जेठ १८, २०८०
१७ वर्षअघि बागलुङ बजारमा दाँतको उपचार गर्ने निजी क्लिनिक सञ्चालनमा आउँदा धेरैलाई क्लिनिक कहाँ दर्ता हुन्छ भन्ने थाहा थिएन । बागलुङका अशोककुमार श्रेष्ठले ‘अशोक डेन्टल केयर सेन्टर’ स्थापना गरे । प्र...
मानव शरीरका विषयमा हामीहरूले अनेक किसिमका भ्रम पालिरहेका हुन्छौं । यहाँ हामी त्यस्ता आठवटा भ्रमका बारेमा कुरा गर्नेछौं ।
दिमागको उपयोग
हामीले दिमागको जम्मा १० प्रतिशत मात्र उपयोग गर्छौं भन्ने कुरा गलत हो । खासमा हामी जुन काम गरिरहेका हुन्छौं त्यस काममा हाम्रो दिमागको १० प्रतिशत भाग मात्र उपयोग हुन्छ । तर दिमागको ९० प्रतिशत भागले कामै गर्दैन भन्नु गलत हो ।
औंला पड्काउँदा गाँठो पर्ने
औंला पड्काउनुसँग गाँठो पर्ने कुराको कुनै साइनो छैन । पड्काउँदा आउने आवाजले अरूलाई झर्को लगाउन चाहिँ सक्छ ।
गर्मीको धेरै भाग टाउकोबाट निस्कन्छ
धेरै मानिस यसलाई सही मान्छन् तर आधुनिक वैज्ञानिकहरूले शरीरको सात प्रतिशत गर्मी मात्र टाउकोबाट निस्कने कुरा प्रमाणित गरेका छन् । हुन पनि टाउकोले हाम्रो शरीरको जम्मा ७ प्रतिशत भाग मात्र ओगट्छ ।
इन्द्रिय संख्या
हामीहरूको पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय छन् भन्ने मान्यता छ । तर आधुनिक विज्ञानले हाम्रो ३३ भन्दा बढी इन्द्रिय भएको प्रमाणित गर्छ ।
चकलेट खाँदा डण्डीफोर आउने
सुगर र फ्याट बढी हुने खानेकुरा खाँदा छाला तैलीय हुन्छ र डण्डीफोर आउँछ । तर चकलेट खाएर डण्डीफोर हुन्छ भन्ने कुरा सही होइन ।
मृत्युपछि बढ्छन् कपाल र नङ
यो असत्य हो । मृत्युपछि छाला खुम्चिन थाल्छ जसले गर्दा नङ ठूलो भएको जस्तो देखिन्छ ।
गाजर खाएर आँखा तेजिलो हुन्छ
गाजरले आँखाको रक्षा गर्ने कुरा साँचो हो तर यसले आँखाको प्रकाशलाई कुनै फरक पार्दैन । गाजरमा ठूलो मात्रामा बीटा–क्यारोटिन पाइन्छ जसले रेटिनोललाई भिटामिन एमा परिवर्तन गरिदिन्छ । यसैले आँखाको रक्षा गर्छ ।
चुइंगम पचाउन सात वर्ष लाग्छ
चुइंगम कहिलेकाहीँ झुक्किएर निलिन्छ कहिलेकाहीँ । तर यसलाई पचाउन सात वर्ष लाग्ने कुरा झुटो हो ।
एजेन्सी
१७ वर्षअघि बागलुङ बजारमा दाँतको उपचार गर्ने निजी क्लिनिक सञ्चालनमा आउँदा धेरैलाई क्लिनिक कहाँ दर्ता हुन्छ भन्ने थाहा थिएन । बागलुङका अशोककुमार श्रेष्ठले ‘अशोक डेन्टल केयर सेन्टर’ स्थापना गरे । प्र...
काभ्रेपलाञ्चोकको पनौतीमा शुक्रवार जेष्ठ त्रयोदशीदेखि हिलेजात्रा (ज्याःपुन्ही) शुरू भएको छ । ३ दिन पूर्णिमाको रात रहुन्जेल स्थानीयले हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरा...
काठमाडौं महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले गरीब र विपन्नलाई छुट सुविधा दिएको विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थालाई कारवाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेका छन् । स्वास्थ्यमन्त्...
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ । बीपी राजमार्गको छेउमा रहेको जिल्लाको ग्रामीण भेगका...
मिथिला क्षेत्रका महोत्तरी सहितका जिल्लामा आज बुधवार धार्मिक र औषधीय गुणयुक्त वनस्पति तुलसीको बीज छर्दै निर्जला एकादशी पर्व मनाइँदैछ । जेष्ठ शुक्ल एकादशीमा तुलसीको बीउ छरेर पानी समेत नखाई व्रत गर्ने परम्पराअनुस...
काठमाडौं महानगरले ३२ वटै वडाका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौं महानगरपालिका र छेत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौताअनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागर...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...