×

Dabur
MG

उम्मेदवारसँग एक दिन

चितवन–१ मा सुरेन्द्र पाण्डे– भोट माग्नभन्दा जनताका समस्या समाधानमा धेरै समय

‘१० वर्ष पहिला जग्गा नबेच्नु भन्दै हात जोडेको थिएँ, अहिले करोडपति बनेछन्’

कात्तिक १९, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

चुनाव प्रचारको सिलसिलामा सुरेन्द्र पाण्डे शुक्रबार बिहान रत्ननगर नगरपालिका–७ को बाघमारा क्षेत्रमा पुगेका थिए । त्यहाँ उनले विकास निर्माण भन्दा पनि जनताका व्यक्तिगत समस्या सुन्नु पर्यो । स्थानीय सञ्जु महतोको मुटुमा प्वाल परेको रहेछ । ६ पटक शरीरका अन्य भागको अप्रेशन गरेकी उनीसँग थप उपचारको पैसा थिएन । भोट माग्न हिँडेका पाण्डेलाई उनले व्यक्तिगत समस्या सुनाइन् । त्यहीँबाट पाण्डेले गंगालाल अस्पतालका निर्देशकलाई फोन गरे । कागजात सबै मिलाएर पठाइदिने, उपचार निःशुल्क गरिदिनु पर्ने कुरा मिलाइदिए । 

yONNEX
Sagarmatha Cement

सोही ठाउँका चौधरी महिलाहरूलाई एक लघुवित्तले ऋण नतिरेको भनेर सम्पत्ति लिलामी गर्न लागेको रहेछ । ‘सुरूमा तपाईहरुले ऋण लिनुुस भनेर फकाउँदै आउने रहेछन्, पछि आएर लिलामीमा चढाउने धम्की दिएको भनेर महिलाहरू रून थाले । जनताका यस्ता समस्या समाधान गर्दागर्दै दिन बितिरहेको छ’ पाण्डेले भने ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND


Advertisment
Kumari
Saurya island
Pardeshi

शुक्रबार बिहान ५ बजे सुरेन्द्र पाण्डे घरमा नुहाउँदै थिए, एकजना बृद्ध घरको ढोका ढकढकाउन आइपुगे । ‘अन्यत्र सबैतिर सिञ्चाईं सुविधा पुग्यो, हाम्रो टोल मात्र बाँकी रह्यो बाबु’ ती बृद्धले भने । आयोजना परे पनि ठेक्का लागेको रहेनछ । पाण्डेले बिहानै आयोजना प्रमुखलाई फोन गरेर काम किन नभएको भनेर सोधे । घरदैलो अभियानकै सिलसिलामा दिउँसोसम्म उनले आयोजना प्रमुखसँग कुरा गरिरहेका थिए । 

Vianet communication
Laxmi Bank

बृद्धसँगै कुरा गरिरहेको समयमा अर्को फोन आयो– मान्छे मरेको लास उठउने पैसा भएन । त्यसपछि पाण्डे शुरूमा भण्डारामा पुगें । आफ्नो तर्फबाट केही सहयोग र जनप्रतिनिधिलाई फोन गरेर लास उठाउने प्रबन्ध गरे । ‘यहाँ केही समस्या पर्‍यो भने पहिला स्थानीय जनप्रतिनिधिसँग भन्दा पहिला मलाइ फोन गर्छन्, सकेसम्म पुग्ने गरेको छु’ पाण्डेले भने । 

घरदैलो चलिरहेको समयमा शुक्रबार नै उनी तीन जनालाई भेटन भरतपुर स्थित चितवन मेडिकल कलेज पुगे । डेंगु लागेर मुटुमा असर गरेका एकजना बिरामी र दुर्घटनामा परेका अर्को एक बिरामीलाइ भेट्न उनी भरतपुरमा थिए । 

शुक्रबार नै उनले सौराहाका एकजना स्थापित व्यबसायीसँग कुरा गरे– पर्यटन विकासको सन्दर्भमा । चुनावी घरदैलो अभियान शुरू भए पनि पाण्डेलाइ भने मतदाताका व्यक्तिगत समस्या सुन्दै भ्याइनभ्याइ छ । ‘चुनावका बेला मात्र होइन, अरु बेला पनि यस्तै हो, सबैको फोन उठाउँछु, सकेको सहयोग गरिरहेको छु’ पाण्डेले भने । 

दिउँसो टिकौली जंगलमा एउटा अटो चालकलाई ट्राफिकले समातेछ । कारण थियो– अटोको ब्लु बुक नहुनु । किस्तामा अटो किनेका ती चालकले पूरै किस्ता नतिरेकोले फाइनान्सले ब्लु बुक दिएको रहेनछ । अनी उनले प्रहरीलाई सम्झाए– किस्तामा लिएको अटो चलाउन पाएन भने त, उसले ऋण पनि तिर्न सक्दैन, अरु कागजात छन भने छाड्दिनु । ‘यस्ता समस्याको पनि समाधान गरिदिनुपर्ने रहेछ’ पाण्डेले भने ।

दिउँसो साढे १ बजे खानाखानको लागि भण्डारास्थित निवासमा पुगेका बेला फेरि कोही मरेको अर्को फोन आयो– खुरखुरे बजार नजिकको एउटा गाउँमा पुगिहाले । ‘चुनावी कार्यक्रम बाहेक अहिलेसम्म जनताका समस्या समाधान गर्न ९ ठाउँमा पुगे’ शुक्रबार दिउँसो पाण्डेले भने ।

