कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
कात्तिक १६, २०७९
प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै राजनीतिक दलका चुनावी गीतको बाढी आउन थालेको छ ।
युट्युबमा दलविशेष चुनावी गीतहरू धमाधम सार्वजनिक भइरहेका छन् । थुप्रै चुनावी गीतहरू सार्वजनिक भैसकेका छन् । केही चुनावी गीत सार्वजनिकको तयारीमा छन् ।
दल सम्बद्ध सांस्कृतिक विभागहरूले चुनावी प्रचारका लागि गीतसंगीत निर्माण गरिरहेका छन् । दल र उम्मेद्वार निकटका कलाकारहरूले पनि चुनावी गीत तयार गर्ने गरेका छन् ।
चुनावी गीतमा आफ्नो दल र उम्मेद्वारलाई मतदान गर्न अपिल गर्ने गरिएको छ । चुनावी गीतको मुख्य उद्देश्य नै चुनाव प्रचार–प्रसारलाई प्रभावकारी बनाउनु र मतदाता रिझाउनु रहेको सहजै बुझ्न सकिन्छ । चल्तीका लोक सर्जकहरू एकनारायण भण्डारीदेखि गायक बद्री पंगेनी, विष्णु खत्री, गायिका राधिका हमाल, पूर्णकला बिसी, स्मीता दाहालसम्म चुनावी प्रचार गीतमा छन् ।
नेकपा (माओवादी केन्द्र)निटक अखिल नेपाल जनसांस्कृतिक महासंघले ‘गठबन्धलाई नजिताई भा‘छैन’ बोलको चुनावी गीत ल्याएको छ ।
यस गीतमा गायक एवं संगीतकार चेतन सापकोटा र गायिका स्मीता दाहालको स्वर छ ।
गायक एवं संगीतकार चेतनले नै गीत लेखेका हुन् । गायिका स्मीता प्रचण्डकी नातिनी हुन् । सार्वजनिक गीतको भिडियोमा चेतन सापकोटा, सिमरन कार्की र सुस्मा कार्कीको अभिनय रहेको छ ।
नेकपा एमालेको चुनावी गीत गाएपछि आलोचना खेप्दै आएका लोकगायक बद्री पंगेनीले यसपटक भने माओवादी केन्द्रको चुनावी गीतमा पनि स्वर दिएका छन् ।
‘अघि बढ प्रचण्ड’बोलको माओवादी केन्द्रको चुनावी गीतमा गायक पंगेनी र स्मीता दाहालले स्वर दिएका हुन् । गीतको शब्द भने चर्चित गीतकार एकनारायण भण्डारीले लेखेका हुन् ।
मौसम हिमालीको निर्देशनमा तयार ‘अघि बढ प्रचण्ड’ गीतको भिडियोमा करिश्मा ढकाल, लोमश शर्मा र चेतन गोतामेले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियो उनकै सम्पादनपछि ‘चेतन गोतामे’ युट्युब च्यानलमा सार्वजनिक भएको हो ।
माओवादीको अर्को चुनावी गीत ‘मेरो आमाको भोट माओवादीलाई’ पनि युट्युबमा सार्वजनिक भएको छ । सन्तोष देउजाको शब्द, खेम सेञ्चुरीको संगीत रहेको यस गीतमा विष्णु खत्री र टिका पुनले स्वर दिएका छन् । मौसम हिमालीकै निर्देशनमा तयार भिडियोमा सरोज प्रजा र समारिका ढकाल लगायतको अभिनय छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघले पनि चुनावी गीत सार्वजनिक गरिसकेको छ । राधिका हमाल, शशिविक्रम थापा, स्मृती शाही, गोविन्द मधुर आचार्यको स्वरमा केही साताअघि नै ‘मंसिर ४’ बोलको चुनावी गीत सार्वजनिक भएको हो । लोकराज अधिकारीको शब्द रहेको गीतमा गोविन्द मधुर आचार्यले संगीत भरेका छन् ।
तीर्थबहादुर थापाको निर्देशनमा तयार भिडियोमा विक्रान्त बस्नेत, शिवहरी बैरागी, राधिका हमाल, स्वस्तिका लामिछाने, विष्णु रोक्का लगायतका कलाकारहरू प्रस्तुत छन् । गीतमा नेपाली कांग्रेसलाई मतदान गर्न अपिल गरिएको छ । नेपाली कांग्रेसका अन्य केही गीतहरु समेत युट्युबमा भेटिन्छन् ।
नेकपा एमालेलाई मतदान गर्न अपिल गर्दै केही चुनावी गीतहरू सार्वजनिक भैसकेका छन् । बैकुण्ठ महत र पूर्णकला बिसीको स्वरमा केही दिनअघि ‘यसपालि हाम्रो भोट सूर्यमा’ बोलको गीत सार्वजनिक भइसकेको छ । बैकुण्ठ स्वयंको शब्द, संगीत रहेको यस गीतको भिडियोलाई लोकेन्द्र शाहले निर्देशन गरेका हुन् ।
