×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

रुपन्देही– ५ को चुनावी हिसाब : ह्याट्रिकको दाउमा रहेका शाहलाई घिमिरेको चुनौती !

कात्तिक २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देही– ५ मा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले–राप्रपा–जसपा गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा सत्तारूढ गठबन्धनले कांग्रेसका भरतकुमार शाह र एमालेले युवा उम्मेदवार बासुदेव घिमिरेलाई मैदानमा उतारेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शाह र घिमिरेसँगै १७ जना प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् । 


Advertisment
Nabil box
Kumari

अघिल्लोपटक (२०७४) मा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता (हाल सचिव) डिलाराम आचार्यलाई पराजीत गर्दै शाह ठूलो मतान्तरले निर्वाचित भएका थिए । 

Vianet communication
Laxmi Bank

पूर्वमन्त्री शाह ३३ हजार ८८ मत ल्याएर विजयी हुँदा आचार्यले जम्मा २० हजार ४३८ मत मात्र ल्याउन सके ।

अहिले एमालेले तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट बनाएर चर्चामा आएका निवर्तमान मेयर घिमिरेलाई शाहको प्रतिस्पर्धी बनाएको छ । 

२०७० र २०७४ को निर्वाचन जितेका शाह ‘ह्याट्रिक’ को दाउमा देखिन्छन् भने घिमिरे शाहलाई रोकेर पहिलो प्रयासमै संसद् छिर्ने रणनीतिमा लागेका छन् ।

जातिगत आधारमा मिश्रित बसोवास रहेको यो क्षेत्रमा घिमिरे नयाँ अनुहार हुन् भने शाह यही क्षेत्रबाट २०५६ मा पनि चुनाव जितेका नेता हुन् ।

साढे दुई दशकदेखि संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका शाह २०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेका नेता स्व. रामनाथ ढकालसँग पराजीत भएका थिए । 

मतदातालाई आफ्नो पक्षमा पार्न आक्रामकरूपमा अगाडि बढिरहे पनि दुवैमा पराजीत भइन्छ कि भन्ने डर देखिन्छ ।​ दुवैले सामाजिक सञ्जाल फेसबूकबाट समेत चुनाव प्रचारलाई व्यापक बनाएका छन् । ​

घिमिरे जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यकर्ताको विश्वास जित्ने प्रयासमा छन् ।

अर्कातर्फ शाहका लागि माओवादी, नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कार्यकर्ता फकाउने चटारो छ ।

उम्मेदवारी मनोनयनका दिन दुईवटा टिकट आएपछि एमालेबाट घिमिरेसँगै खिमलाल भट्टराईले पनि उम्मेदवारी दर्ता गराएका थिए । 

शुरूमा दर्ता गराएकाले घिमिरेको उम्मेदवारी कायम भयो ।

पार्टीबाट टिकट वितरणका क्रममा भएको कमजोरीका कारण सिर्जित समस्या समाधान गर्दै भट्टराईको मन जित्ने र साथ लिने चुनौती घिमिरेसामु छ ।

भट्टराईले घिमिरेलाई पूर्ण सहयोग नगरेको त्यहाँका कतिपय नेता कार्यकर्ताले आरोप छ । तर, यहाँ एमाले फुटको प्रभाव कम देखिन्छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा यो क्षेत्रमा सत्ता गठबन्धनभन्दा एमाले गठबन्धन ३ हजार २२ मतले अगाडि छ । एकलरूपमा पनि एमाले पहिलो दल हो । 

यहाँ एमालेको २७ हजार १४५, जसपाको ९ हजार ३३७ र राप्रपाको २ हजार ८१३ मत छ । तीनै पार्टीको मत जोड्दा ३९ हजार २९५ हुन्छ ।

त्यस्तै कांग्रेसको २६ हजार ८८८, माओवादीको ४ हजार ६२६, लोसपाको ३ हजार ५५६ र नेकपा एसको १ हजार १६३ मत छ । सत्ता गठबन्धनको कुल मत ३६ हजार २३३ हुन्छ । 

यहाँ सिके राउत नेतृत्वको जनमत पार्टीको पनि राम्रो प्रभाव छ । पालिका निर्वाचनमा वडाध्यक्षको मतलाई आधार मान्दा यो क्षेत्रमा जनमतको ५ हजार ६५६ मत देखिन्छ ।  

एमाले उम्मेदवार घिमिरेले विश्व शान्तिको मुहान लुम्बिनीलाई केन्द्रमा राखेर रूपन्देही ५ मा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास र सरसफाइलाई प्राथमिकता दिने बताएका छन् ।

‘तिलोत्तमा नगरपालिकामा जस्तै क्षेत्र नम्बर ५ मा पनि विकासका काम गरेर देशमै परिचित बनाउनेछु,’ एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका उम्मेदवार घिमिरेले भने, ‘शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सशक्तीकरणका क्षेत्रमा रहेका तमाम समस्या हल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ 

कञ्चन, लुम्बिनी सांस्कृतिक, गैडहवा र सैनामैनाको उर्वर भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने घिमिरेको दाबी छ । यता शाहले भने रूपन्देही– ५ मा आफूले धेरै विकास गरेको दाबी गरे ।

‘शिक्षा, स्वास्थ्य, विकास र बेरोजगारी हटाउने मेरा योजना हुन्,’ शाहले भने,  ‘अर्थ राज्यमन्त्री रहँदा राज्यको बजेट परिचालन गरी बनाएका पुल, बाटो र खानेपानीलगायतका योजनाका कारण मलाई मतदाताले विजयी गराउँछन् ।’

एमालेबाट प्रदेशसभातर्फ  ५ (१) मा भूमिश्वर ढकाल र ५ (२) मा रामचन्द्र यादव उम्मेदवार छन् । सत्ता गठबन्धनले ५ (१) मा माओवादी केन्द्रका विनोद पहाडी र ५ (२) मा कांग्रेसका फकरुद्धिन खाँनलाई उम्मेदवार बनाएको छ ।

यो क्षेत्रमा सैनामैना नगरपालिकाका ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्म, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिका पर्छन् । 

रूपन्देही– ५ को विकासलाई निरन्तरता दिन एमालेलाई जिताउनुपर्ने प्रदेशसभाका उम्मेदवार भूमिश्वर ढकाल बताउँछन् ।

कांग्रेस प्रदेशसभाका उम्मेदवार फकरुद्धिन खानले यो क्षेत्रमा कांग्रेस सुखदुःखमा सँगै रहँदै आएकाले जनताले आफूहरूलाई चुन्ने विश्वास व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x