×

NMB BANK
NIC ASIA

नेपाली चलचित्र

कुनै फिल्मले १० करोड कमाउँदा कति पर्छ निर्माताको हातमा ?

असोज ३१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

– ‘दुई नम्बरी’ फिल्मले एक सातामा गर्‍यो साढे चार करोड ग्रस कलेक्सन ।
–    ‘प्रेम गीत ३’ले नेपालबाट मात्रै कमायो १३ करोड २६ लाख ।

Muktinath Bank

पछिल्लो समय चलेका नेपाली चलचित्रको कलेक्सनको खबर हुन् यी । चलचित्रले करोडौं ‘ग्रस कलेक्सन’ गरेको खबर सार्वजनिक भइरहँदा धेरैको बुझाइ हुनसक्छ, निर्माताले यति धेरै कमाएछन् । कलेक्सन सुनेर वास्तविकता नबुझी चलचित्रमा लगानी गर्नेहरु समेत प्रशस्तै हुने गरेका छन् । तर, चलचित्रले गरेको कलेक्सनमध्ये निर्माताको हातसम्म आधा रकम पनि आउँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वितरक मनोज राठीका अनुसार चलचित्रको व्यापारमा सबैभन्दा पहिले १८ प्रतिशत कर दिनुपर्ने हुन्छ । ‘१३ प्रतिशत भ्याट र ५ प्रतिशत स्थानीय कर तिर्नुपर्छ’, राठीले लोकान्तरसँग भने, ‘१८ प्रतिशत घटाउँदा ८२ हुन्छ । त्यो प्रदर्शक र निर्माताबीच आधा–आधा अर्थात ५०/५० प्रतिशत बाँडफाँट हुन्छ ।’ 


Advertisment
Nabil box
Kumari

यसरी हुन्छ हिसाब 

Vianet communication
Laxmi Bank

यदि कुनै चलचित्रले १ करोड कलेक्सन गर्‍यो भने १८ लाख राज्यलाई कर नै दिनुपर्ने हुन्छ । बाँकी ८२ लाखमा प्रदर्शक र निर्मातालाई ४१÷४१ लाख रुपैयाँ हुन आउँछ । यद्यपि, निर्माताले ५० प्रतिशत शेयर पाउने प्रदर्शनको पहिलो र दोस्रो हप्ता हो । तेस्रो हप्तादेखि भने निर्माताको भागमा ३५ प्रतिशत रकम मात्र आउने गरेको वितरकहरू बताउँछन् । यसमा केही कमिसन निर्माताले चलचित्र वितरकहरूलाई समेत छुट्याउनुपर्ने हुन्छ । 

वितरक करण श्रेष्ठका अनुसार निर्माताको भागमा परेको रकमबाट वितरकलाई ५ देखि १५ प्रतिशतसम्म शेयर बाँड्ने गरिएको छ । यसरी हेर्दा चलचित्रले १ करोड कलेक्सन गर्दा निर्माताको हातमा ३५ देखि ४० लाख रुपैयाँ आउने गरेको वितरक श्रेष्ठले बताए । 

चलचित्रले १० करोड व्यापार गर्दा निर्माताको हातमा ३ करोड ५० लाखदेखि ४ करोड रुपैयाँसम्म मात्रै आउने उनले बताए । ‘प्रेम गीत ३’ले नेपालमा तीन सातामा गरेको कलेक्सन १३ करोड २६ लाखलाई ३५ देखि ४० प्रतिशतमा हिसाव गर्दा निर्माताको हातमा ५ करोड रुपैयाँ हाराहारी पर्न जाने देखिन्छ । यद्यपि, यो चलचित्र चौंथो सातामा प्रदर्शनरत भएकाले निर्माताको हातमा अझै केही रकम हलबाट शेयर आउने देखिन्छ ।

त्यस्तै, ‘दुई नम्बरी’ले पहिलो साता साढे चार करोड ग्रस कलेक्सन गर्दा यसका निर्माताको हातमा बढीमा १ करोड ८० लाख हाराहारी पर्न जाने देखिन्छ । यो चलचित्र यतिबेला उल्लेखनीय दर्शकहरूको साथ दोस्रो सातामा प्रदर्शनरत छ । दोस्रो सातामा पनि चलचित्रले राम्रो व्यापार गर्ने देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x