×

NMB BANK
NIC ASIA

फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्ब माथिको कारोबार

कात्तिक २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ ।

Muktinath Bank

नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्ष अगाडि स्थापना भएको फोनपेमा छोटो समयमै व्यवसायीको आकर्षण बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोनपे नेटवर्क मार्फत हाल दैनिक ४ अर्ब बढिको कारोबार हुँदै आएको छ ।


Advertisment
Nabil box
Kumari

वित्तीय क्षेत्रमा फोनपेले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन समेत आएको छ । 

Vianet communication
Laxmi Bank

फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् ।

गाउँ गाउँसम्म विस्तार भइसकेको फोनपे क्यूआर शहरका अधिकांश पसलमा देखिन थालेका छन् । 

ग्राहकहरुले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानी गर्न सहज ठानेका छन् ।

डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल इकोनोमिमा ठुलो परिवर्तन ल्याउँदै जान थालेकोे छ । 

मर्चेन्टको संख्या १० लाख पुगेको उपलक्ष्यमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले बताए,‘ हामीले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन नगद रहित समाजको जुन परिकल्पनाका साथ यसको सुरुवात गरेका थियौँ, छाटो समयमै मर्चेन्टको संख्या १० लाख पुग्दा हामी थप उत्साहित भएका छौँ ।’

क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकको संख्यामा वृद्धि भएसँगै पछिल्लो समय मर्चेन्टहरु समेत उत्साहित देखिन थालेका छन् । 

काठमाडौ नरेफाँटका किराना व्यवसायी सम प्रसाद आपागाइँ भन्छन्, “सुरु सुरुमा त मलाई त्यति पत्यार लागेको थिएन, कसले पो तिर्ला भनेर ? बैंकले नै भनेपछि मर्चेन्ट बने, आजभोली मेरो पसलमा आउने धेरैले क्यूआर मार्फत भुक्तानी गर्नुहुन्छ । यसरी कारोबार  भएकोमा म दंग छु, खुद्रा पैसाको झञ्जट नहुने र बैंकमा पनि जान नपर्ने रहेछ, अहिले त मलाई धेरै सहज बनाएको छ यसले  ।’

यता आम प्रयोगकर्तालाई पनि यसले सहज  बनाएको ग्राहकको अनुभव छ । भक्तपुकी गृहणी जमुना भट्टराईको अनुभव छ, ‘श्रीमानले हरेक महिना घर खर्चको लागि बैंकमा पैसा राखिदिनुहुन्छ, मलाई तरकारी देखि फलफूल, मासु सबै किन्न पैसा बोक्न पनि परेन, खुद्रा भएन भन्न पनि परेन यसले निकै सजिलो बनाएको छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x