा उम्मेदवार तपाईं नै हो । चुनाव जितेपछि पनि समय मिलाएर बिरामीको सेवा गर्न कुनै समस्या हुँदैन, ‘म्यानेज’ गर्न सकिहाल्नुहुन्छ, अगाडि बढ्नुहोस्।’ 

प्रचण्ड त्यतिमै रोकिएनन्, उनले आफूले केही समयअघि जनतासँग गरेको वाचा पनि स्मरण गराए– ‘मैले केही दिनअघि जनतासँग एउटा ह्वीम ल्याउन सक्ने खालको, सेन्टिमेन्ट ल्याउन सक्ने खालको र सबैलाई चक्मा दिने उम्मेदवार अगाडि सार्छु भनेर भनेको थिएँ, तपाईं त्यस्तै एक उम्मेदवार हो ।’ 

स्मरण रहोस्, केही साताअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउन सक्ने खालको उम्मेदवार अगाडि सार्ने बताएका थिए । 

‘हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं । तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो । त्यस्तो मान्छे, जो गुटबन्दीमा पनि छैन, यो गुट र त्यो गुट भन्ने पनि छैन, हामी सबैले साथ दिन सक्ने, अनि यो त ठीक छ भन्ने खालको मान्छे,’ प्रचण्डले भनेका थिए । 

त्यतिबेला प्रचण्डले काठमाडौंको प्रसंग निकालेकाले धेरैले यसलाई कुलमान घिसिङसँग जोडेर चर्चा गरे । घिसिङ विद्युत् प्राधिकरणबाट राजीनामा दिएर तत्काल राजनीतिमा आउन लागेको चर्चा भयो । 

धेरैले सोचे जसरी घिसिङ त उम्मेदवार बनेका छैनन्, तर चितवनका लागि भोजराज अधिकारी त्यस्तै एक पात्र भएको चिने जानेकाहरू बताउँछन्। १५ वर्षदेखि आफ्नो गृहजिल्लामा बसेर सेवा गरिरहेका अधिकारीले प्रायः घरका कसै न कसैको स्वास्थ्य जाँचेका छन्, कैयनको ज्यान बचाएका छन्। 

त्यसो त एकदिन राजनीतिमा आएर फरक पाटोबाट जनताको सेवा गर्ने उनको सपना पहिलेदेखि नै थियो । उनले अबको १० वर्षपछि राजनीतिमा आउने ‘प्लान’ बनाएका थिए । 

एक्कासि आएको नयाँ प्रस्तावले उनी सोचमग्न भए । केहीबेर सोचेपछि उनले उम्मेदवार बन्न तयार रहेको कुरा प्रचण्डलाई बताए, तर परिवारका सदस्य यो कुरामा खुशी हुँदैनन् भन्ने उनलाई थाहा थियो । 

‘शुरूमा यो प्रस्तावबारे सुनाउँदा परिवारमा कसैले पनि हुन्छ भन्नुभएन । राजनीतिमा लागेकोमा उहाँहरूको भित्री मन अझै खुशी छैन जस्तो लाग्छ, तर म अगाडि बढिसकेकाले एकजुट भएर साथ दिनुभएको छ । पछिल्लो समय मेरो पक्षमा राम्रो माहोल देखेपछि उहाँहरूको मुहारमा मुस्कान आउन थालेको अनुभव गरेको छु।’ 

उम्मेदवारी दिनुअघि उनी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष थिए । अस्पतालको अध्यक्ष पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका हुन्। 

चुनावी कार्यक्रम लिएर उनी जनताको टोलटोलमा पुग्न थालेका छन् । जति ठाउँमा पुगेका छन्, सबैतिरबाट सकारात्मक प्रतिक्रिया र छुट्टै आत्मीयता पाएका छन्। 

‘म भोट माग्न जान्छु, कतिपयले एकछिन है डाक्टरसा’प भनेर भित्रबाट आफ्नो स्वास्थ्य रिपोर्ट ल्याएर देखाउनुहुन्छ, जनतासँग मेरो सम्बन्ध त्यो किसिमको हो,’ उनले भने ।

कतिपयले भक्कानिँदै ‘तपाईंले बचाएकै कारण आज भोट दिन पाउँदै छु, पार्टी जुनसुकै भए पनि मेरो भोट तपाईंलाई नै हो’ भन्ने गरेको उनले सुनाए । 

‘भोट के होला त्यो पछिको कुरा, तर म आफू नपुगेको र अलि मेहनत गर्नुपर्छ कि भनेको ठाउँमा पनि २० घरका मानिस भेट्दा १४/१५ घरका मानिसले मलाई चिनेको पाउँछु । उहाँहरूले निकै आत्मीयता दर्शाउनुभएको छ । पार्टी हेर्दैनौं, हाम्रो भोट तपाईंलाई नै हो भन्नुभएको छ,’ उत्साहित हुँदै उनले सुनाए ।

अस्पताललाई जनताकोमा पुर्‍याउने योजना ! 

