२६ जेठ २०८३, मंगलबार

चितवनमा ४ वर्षमा पनि बनेन ३ किलोमिटर सडक

कात्तिक १०, २०७९
चितवनमा ४ वर्षमा पनि बनेन ३ किलोमिटर सडक
प्रतिकात्मक तस्वीर

नारायणगढको शहीद चोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अधुरै छ । ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन । 

सडक निर्माणका लागि ४ वर्षमा ३ पटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशत मात्र काम भएको छ । सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रबन्ध निर्देशक रञ्जन ठाकुरले बताए ।

उनले भने, ‘नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ । १–२ हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ ।’

ठाकुरका अनुसार अब ४८० मिटर सडक बनाउन बाँकी छ । ३ किलोमिटर सडक निर्माणका लागि २०७५ सालमा निर्माण सम्झौता भएको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो । 

१० मिटर चौडाइको सडक निमार्णका लागि दुवैतर्फ ६ देखि ७ फिट गहिरो ढल खनिएको छ । सघन शहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माण प्याकेज नम्बर २ अन्तर्गतको ७ योजनामध्ये यो एउटा हो । यसका लागि ६८ करोड २३ लाख रुपैयाँमा सम्झौता भएको थियो । 

शहीद चोकबाट बैकुण्ठचोक, धर्मचोक र कचपचेचोकसम्मको बाटोको ठेक्का रकम भने ७१ करोड ३८ लाख रहेको शहरी विकास कार्यालयका इन्जिनीयर पुजन न्यौपानेले बताए । कार्यालयले अब २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्