असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
करीब १ वर्षपछि उपसम्पादकको विज्ञापन गर्यो संस्थाले । सरकारी सञ्चार संस्थानको उपसम्पादक सातौं तहको पद वरिष्ठ शाखा अधिकृत सरहको थियो ।
आफू कार्यरतभन्दा १ तहमाथिको पद भएकाले गोपालले पनि दरखास्त दियो । राम्रै अंकमा पास गर्यो लिखित र मौखिक दुवैमा । त्यसपछि उपसम्पादकको जिम्मेवारी समाल्न पुग्यो सम्पादकीय विभागमा । पहिले जहाँ लेख–रचना बुझाउन जान्थ्यो, अब सोही स्थानमा बसेर लेख–रचना बुझ्न थाल्यो ।
प्रायः भन्ने गरिन्छ संसार स्वार्थी छ । हो संसार स्वार्थी नै छ । सबै आफ्नै लागि भएका हुन्, आएका हुन् । त्यसैले स्वार्थी हुने नै भए तर त्यो आधा मात्र सत्य हो, पूर्ण सत्य होइन । पूर्ण सत्य त यही हो कि संसारमा स्वार्थी मात्र छैनन्, स्वार्थबाट माथि उठेका पनि छन् । नराम्रा मात्र छैनन्, राम्रा पनि भेटिन्छन्, छिटपुट कहीँकतै । उदाहरणका लागि गोपाललाई नै लिन सकिन्छ ।
उसले आफ्नो ३० वर्षीय नोकरीको अवधिमा सालाखाला ३० जनाभन्दा बढी हाकिम व्यहोरेको थियो, एउटै व्यक्ति अध्यक्ष तथा महाप्रबन्धक भएर आएका र अलग–अलग व्यक्ति अध्यक्ष तथा महाप्रबन्धक भएर आएका गरी । यिनमा कोही ३ महिनाका लागि आउने पर्थे, कोही १३ दिनका लागि । सालाखाला वर्षका १ जना हाकिम फटाएको थियो उसले ।
यस्तो हुनुको कारण थियो संस्थानको हाकिम हुन सत्तारुढ पार्टीको छाप लाग्नुपर्ने । यदाकदा त्यतिले मात्र नपुगी गुट वा उपगुटको समेत लाइसेन्स बोक्नुपर्ने हुन्थ्यो । यीमध्ये नाम लिन लायक भने २–३ जना मात्र भेट्यो गोपालले । बाँकी सबै जागिर खान आएका थिए – खाए, गए । आफूले पनि खाए, आफ्नालाई पनि खुवाए । यस्तै नाम लिन लायक १–२ जनामा ती महाप्रबन्धक पनि थिए, जतिबेला गोपालले उपसम्पादक बन्ने अवसर पाएको थियो ।
श्रेष्ठ थरी काठमाडौंका रैथाने नेवार ती महाप्रबन्धक साह्रै सज्जन थिए । हमेशा संस्थाको कुरा गर्थे, संस्था बचाउनुपर्छ भन्थे । संस्था बचे मात्र स्टाफ बाँच्न सक्छन् भन्ने उनको मान्यता थियो । आफैं सम्पन्न र सम्भ्रान्त परिवारका थिए संस्थानबाट कमाउनु थिएन । कमाउनु थियो त केवल संस्थानकै लागि । जति बसे संस्था हितकै कुरा गरे, संस्था हितकै काम गरे । न विवेकलाई बन्धकी राखे, न आफ्नो र पराइ नै भने । न माथिको तोक–आदेशलाई भाउ दिए । तोक आदेशको भरमा कर्मचारी नियुक्ति गर्दै जाने हो भने संस्थानको भुँडी फुट्छ भन्थे आएका तोक आदेशलाई दराजमा थन्क्याउँथे ।
गोपालकै नियुक्तिको समयमा पनि कम्ती दबाब नआएको होइन उनलाई । विभागीय मन्त्रीकै ठाडो लिखित आदेश आएको थियो तर उनले त्यसलाई समेत वास्ता गरेनन् र जो–जो पास हुन योग्य देखे, तिनैलाई पास गरे, गराए । यसको अर्थ विभागीय मन्त्रीले भनेको नमान्दा आफ्नै पद धरापमा पर्छ भन्ने उनलाई थाहा नभएको होइन । तैपनि त्यतातिर ध्यान दिएनन् । मन्त्री आउँछन्, जान्छन्, रहने संस्थानका पत्रकार तथा कर्मचारी नै हुन् भन्थे सोही अनुसार छनोट गर्थे ।
आखिर भयो त्यही । राम्रो काम गर्ने मानिसको भलो नहोस् भन्ने सतीको श्राप किन खेर जान्थ्यो र ? संस्थानको भलो चिताई असल नियतले काम गर्दागर्दै मन्त्रीले पठाएको अवकाशको पत्र बुझेर घरतिर लागे । सायद अरूमाथि कुभलो गर्छु भन्दा आफ्नै कुभलो हुन पुग्ने प्रकृतिकै नियम रहेछ कि, केही समयपछि प्रधानमन्त्रीको कोपभाजनमा परी ती मन्त्रीले समेत जागिरबाट हात धुनुपर्यो । २०४७ सालको संविधान निर्माता पार्टी सभापतिलाई अन्तर्घात गरी हराएर शक्तिशाली बन्न पुगेका प्रधानमन्त्रीको अहम्को अगाडि ती बबुराको के लाग्थ्यो र ? कुन कुरामा चित्त बुझेन छ कुन्नि उनीसहित ६ जना मन्त्रीलाई एउटै अचानो पारे ।