चुनाव जितेपछि नयाँ ढंगले जनताको स्वास्थ्य सेवाका लागि काम गर्ने उनको सपना छ । जनता अस्पतालमा आउने हैन, अस्पताल नै जनताको घरमा जाने व्यवस्था गर्ने योजना रहेको उनले सुनाए । 

‘मान्छेको लागि सबैभन्दा ठूलो कुरा स्वास्थ्य हो । पहिला स्वस्थ भएर मात्र अरू कुरा गर्न सकिन्छ । जनतालाई सहज स्वास्थ्य सेवा दिनका लागि ‘मोबाइल हेल्थ क्लिनिक’ सञ्चालन गर्ने मेरो योजना छ ।’ 

मोबाइल हेल्थ क्लिनिकको अवधारणाबारे प्रस्ट्याउँदै उनले थपे– 

‘त्यसका लागि ४/५ वटा गाडी खरिद गर्छौं । त्यसमा सीट हुँदैन । त्यहीँभित्र ल्याबसहित एकजना चिकित्सक र एकजना नर्स हुन्छन् । त्यो गाडी अन्य सवारी जस्तै घुमिरहन्छ । कुन दिन कुन टोलमा पुग्ने भन्ने पहिले नै थाहा हुन्छ । सामान्य स्वास्थ्य जाँच घरमै पुगेर गर्ने । कसैलाई तत्काल अस्पताल ल्याउनुपर्ने देखियो भने त्यही बसमा राखेर ल्याउने,’ डा. भोजराजले आफ्नो योजना सुनाए । 

ल्याब टेस्टसहितको स्वास्थ्य जाँच घरमै हुने व्यवस्था मिलाउन सके जनतालाई ठूलो राहत पुग्ने उनको विश्वास छ । साथै उनले कुनै उपचारका लागि पनि काठमाडौं जान नपर्ने व्यवस्था मिलाउने लक्ष्य लिएका छन्। 

‘मैले चितवनमा सेवा दिन थालेको १५ वर्ष भयो । शुरूमा यहाँ सिटीस्क्यान पनि थिएन । सिटीस्क्यान लागि एम्बुलेन्समा काठमाडौं गएर त्यही एम्बुलेन्समा चितवन फर्की अस्पताल भर्ना हुनुपर्ने अवस्था थियो । आईसीयू पनि पुरानो मेडिकल कलेजमा मात्र थियो । अहिले धेरै अस्पतालमा यो सुविधा छ । अझै पनि धेरै काम गर्न बाँकी छ । कुनै किसिमको स्वास्थ्य उपचारका लागि काठमाडौं जान नपरोस् भन्ने मेरो सपना हो । अब राजनीतिमा लागेर यसैका लागि काम गर्छु,’ डा. भोजराजले आफ्नो योजना सुनाए । 

चितवनलाई मेडिकल सिटी भने पनि नीतिगत र व्यवस्थापकीय पाटोमा धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । एउटा चिकित्सकका रूपमा यो सबै गर्न नमिल्ने/नसकिने भएपछि राजनीतिको बाटो रोजेको उनले सुनाए । 

‘चितवनलाई साँच्चै नै मेडिकल सिटीका रूपमा अगाडि बढाउन धेरै काम गर्न बाँकी छ । त्यसका लागि मेडिकल बोर्ड नै बनाएर काम गर्ने सोचेको छु । त्यसो गर्न नीतिगत रूपमै काम गर्नुपर्ने भएकाले पनि कानून निर्माण गर्ने ठाउँमा पुग्नु जरुरी छ, जनताले त्यो मौका दिनुहुन्छ भन्ने विश्वास छ,’ डा. भोजराजले थपे । 

