चैत ९, २०७९
हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर प...
जाडोमा गाजर र ओखरको बर्फी खान स्वादिलो हुन्छ । यहाँ हामी त्यसको रेसिपी बताउँदैछौं ।
सामग्री
गाजर आधा किलो
घ्यु तीन ठूलो चम्चा
अलैंची ४ वटा
सुकेको नरिवल (झुरा पारेको) दुई ठूला चम्चा
दूध एक कप
चिनी दुई चम्चा
ओखर ३ कप
धूलो दूध दुई चम्चा
केसर अलिकति
विधि
गाजरलाई खुर्केर मोटोमोटो काट्नुस् ।
फूड प्रोसेसरमा गाजर र दुई चम्चा दूध राखेर खस्रो पेस्ट बनाउनुस् ।
एउटा ८ बाई ८ केक टिनमा बटर पेपर राख्नुस् र तेलले चिल्लो बनाउनुस् ।
मोटो पिँध भएको कराहीमा दुई ठूलो चम्चा घ्यु तताएर गाजर हाल्नुस् र घ्यु राख्नुस् ।
त्यसलाई ढाकेर मध्यम आगोमा आठ मिनेट जति पकाउनुस् ।
अब त्यसमा दूध र केसर मिसाउनुस् र ढाकेर सानो आगोमा लगातार चलाइरहेर दूध सुकुन्जेल पकाउनुस् ।
गाजर पाकुन्जेल ओखरलाई धूलो दूध, अलैंचीको दाना र नरिवलको धूलोसँग मिसाएर पाउडर बनाउनुस् ।
यस मिश्रणमा पानी र दूध सुकेपछि चिनी मिसाएर मध्यम र सानो आगोमा पकाउनुस् ।
त्यसमा ओखरको धूलो हाल्नुस् ।
अब त्यसमा एक ठूलो चम्चा घ्यु हालेर मिश्रण गाढा हुन्जेलसम्म पाँच मिनेट पकाउँदै काटेको ओखर मिसाउनुस् ।
मिश्रणलाई त्यो अघि बनाएको टिनमा राखेर एक समान पत्र बनाउनका लागि थपथप गर्नुहोस् ।
अब त्यसलाई सेट हुनका लागि तीन घन्टा फ्रिजमा राख्नुस् ।
बर्फी तयार भयो । मन पर्ने शेपमा काटेर खानुस् ।
हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर प...
नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७...
काठमाडौं — मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।&n...
पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा शुरू गर्ने तयारी गरेको छ । विक्रम संवत् २०७९ भदौ २२ गतेदेखि ओपीडी सञ्चालन गर्दै आएकोमा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक...
नेपालीलाई दाल, भात र तरकारीसँग अलिकति अचार पनि चाहिन्छ नै । अचार स्वादिष्ट हुनाले खाना रुचाउन यसले मद्दत गर्छ । बट्टामा खाँदिएको अचार बजारमा सजिलै पाइन्छ । तर नियमित रूपमा अचार खाँदा यसले स्वास्थ्यम...
सिन्धुपाल्चोकको सदरमुकाम चौताराका अधिकांश आँखारोगी झारफुकमा नै विश्वास गर्ने गरेको पाइएको छ । चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीको टोलीले गरेको एक सर्वेक्षणअनुसार आँखारोगी अस्पताल जानुको साटो धामी झाँक्रीक...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...