×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

मंसिर ४ पछिको सरकार गठनका सम्भावित ४ परिदृश्य– कसको सम्भावना कति ?

कात्तिक ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहोल तात्दै गर्दा आगामी सरकार गठनको प्रारम्भिक आकलन पनि हुन थालेका छन् । 

Muktinath Bank

राजनीतिक दलहरूले दर्ता गराएको उम्मेदवारीको संख्या, चुनावी तालमेल र गठबन्धन आदिका आधारमा मंसिर ४ पछिको राजनीतिक दलहरूको ‘पोजिसन’को पनि अनुमानित आकलन आइरहेका छन् । चुनावमा कुन दलले कुन हैसियत प्राप्त गर्छन् भन्नेचाहिँ मतदाताकै अभिमतमा निर्भर रहन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका राजनीतिक दलका ‘भोट ब्लक’हरू छन् । कुन निर्वाचन क्षेत्रमा कुन दलले चुनाव जित्छ भन्ने कुराको आकलनमा ती भोट ब्लकले सजिलो बनाउने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

केही उम्मेदवारहरूले त आफूलाई भावी प्रधानमन्त्रीको दाबेदारकोरूपमा पनि अगाडि सारिरहेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ‘मंसिर ४ प्रचण्डको सरकार’ भन्ने क्याम्पेन नै चलाइरहेको छ । भलै, यो चुनावी रणनीतिकोरूपमा चलाइएको क्याम्पेन पनि हुनसक्छ ।

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले पनि प्रधानमन्त्रीको जिम्मेवारीमा छन् । उनी पनि आगामी सरकारको प्रधानमन्त्रीको प्रमुख दाबेदारमध्ये एक हुन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि आगामी संसदमा प्रधानमन्त्रीको दाबी राख्ने अभिव्यक्ति दिएका छन् । कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूलाई देशले प्रधानमन्त्रीकोरूपमा पर्खिरहेको अभिव्यक्ति तनहुँतिर दोहोर्‍याइरहेका छन् । 

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवारकोरूपमा अघि सारेको छ ।

अहिलेसम्मको दाबी हेर्दा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले आफूलाई प्रधानमन्त्रीको कुर्सीनजिक रहेको ठानिरहेका छन् । एक हिसाबले अहिलेको चुनाव प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ‘म्युजिकल चेयर खेल’ जस्तै हो ।

आगामी चुनावका लागि राजनीतिक दलहरूले बनाएको गठबन्धन र तालमेल हेर्दा प्रधानमन्त्री बन्ने मुख्य ४ परिदृश्य देखिएका छन् । 

नेपाली कांग्रेसको नेतृत्वका पाँच दलीय चुनावी गठबन्धन बनेको छ । उनीहरूले प्रतिनिधिसभातर्फको १६५ सीटमा आफूलाई अनुकूल हुनेगरी उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसले देशभर ९१ सीटमा उम्मेदवारी दिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको मत परिणामलाई विश्लेषण गरेर कांग्रेसले आगामी चुनावमा ७५ सीटसम्म जित्ने आकलन गरेको छ । कांग्रेसले प्रत्यक्षमै करीब ७५ सीट जित्दा आगामी चुनावपछि कांग्रेस पहिलो पार्टी बन्छ । आगामी चुनावपछि कांग्रेस नै पहिलो पार्टी बन्दैछ भन्ने आम आकलन पनि हो । 

यसपटक नेकपा एमालेलाई संसदको दोस्रो शक्तिकोरूपमा हेरिएको छ । कांग्रेस पहिलो र एमाले दोस्रो दल बन्दा उनीहरूबीचको सीटको अन्तर भने निकै फराकिलो हुने सम्भावनालाई राजनीतिक विश्लेषकहरूले इंगित गरेका छन् । भलै, एमाले नेतृत्वले भने आगामी चुनावपछि पनि एमाले नै ठूलो दल बन्ने दाबी गर्दै आएको छ । एमालेले १४१ सीटमा उम्मेदवारी दिएको छ । 

माओवादी केन्द्रलाई संसदको तेस्रो र निर्णायक शक्तिकोरूपमा हेरिएको छ ।

माओवादी केन्द्रले ४६ सीटमा उम्मेदवारी दिएको छ । गठबन्धनमा रहेको र भविष्यमा गठबन्धनकै सरकार बनाउने प्रतिबद्धता गठबन्धनभित्रै गरेका छन् । 

नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपालले आगामी चुनावपछि पनि आफ्नो दलले चौथो हैसियत कायम गर्ने दाबी गरेका छन् । 

दलहरूका यी दाबी र चुनावी नतिजाको पूर्वअनुमानलाई हेर्दा आगामी निर्वाचनपछि कुनै पनि राजनीतिक दलको एकल बहुमतको सरकार बन्ने सम्भावना देखिँदैन । 

मंसिर ४ पछि पनि अहिले सत्ता गठबन्धनमा रहेकै दलहरू सम्मिलित सरकार बन्ने अवस्था देखिन्छ । चुनावबाट कुनै पनि दलको बहुमत नआएको अवस्थामा राष्ट्रपतिले दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको सरकार गठनका लागि पहल गर्न आह्वान गर्नेछिन् ।

कांग्रेस पहिलो दल हुने तर बहुमत नल्याउने अवस्थामा उसले संसद्मा आएका दलहरूसँग सहकार्यको प्रस्ताव गर्नसक्छ ।

तर, यहाँ बिर्सन नहुने तथ्य के छ भने गत असार अन्तिममा प्रचण्डले आकस्मिकरूपमा भारत भ्रमण गर्दा उनले चुनावपछिको प्रधानमन्त्रीकोरूपमा आफ्नो सीट सुरक्षित गरेको चर्चा भएको थियो । 

भारत भ्रमणमै रहँदा दिएको एक अन्तर्वार्तामा प्रचण्डले भनेका थिए, ‘हुन त म ‘वेटिङ प्रधानमन्त्री’ हुन थालेको धेरै वर्ष भइसक्यो । म वेटिङ, वेटिङ, वेटिङ, वेटिङजस्तो भइराख्या छु । मानिसले ‘वेटिङ प्रधानमन्त्री’ भन्छन् तर त्यसबारेमा मैले धेरै सोच्नुपर्ने ठानेको छैन ।’

भारत भ्रमणबाट फर्किएपछि उनले केही सार्वजनिक कार्यक्रममा निर्वाचनपछि राजनीतिको ‘क्याप्टेन’ बनेर सिंहदरबार प्रवेश गर्ने अन्तर्निहित आकांक्षाबारे मुख खोल्न थालेका छन् । 

केही दिनअघि हिमालय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पनि उनले भनेका थिए, ‘विभिन्न चुनावी कार्यक्रममा गएर बोल्दा पनि अबको प्रधानमन्त्री तपाईं नै हो भनेर मानिसहरूले भनिरहेका छन् । चुनावपछि बन्ने प्रधानमन्त्रीका बारेमा गठबन्धनभित्र छलफल भएको छैन । तर, अवसर पाए नेतृत्व गर्ने इच्छा छ ।’

गठबन्धनभित्र प्रचण्डले निर्वाचनपछिको पहिलो साढे २ वर्ष सरकारको नेतृत्व आफूले गर्ने बताइसकेको गठबन्धनमा रहेका दलका नेताहरू दाबी गर्छन् । 

असोज ३० मा काठमाडौं क्षेत्र नम्बर– २ मा आयोजित गठबन्धनका उम्मेदवार परिचय कार्यक्रममा पुगेका शेरबहादुर देउवा र प्रचण्डलाई देखाउँदै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावपछिका प्रधानमन्त्री भनेर सम्बोधन गरेका थिए ।

यो निश्चित छ कि चुनावपछि सरकार गठनका लागि रोचक लिगलिगे दौड देखिनेछन् । कसले कसलाई फकाउँदा सरकार बन्न सक्छ ती सबै विकल्पका खेल मञ्चित हुनेछन् ।

परिदृश्य– १ : कांग्रेस नेतृत्वमा गठबन्धनकै सरकार 

चुनावपछि कांग्रेसले सरकार बनाउने पहल लिँदा कांग्रेसको नेतृत्वमा माओवादीसहितको सरकार बन्ने पहिलो विकल्प हो । 

अहिले रहेकै सरकार जसरी दलहरू सरकारमा सहभागी हुने र कांग्रेसले त्यसको नेतृत्व गर्ने अवस्था आउन सक्छ । त्यस्तो बेला कांग्रेसले कसलाई सरकारको नेतृत्वमा अघि सार्छ भन्ने कुराले को प्रधानमन्त्रीको कुर्सीमा पुग्छ भन्ने निर्धारण हुन्छ । 