यस्तै बैकुण्ठ महत, अमृत खाती, बिन्दु परियार र सुनिता सुनेलको स्वरमा चार दिनअघि मात्रै ‘सूर्य चिह्नमा भोट हाल्न जाऔं’बोलको नेकपा एमालेको चुनावी गीत सार्वजनिक भएको छ । बैकुण्ठले कोरेका शब्दमा अमृत खातीले संगीत भरेका हुन् ।
बद्री पंगेनी र विन्दु परियारको स्वरमा ‘गुन तिरौला सूर्यमा भोट हाली’ बोलको एमालेको चुनावी गीत सोमबारमात्रै युट्युबमा सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द एवं संगीत रहेको यस गीतको भिडियो मौसम हिमालीको निर्देशनमा तयार भएको हो । नरेशवीर सिंह, ऋचा थापा, अनिशा भण्डारी, विनोद भण्डारी भिडियोमा प्रस्तुत छन् ।
यी तीनवटै गीत गायक बैकुण्ठ भण्डारीको अफिसियल यु्ट्युब च्यानलमार्फत सार्वजनिक भएका हुन् । उनको युटयुब च्यानलमार्फत एमालेका उपाध्यक्ष विष्णु पौडेलको ‘रुपन्देही जिल्ला लाल किल्ला’ र सचिव गोकर्ण विष्टको ‘सम्मान गरौं गोकर्ण विष्टलाई’ शीर्षकको चुनावी गीत पनि सार्वजनिक भएको छ ।
विष्णु पौडेल रुपन्देही –२ बाट चुनावी मैदानमा छन् भने गोकर्ण गुल्मी– २ बाट उम्मेद्वार बनेका छन् ।
यस्तै, एमाले उपमहासचिव प्रदीप ज्ञवालीको चुनावी गीत पनि सार्वजनिक भएको छ ।
उनको ‘घामै प्यारो छ’बोलको चुनावी गीतमा पवन परियारले स्वर दिएका छन् । प्रदीप गुल्मी क्षेत्र नं. १ बाट चुनावी मैदानमा छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाको पनि चुनावी गीत सार्वजनिक भएको छ । काभ्रे क्षेत्र नमबर(२ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बास्कोटाको ‘हाम्रा नेता गोकुल बास्कोटा’ बालेको चुनावी गीत सार्वजनिक भएको हो ।
यता, एमाले केन्द्रीय सदस्य कोमल वलीले आफ्नो चुनावी गीत सार्वजनिक गरिसकेकी छिन् । उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा विपिन आचार्यको शब्द, संगीत र माण्डवी त्रिपाठीको स्वर छ । कोमल दाङ क्षेत्र नं. ३ बाट चुनावी प्रतिस्पर्धामा छिन् ।
यस्तै, नेकपा एमाले सचिव पद्मा अर्यालको समर्थनमा गायक बद्री पंगेनी, पूर्णकला बिसीले चुनावी गीत गाएका छन् । पद्मा स्याङजा क्षेत्र नंं. २ बाट चुनावी मैदानमा छिन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत पनि सार्वजनिक भएको छ । केही दिनअघि उमेश राउतको शब्द र संगीतमा तयार ‘हाई–हाई गगन दाइ’ गीत सार्वजनिक भएको हो ।
उमेश राउत, लेखु सहयात्री, विशम आचार्य, सोनु निरौला र अमुना चौधरीको स्वर रहेको गीतमा गगनलाई युवा र भविष्यको भरोसा तथा आशाको किरण भनिएको छ । गगन काठमाडौं– ४ बाट चुनावी प्रतिस्पर्धामा छन् ।
थुप्रै उम्मेद्वारको व्यक्तिगत चुनावी गीतहरू युट्युबमा भेट्न सकिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावी गीत सार्वजनिक गरेको छ ।
श्रीकान्त राना क्षेत्रीको शब्द, संगीत र स्वरमा ‘बज्यो घण्टी’बोलको चुनावी गीत सार्वजनिक भएको हो । यता, लौरो अभियानको पनि चुनावी गीत सार्वजनिक भएको छ ।
युट्युबमा चुनावलाई केन्द्रित गरेर अन्य कयौं गीत आइसकेका छन् । मंसिर– ४ को चुनावलाई लक्षित गर्दै सार्वजनिक भएकामध्ये चर्चा भने कुनै गीतले पनि पाएका छैनन् । अधिकांश गीतको भ्युज निकै कम देखिन्छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...