१० वर्षमा गरेको कामको निरन्तरताका लागि उम्मेदवारी 

पश्चिम चितवनको विकासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जस्तै पूर्वी चितवनको विकासमा एमाले नेता पाण्डेको नाम जोडिन्छ । पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले वितेको १० वर्षमा पूर्वी चितवनमा पूर्वाधारको विकासमा उल्लेखनीय काम गरेका छन् । 

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा चितवन–१ मा पाण्डेको प्रतिस्पर्धा नेपाली कांग्रेसका डा. विश्व पौडेलसँग हुँदैछ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनाव लड्न आएका पौडेल र पाण्डेबीचको प्रतिस्पर्धाले चितवनको चुनावी माहौल तताएको छ । प्रचण्ड गोरखा सरेपछि चितवनको चुनावी रौनक क्षेत्र नम्बर–१ मा सरेको छ । जहाँ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पाण्डे ‘हेवी वेट’ उम्मेदवार छन् । 

चिया पसलदेखि सार्वजनिक चोकहरूमा पाण्डे कि पौडेल भन्ने बहस भइरहेका छन् । पाण्डे भने विगतमा आफूले गरेको कामका कारण जनताले यसपटक पनि आफूलाई चुन्नेमा विश्वस्त छन् । ‘एक दशकअघिसम्म विकासमा यो क्षेत्र निकै पछाडि थियो, अहिले हरेक टोलका बाटो पक्की भएका छन् । बाटो पूर्वाधारको मेरूदण्ड रहेछ’ पाण्डेले भने । 

पूर्व–पश्चिम राजमार्गदेखि गाउँ जोड्ने सहायकमार्ग अधिकाशं पिच भएका छन् । ‘१० वर्ष पहिले भोट माग्ने बेला अहिले जग्गा नबेच्नु है, हामीले बाटो बनाउँछौं, तपाईंहरूको जग्गाको मूल्य बढ्छ भन्दै हात जोडेको थिए’ खैरहनी नगरपालिकाको वार्ड नम्बर–८ मा भेटिएका पाण्डेले भने, ‘बाटो पिच भएपछि एक लाख रुपैयाँ कठ्ठामा नबिक्ने जग्गा बाटो बनेपछि ५० लाख पुगेछ । यो विकास होइन र ? समृद्धि भनेको यही होइन ?’ 

पूर्वी चितवनको एउटा समस्या लोथर र रापती खोलाको डुवान हो । यी नदीमा नयाँ प्रविधिको तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया शुरू भएको छ । ‘तारजाली लगाएको तटबन्ध छिटो भत्किने भएकोले पक्की तटबन्ध बनाउँदैछौ, यसले १०० वर्ष धान्छ भन्ने प्राविधिकहरुको भनाइ छ’ पाण्डेले भने ।

एउटा बाटोले बदलेको मगनी गाउँको कथा

खैरहनी नगरपालिकाको पर्साबजारबाट उत्तरतर्फ लागेपछि थारु बस्ती रहेको मगनी गाउँ छ । यहाँका महिलाहरु घाँस दाउराका लागि रसौली जंगलमा जानुपर्छ । कच्ची बाटोमा साइकल डोहोर्याउँदै जाँदा उनीहरूको दिन वित्थ्यो । अहिले त्यो सडक पक्की भएपछि महिलाहरुलाई सहज भएको छ । 

‘नगरपालिका भए पनि यो रसौलीलाई चितवनको कर्णाली भनिन्थ्यो, अहिले धेरै विकास भयो’ स्थानीय सोमलाल महतोले भने । सडकको दायाँ–बायाँ नाला राखिएका कारण वर्षाको समयमा बाटोमा हिलो जम्ने समस्या समाधान भएको छ । 

स्थानीय मोती उप्रेती गाउँ–गाउँसम्म पुगेका बाटोले चितवन–१ को मुहार फेरेको बताउँछन् । ‘अब यहाँका कुनै सडक छैनन्, जो पिच नभएको होस् । बाटो सहज भएकोले गाउँ–गाएसम्म पनि सुगम भएका छन्’ उप्रेती भन्छन् । 

साना खोलाहरुमा राखिएका पुलका कारण स्थानीयको जनजीवन सहज भएको छ । ‘देख्दा सामान्य खोला देखिन्छ, वर्षाको बाढीले यो गाउँलाई नै दुर्गम बनाइदिन्थ्यो । पुल बनेपछि सहज भएको छ’ स्थानीय रामशरण चौधरीले भने । 

भिडियाेमा हेर्नुहाेस् पाण्डेसँगकाे कुराकानी

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १३, २०८०

नेकपा (एकीकृत समाजवादी)ले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियानको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानको तयार...

असोज १३, २०८०

काँकडभिट्टा– नेकपा (एकीकृत समाजवादी)ले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियानको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न ला...

असोज १३, २०८०

 नेकपा एमाले कोशी प्रदेश कमिटीको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विपरीत प्यानल बनेको छ । ओलीले प्यानल बनाउन निर्देशन दिए पनि त्यसविपरीत उनी निकटकै नेताले प्यानल बनाएका हुन् ।  ओलीले ग्...

असोज १३, २०८०

नेकपा एमाले कोशी प्रदेशको अधिवेशनका लागि मनोनयन दर्ता शुरू भएको छ । ५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार साँझ ५ बजेपछि मनोनयन दर्ता शुरू भएको हो । ...

असोज १३, २०८०

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् ।​ कांग्रेस सभापति शेरबहादुर देउवाले गत साउन १० गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार आज...

असोज १३, २०८०

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताएका छन्। दाङको घोराहीमा आयोजित कार्यक्रममा उनले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुनेगरी जनता...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x