जे होस् महाप्रबन्धक हिँडेपछि प्रधानमन्त्रीका दाहिने हात भनेर चिनिएका कांग्रेसी नेता अध्यक्ष भएर आए । त्यसपछि शुरू भयो संस्थानमा राजनीतिक रोगको नराम्रो शृंखला । सर्वप्रथम तत्कालीन महाप्रबन्धकले रोकेका नयाँ भर्ती अभियानलाई खुला गरी संस्थानलाई भर्ती केन्द्रमा परिणत गरे । दरबन्दी छउञ्जेल दरबन्दीमै नियुक्ति गरे । बाँकी कतिलाई विना दरबन्दी अस्थायी नियुक्ति दिए, कतिलाई करारमा । त्यतिले मात्र नपुगेर ३० वर्षे नियम लागू गरी कैयौ पत्रकार तथा कर्मचारीलाई एउटै निर्णयले घाँटी रेटी त्यस स्थानमा समेत आफ्ना निकटलाई नियुक्ति दिए । संस्थामा भएका छँदैथे, निकालिएका पनि ३ वर्षपछि अदालतबाट पुनर्बहाली हुँदै आउन थाले । त्यसपछि संस्था यति बढी आर्थिक संकटमा फस्यो कि कर्मचारीलाई तलब खुवाउनकै लागि पनि बैंकबाट ऋण लिनुपर्ने अवस्था आयो ।
अझ डरलाग्दो पक्ष त के भने उनले संस्थामा यति बढी अस्थिरताको जग बसाएर गए कि उनीपछि आउनेले उनकै सिको गर्दै पुरानालाई हटाएर निकटस्थलाई नियुक्त गर्न थाले । उनले रोपेको अस्थिरताको बिउलाई पछि आउनेले गोडमेल र मलजल गर्दै गए । सुनिन्छ संस्थानमा त्यो रोग अहिलेसम्म पनि कायमै छ ।
यद्यपि उनी उपल्लै स्तरका नेता मानिन्थे, सिधै प्रधानमन्त्रीसित सम्पर्क राख्न सक्ने खुबी भएका तर संस्थानमा भने त्यो उचाइ कामय राख्न सकेनन् । उनी यसरी प्रस्तुत हुने गर्थे कि आफू निकट त्यो पनि गुट निकटबाहेक अर्कोलाई गन्दै गन्दैन्थे । उनको आँखामा पर्न कि प्रधानमन्त्रीको गुटको हुनुपथ्र्यो कि आफ्नो प्रिय पात्र, जसले गर्दा गोपाल शुरूदेखि नै उनको नजिक बन्न सकेन । कारण उसको ध्यान काममा हुन्थ्यो । काम छाडेर हाकिमको अघि उभिन उसले जानेकै थिएन ।
फलतः संस्थाका हकिमसित उसको भेट कि पहिलो पटक हुन्थ्यो कि अन्तिम पटक । पहिलो पटक नयाँ हाकिम आउँदा चिनजानका लागि भेट्न जान्थ्यो । बिदा हुने बेला भने हाकिम आफैं बिदा हुन आए मात्र भेट हुने गथ्र्यो । यसबाहेक उसको भेट हुने भनेको आफ्नै सम्पादकसँग थियो । किनकि उसलाई काम लगाउने सम्पादक नै हुन्थे । आफ्नो स्वभाव अनुसार आउनासाथ ती हाकिमलाई भेट गर्न नगएको पनि होइन, त्यतिबेला उनले पनि आउँदै गर्नुहोला है भनेकै हुन् तर गोपालले स्वभाव अनुसार नभएकाले त्यसलाई पछ्याउन सकेन ।
त्यत्तिकै निहुँमा उनलाई के लागेछ कुन्नि, सायद नियमित भेट गर्न नआउने मानिस आफ्नो होइन भन्ने लागेछ कि सम्पादकसँग ३ पटकसम्म सोधेका थिए रे त्यो मानिस कस्तो हो भनेर । धन्य सम्पादकले आफूलाई ढाँट्न सकेनछन् र बच्यो । अन्यथा उसको पनि कि जागिर जान्थ्यो कि प्रशासन शाखातिर सरुवा निश्चित थियो । किनकि उनले यस्तै निहुँमा एक होनहार पत्रकारलाई विज्ञापन शाखामा सरुवा गरेका थिए । स्वाभिमानका धनी ती अग्रज पत्रकारले त्यसलाई पचाउन सकेनन् र तत्कालै राजिनामा दिएर हिँडे । पछि गएर उनी सोही संस्थाको प्रधान सम्पादक बनेर आएका थिए ।
नियमित भेट गर्न नगएकै कारण परीक्षणकाल थपिएर दुःख पाउने पत्रकार साथी पनि कति थिए कति । उनीहरू पनि यति बढी काबिल थिए कि तिनैमध्येका कोही पछि सोही संस्थाका महाप्रबन्धक हुन पुगेका थिए भने केही प्रधान सम्पादकको जिम्मेवारीमा पुगेका थिए । यस्तै उतारचढाव झेल्दै गोपालले ७ वर्षसम्म उपसम्पादकमा गुजार्यो । पद खाली हुँदाहुँदै पनि बढुवाको सूचना निकालिएन । जबकि उभन्दा कैयौ जुनियर सिनियर बनेर गए । कैयौ नयाँ सिनियर बनेर आएका थिए । तैपनि गोपालका निम्ति ७ वर्षसम्म कहिल्यै काग कराएन ।
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...