कांग्रेसमा महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेल, आरजु राणा लगायतले प्रधानमन्त्रीको कुर्सी ताकिरहेका छन् । यसरी सरकार बनेको अवस्थामा कार्यकाल भने कांग्रेस र माओवादीले आधा–आधा बाँड्न सक्छन् । 

परिदृश्य–२ : माओवादी नेतृत्वमा गठबन्धनको सरकार 

प्रचण्डले कांग्रेसलाई सरकारको नेतृत्व दिन नचाहँदा उनले आफूले प्रधानमन्त्री पाउनुपर्ने दाबी गर्न सक्छन् । अहिले कांग्रेसले सरकारको नेतृत्व गरिरहेको र चुनावपछिको सरकारको नेतृत्व माओवादीले गरेर फेरि अर्को चुनावी सरकारको नेतृत्व कांग्रेसलाई नै दिनेगरी सरकार गठनको विकल्प बन्न सक्छ । 

यो सरकार गठनको दोस्रो विकल्प हो । त्यतिबेला, सरकारमा कांग्रेसले महत्त्वपूर्ण र धेरै मन्त्रालय लिने र माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिने विकल्प पनि प्रयोगमा आउन सक्छ ।

माओवादीले सरकारको नेतृत्व गर्दा कांग्रेसबाट देउवापत्नी आरजु राणा उपप्रधानमन्त्रीकोरूपमा सरकारमा सहभागी हुन सक्ने विकल्पमा बारेमा पनि राजनीतिक चिया चौतारीमा छलफल हुन थालेका छन् । 

परिदृश्य–३ : कांग्रेसबाहेकका दलको सरकार 

आगामी चुनावपछि कांग्रेस बाहेकको सरकार बन्ने अर्को विकल्प पनि छ । त्यो भनेको कांग्रेसलाई बाहिर राखेर एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत अन्य दलको मिलिजुली सरकार बनाउने विकल्प रहन्छ । तर, यो त्यति सजिलो विकल्प भने होइन । 

अहिले एमालेसँग माओवादी केन्द्र र एकीकृत समाजवादीको पानी बाराबारको अवस्था छ । चुनावी नतिजाले नै उनीहरूलाई एउटै सरकारी मञ्चमा ल्याइहाल्ने अवस्था देखिँदैन ।

त्यतिबेला पनि माओवादी केन्द्रकै अध्यक्ष प्रचण्डका लागि सरकारको नेतृत्व गर्ने ढोका खुल्छ । 

उनले सरकारको नेतृत्व नपाउँदा कांग्रेससँग मिल्नसक्ने सम्भावना हुँदा एमालेकै सहयोगमा प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा पुग्ने अवस्था रहन्छ । 

परिदृश्य–४ ः एमालेको समर्थनमा कांग्रेसको एकल सरकार 

आगामी चुनावको नतिजापछि सरकार गठनको अलि टाढाको विकल्प हो– कांग्रेसको एकल सरकारलाई फ्लोरबाट एमालेको समर्थन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई सरकारबाट बाहिरै राख्ने चालबाजी गरेमा मात्रै यो विकल्प प्रयोगमा आउन सक्छ । एमाले अध्यक्ष ओलीले कांग्रेसलाई दुई वर्षका लागि एकल सरकार बनाउन र एमालेलाई राजनीतिक नियुक्तिमा भाग दिन भन्न सक्छन् । 

सरकार बनेको दुई वर्षपछिको राजनीतिक शक्ति सन्तुलनको अवस्थालाई हेरेर निर्णय गर्नेगरी एमालेले कांग्रेसको सरकारलाई समर्थन गरेको अवस्थामा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरू भने सरकारबाट बाहिरै रहनुपर्ने अवस्था आउँछ । तर, यो चौथो विकल्प असाध्यै कमजोर सम्भावना भएको विकल्प हो ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई बाहिर राखेर एमालेको नेतृत्वमा बाँकी दलहरूको भने सरकार बन्ने अवस्था नहुने अहिलेका प्रारम्भिक चुनावी आकलनहरूले देखाएका छन् ।

 



 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x