प्रचण्डले अघिल्लो कार्यकालमा शुरू गरेका पूर्वाधारका ठूला आयोजना समेत अगाडि बढिरहने उनको विश्वास छ । ‘उहाँ (प्रचण्ड)ले यहाँ घर नै बनाइसक्नुभएको छ । गोरखाबाट उम्मेदवार भए पनि गोरखासँगै चितवनको विकासमा मेरो योगदान र सक्रियता पहिलेजस्तै रहन्छ भनेर अध्यक्षज्यूले भन्नुभएको छ, त्यसो हुँदा म स्वास्थ्यमा बढी फोकस हुन पाउँछु,’ उनले भने । 

बच्चैदेखि विलक्षण, सधैँ ‘बोर्ड फर्स्ट’ 

२०३६ फागुन ११ गते कुरिनटारमा जन्मिएर ९ महिनाको छँदा बुवाआमासँगै पटिहानी बसाईं सरेका डा. भोजराज बच्चैदेखि विलक्षण क्षमताका थिए । स्कूल पढ्दा उनी कक्षामा ‘फर्स्ट’ मात्र हैन, सधैँ ‘बोर्ड फर्स्ट’ स्कूलकै प्रथम हुन्थे । अमर माविबाट विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरे । 

अमृत साइन्स क्याम्पसबाट प्रथम श्रेणीमा आईएस्सी उत्तीर्ण गरेपछि उनले स्कलरशिपमा मणिपाल कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरे ।

पछि काठमाडौं मेडिकल कलेजबाट स्कलरशिपमै इन्टरनल मेडिसिनमा ‘एमडी’ गरे । 

डा. भोजराज सानैदेखि प्रतिभावान थिए । उनलाई बच्चैदेखि चिनेका चितवनका राजु पौडेलले फेसबूकमा उनको बारेमा रोचक टिप्पणी गरेका छन्– 

२०४७ माघमा पटिहानी स्कूलको दक्षिणतिरको गेटबाट सानो कद, गोरो र निधार चौडा भएको फुर्तिलो केटो एउटा हातले निलो प्यान्ट तान्दै अर्को हातले किताब समाएर भित्र छिर्‍यो । प्रत्येक वर्ष विभिन्न प्राइमरी स्कूलबाट आउने फर्स्टहरूको चर्चा हुने गर्थ्यो । तीन वर्षअघि आफू पनि परेकाले म निकै उत्सुकताका साथ हेर्थें । त्यो वर्ष अलि बढी नै चर्चा थियो, यिनी आएपछि स्कूलको ‘बोर्ड फर्स्ट’ अरू हुन पाउँदैनन् भनेर । हुन पनि हुने बिरुवाको चिल्लो पात भनेझैँ वक्तृत्वकला, हाजिरी जवाफ, निबन्ध लेखन सबैमा छाउन थाले । मेरो भाइ यिनीसँगै पढ्ने र यिनका दाजुदिदीलाई मेरो बुवाले पढाउनु भएकाले एक किसिमको आत्मीयता पनि थियो । हरेक कुराको जानकारी लिइरहेँ । पछि डाक्टर पढ्न नाम निकाले भन्दा बेस्सरी खुशी भएँ । (आर्थिक अवस्थाका कारण) स्कलरशिपविना डाक्टर पढ्न गाह्रो थियो । डाक्टर बनेपछि चिकित्सकीय सेवामा अब्बल ठहरिँदै गाउँवासीको मनमनमा बस्न थाले । चितवन अनि वरिपरिका जनताको सेवा गर्छु भनेर होला कार्यथलो चितवन नै बनाइरहे । यिनी कसैसँग रिसाएको थाहा छैन । आफ्नो विषयमा गहिरो गरी र अन्य विषयमा पनि राम्रो ज्ञान राख्ने यी भाइ प्रतिदिन शायद ६ देखि ८ घण्टाभन्दा बढी ‘रेस्ट’ समेत गर्दैनन् । चितवन क्षेत्र नं. ३ मा अरू पनि उम्मेदवार हुनुहुन्छ, तर यी भाइलाई नजिकबाट चिनेको र जानेकाले उनको क्षमता र दक्षता देशले प्रयोग गर्न पाउनुपर्छ (भन्ने लाग्छ) । 

अध्ययन पूरा गरेपछि डा. भोजराजले जुटपानी स्वास्थ्य केन्द्रको प्रमुख भएर सरकारी जागिर खाए । दुई वर्ष काम गरेपछि उनको सरुवा चाँदनी-दोधारामा भयो । चितवनका जनताको सेवा गर्ने उनको भोक अझै मरेको थिएन ।​

