२७ जेठ २०८३, बुधबार

पश्चिमले फैलाएको गलत सूचनाबाट धेरैजना भ्रमित, यो हो चिनियाँ राजनीतिको वास्तविकता

कात्तिक ११, २०७९
पश्चिमले फैलाएको गलत सूचनाबाट धेरैजना भ्रमित, यो हो चिनियाँ राजनीतिको वास्तविकता

जनगणतन्त्र चीनको सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टीले गत साता २०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । 

त्यस महाधिवेशनका विषयमा पश्चिमी सञ्चारमाध्यमहरूले धेरै किसिमका भ्रमपूर्ण कुराहरू फैलाएका छन् । ती भ्रमहरूलाई चिनियाँ विश्लेषक चाओ दाश्वाईले चिर्न प्रयास गरेका छन् । 

उनका अनुसार,

जनगणतन्त्र चीन स्थापना भएयता देशमा अहिलेसम्म ६ जना सर्वोच्च नेता बनेका छन् । ती हुन् : माओ चतोङ, ह्वा क्वोफङ, तङ स्याओपिङ, च्याङ चमिन, हु चिन्ताओ र सी चिनपिङ । तीमध्ये हु चिन्ताओले मात्र पश्चिमी सञ्चारमाध्यमले बनाएको भाष्य अर्थात् दुई कार्यकाल पूरा गरे । 

अनि पश्चिमाहरूले ६८ वर्षमा चिनियाँ नेताहरू रिटायर हुनुपर्ने नियम ल्याइएको कुरा झिके ।

चिनियाँ राजनीतिक प्रणालीमा अनुभव तथा वरिष्ठतालाई उच्च महत्त्व दिइन्छ । 

राष्ट्रिय नेतृत्वमा पुग्नुअघि नेताहरूले कम्तीमा ३० वर्ष काम गरेको अनुभव बटुल्नुपर्ने हुन्छ । 

त्यसैले उमेरहदको कुनै नियम छैन । 

हु चिन्ताओको कार्यकालमा नेताहरू स्वयंं ६८ वर्षको उमेरमा रिटायर भएका थिए । 

नयाँ सर्वोच्च नेताभन्दा वरिष्ठ कुनै पनि नेता पोलिटब्युरोमा रहन पाउँदैन । 

त्यसैले चिनियाँ नेतृत्वलाई पुस्ताका आधारमा वर्णन गरिन्छ । 

एउटा पुस्ताले अर्को पुस्तालाई अनुसरण गर्छ । पोलिटब्युरो नेताहरू आफूभन्दा उमेरले कान्छो सर्वोच्च नेता बनेमा स्वयं रिटायर हुन्छन् । 

त्यसैले सी सर्वोच्च नेता बन्दा हु प्रशासनका वरिष्ठ पोलिटब्युरो सदस्यहरू रिटायर भएका थिए । 

पश्चिमा सञ्चारमाध्यमहरूले चिनियाँ कम्युनिस्ट पार्टीमा गुट रहेको हल्ला पनि फिँजाए । अनि सी चिनपिङले पोलिटब्युरोमा आफ्ना बफादारहरूलाई ल्याएको उनीहरूले लेखे । 

सीलाई प्रिन्सलिङ गुट (अर्थात्, नेताको छोरा गुट) को दिस्य भएको भनियो । पार्टीमा नातावाद चल्छ भन्ने गलत भाष्य स्थापित गर्नका लागि पश्चिमी सञ्चारमाध्यमले भ्रम फैलाउन खोजेका थिए । 

पार्टीमा त्यस्तो कुनै गुट छैन । 

पश्चिमाहरू आफ्नै राजनीतिक प्रणाली चीनको प्रणालीमा थोपर्न चाहन्छन् । 

उनीहरूले भने जस्तो प्रिन्सलिङ गुट, तुआनपाई गुट वा शांघाई गुट पार्टीमा हुन्थ्यो भने सीको नेतृत्वमा रहेको नयाँ पोलिटब्युरोमा कारखानाका कामदार तथा किसानका छोराछोरी कसरी अट्थे ? 

पोलिटब्युरो सदस्यहरूमा कारखानाका मजदूरका छोरा, कृषकका छोरा, सरकारी कर्मचारीका छोरा, चिकित्सक र शिक्षकहरू छन् । 

प्रिन्सलिङ गुटले कामकाजी वर्गका छोराछोरीलाई पोलिटब्युरोमा किन राख्थ्यो होला ? 

केहीले सोध्लान्, अनि सी चिनपिङ गुट छैन त ? 

तिनीहरूलाई प्रतिप्रश्न :

जो बाइडनले आफ्नो प्रशासनमा किन कट्टर दक्षिणपन्थी रिपब्लिकनहरूलाई नराखेका त ?
 

salt training

कमेन्ट गर्नुहोस्