डायलासिसको सेवा काठमाडौंबाहिर कहीँ पनि उपलब्ध थिएन । नेपालगञ्जमा शुरूआत भए पनि व्यवस्थित ढंगले सेवा सञ्चालन हुन सकेको थिएन । चितवनमा यो सुविधा नभएको कुरा उनलाई खड्किरहन्थ्यो । यो सुविधा भरतपुर अस्पताल (सरकारी अस्पताल)मा नै शुरू गर्नुपर्छ भनेर उनी खाइरहेको सरकारी जागिर छाडेर विकास समितिमार्फत भरतपुर अस्पतालमा छिरे । 

‘पद, प्रतिष्ठा केही नभनी, खाइरहेको सरकारी जागिर छाडेर विकास समितिमार्फत भरतपुर अस्पतालमा आएँ । फिजिसियन भएर पनि मेडिकल अफिसर (अधिकृत)को पोस्टमा रहेर १० वर्षसम्म निरन्तर सेवा गरें,’ डा. भोजराज भन्छन्, ‘कोरोनाकालमा पनि मैले धेरै प्रशंसा पाएको छु । चितवनमा कोरोना लागेका बिरामीलाई छुने पहिलो डाक्टर नै म थिएँ ।’

मेडिकल अफिसरका रूपमा छिरेका उनी आफ्नो क्षमताको बलमा अस्पताल विकास समितिको अध्यक्ष बने । उम्मेदवारी दिनुभन्दा अघिल्लो दिनसम्म उनी सोही पदमा थिए । 

भरतपुर अस्पतालको नेतृत्व गर्दा आफूले धेरै सम्झनलायक काम गरेको उनी बताउँछन्। 

‘शुरूमा त यहाँ कर्मचारी व्यवस्थापनमा धेरै समस्या थियो, ७ थरी कर्मचारी थिए, तिनको व्यवस्थापन गरें । २०२० सालदेखिको पुरानो इमरजेन्सी थियो, नयाँ इमरजेन्सी बनाएर सञ्चालनमा ल्याएँ । नेपालमै पहिलोपटक अस्पतालभित्र अस्पतालको अवधारणा अर्थात्, यहाँ एउटा सरुवा रोग अस्पताल भन्ने थियो, त्यसलाई भरतपुर अस्पतालभित्र ल्याएर सरुवा रोग भवन निर्माणको अन्तिम चरणमा छ । स्पाइनल इञ्जुरी सेन्टर बनाउँदैछौं । ब्लड बैंक अगाडि सार्दैछौं । अतिविपन्न कोषको व्यवस्था गरेका छौं । विपन्न कोष भनेर सामाजिक सुरक्षाले समेट्छ, तर एउटा अतिविपन्न चेपाङ वा अरू कोही नागरिक कान्लामा लड्यो भने उसलाई अस्पतालसम्म ल्याउने खर्च त कोषले बेहोर्दैन, त्यसैका लागि हामीले अतिवपन्न कोष सञ्चालन गरेका हौं,’अस्पतालको नेतृत्वमा रहँदा गरेका काम स्मरण गर्दै उनले भने । 

चितवन– ३ को राजनीतिक समीकरण 

माओवादी अध्यक्ष प्रचण्डले अघिल्लोपटक जितेको चितवन क्षेत्र नम्बर ३ मा यसपटक प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको आधिकारिक चुनाव चिह्न (सूर्य र रुख) बोकेका उम्मेदवार छैनन्। 

कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलले गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारीलाई समर्थन गरेका छन् भने एमालेले कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गर्ने चर्चा छ । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका कोइराला बागी उम्मेदवारी फिर्ता नलिएपछि पार्टीको कारवाहीमा परेका छन्। विधानअनुसार उनको पार्टी सदस्यता निष्क्रिय भएको छ । 

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे र भरतपुर महानगरपालिकाको निर्वाचनमा मेयर पदमा कांग्रेसबाट बागी उठेका जगन्नाथ पौडेल पनि चुनावी मैदानमा छन्। 

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत नियाल्दा यो क्षेत्रमा नेकपा एमालेले २९ हजार ७७१, नेपाली कांग्रेसले २९ हजार ३४३, माओवादी केन्द्रले १० हजार ९४०, राप्रपाले ६ हजार १९८ र नेकपा एसले ५ हजार ०३७ मत पाएका थिए । सत्ता गठबन्धनको कुल मत जोड्दा ४५ हजार ३२० हुन आउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x