असोज १३, २०८०
नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गराएका छन् । खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल रहेका छन् भने ...
कात्तिक २४, २०७९
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केही निर्वाचन क्षेत्रको चुनावी अंक गणितमा प्रभाव पार्ने संकेत देखिएको छ । त्यस्तै सम्भावना भएको एक क्षेत्र हो, स्याङ्जा– २ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीचको भिडन्तमा राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङ थपिएका छन् ।
पहिलोपटक चुनावमा भाग लिँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले केही निर्वाचन क्षेत्रमा पुराना दलहरूलाई निर्णायक धक्का दिने देखिएको छ ।
स्याङ्जा क्षेत्र नम्बर २ का स्थानीय मतदाताहरू राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेस र एमालेलाई चुनौती दिने प्रस्ट संकेत देखिएको बताउँछन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा– २ बाट माओवादीको समेत समर्थनमा पद्मा विजयी भएकी थिइन् । चुनाव जितेपछि उनी लामो समय मन्त्री समेत बनिन् ।
दुवै संविधानसभामा समानुपातिक सांसद रहेका धनराज प्रत्यक्षतर्फ पहिलोपटक प्रतिस्पर्धा गर्दैछन् ।
उनीहरूको प्रतिस्पर्धामा थपिएका टीकाराज शिक्षक र फूटबल खेलाडीको पहिचान बनाएका व्यक्ति हुन् । उनी वालिङ आसपासका क्षेत्रमा परिचित छन् ।
चुनाव जित्न धनराजलाई कांग्रेस संगठन र माओवादीको भर छ भने पद्मालाई पार्टी संगठनको आधार छ । टीकाराजलाई भने नयाँ पुस्ताका युवाको समर्थन छ ।
टेलिभिजन कार्यक्रममार्फत गरीब, दीनदुःखी र वैदेशिक रोजगारीमा ठगिएकाको पक्षमा गरेको सञ्चारकर्मका कारण उनको चर्चा गाउँसम्म पुगेको छ ।
सामाजिक सञ्जालको पहुँचबाहिर रहेका महिला र गृहिणीहरू टेलिभिजन कार्यक्रममार्फत रविसँग प्रभावित भएको भेटिए ।
क्षति रोक्ने प्रयासमा कांग्रेस र एमाले
स्याङ्जा क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीले दिएको चुनौतीलाई नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले स्वीकार गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन सुन्न सदरमुकाम पुतलीबजार पुगेका वालिङका एक एमाले नेताले रविको पार्टीले काट्ने भोटका आधारमा कसको जीत हुन्छ भन्ने यकिन हुने बताए ।
‘स्वतन्त्रले चुनौती दिएको कुरा साँचो हो, कसको भोट धेरै काट्छन्, त्यसको आधारमा नतिजा प्रभावित हुने देखिन्छ,’ ती नेताले लोकान्तरसँग भने ।
नेपाली कांग्रेसका नेताहरू स्वतन्त्र पार्टीले एमालेको भोट काट्ने दाबी गर्छन् भने एमाले नेताहरू कांग्रेसलाई मात्र क्षति पुग्ने दाबी गरिरहेका छन् ।
शिक्षण पेशाबाट भर्खरै अवकाश पाएका वालिङका एमाले समर्थक खेमबहादुर पराजुलीले स्याङ्जा २ मा अहिलेसम्म पद्मा नै हावी रहेको दाबी गरे ।
‘स्वतन्त्र पार्टीको प्रभाव नभएको होइन, तर जीत निकाल्ने स्तरको छैन,’ पराजुलीले भने ।
राजनीतिक दलका कार्यकर्ता चुनाव प्रचारमा हिँडेकाले स्वतन्त्र मतदाताले खुलेर ठूला दलको पक्षमा बोलेका छैनन् । काठमाडौंलगायत शहरी क्षेत्रमा जस्तै स्याङ्जाका गाउँमा समेत स्वतन्त्रको हावा चलेको छ ।
यस्तो छ, मतदाताको मनोविज्ञान
स्वतन्त्र र नयाँ उम्मेदवारले जबरजस्त चुनावी माहोल बनाइरहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रजस्ता पुराना दलप्रति मतदाताको एकप्रकारको आक्रोश देखिएको छ ।
वालिङ बजारमा कपडा पसल सञ्चालन गरेर बसिरहेकी सीता लम्साल यसपटक नयाँ उम्मेदवारलाई भोट दिने योजना रहेको सुनाउँछिन् ।
‘पुराना नेता र तिनै अनुहारबाट हामी वाक्क भइसकेका छौं, उनीहरूको मनोमानी कहिलेसम्म सहने ?’ लम्सालले भनिन्, ‘नयाँ उम्मेदवारहरू पुरानाजस्तो भ्रष्ट बन्दैनन् कि भन्ने आशा छ ।’
सीताको जस्तै धारण राधा डुम्रेको पनि छ । परम्परागत दलले जनताका समस्या समाधान गर्न नसकेकाले एकपटक नयाँलाई अवसर दिने सोच रहेको उनले बताइन् । ‘मेरो मात्र होइन, यहाँ हामी सबैको सोच एकपटक नयाँलाई दिएर हेरौं भन्ने छ,’ खाद्यान्न पसल गर्ने वालिङ– ८ की मतदाता लम्सालले भनिन्, ‘यसपटक मतदाता धेरै सचेत भइसकेका छन् ।’
वालिङ– ११ तितापानी सोरेकका अमृत कुँवर नयाँ उम्मेदवारको पक्षमा जनमत बनिरहेको बताउँछन् ।
‘स्वतन्त्र पार्टीलगायत केही स्वतन्त्र उम्मेदवारले यहाँ राम्रो माहोल बनाएका छन् । ठूला दलले केही नगर्दाको फाइदा स्वतन्त्र उम्मेदवारहरूले उठाउँदैछन्,’ कुँवरले भने ।
वालिङका अर्का स्थानीय रेशमराज भट्टराई अहिले राजनीतिक दलको अभियानमा सक्रिय रहेका व्यक्तिले समेत भोट क्रस गर्ने सम्भावना रहेको बताउँछन् ।
‘पार्टीको सदस्य भएपछि चुनाव प्रचारप्रसारमा हिँड्नु उनीहरूको बाध्यता छ । तर अभियानमै हिँडेकाको पनि भोट क्रस गर्ने सम्भावना मैले देखेको छु,’ भट्टराईले भने ।
अर्का स्थानीय सुरेश श्रेष्ठ यसअघि चुनाव जितेर गएकाहरू देशभन्दा पनि आफ्नो पार्टी, घरपरिवार र आफन्तको सेवामा तल्लीन बनेको भन्दै आक्रोश पोख्छन् ।
‘देश र जनताको सेवा गर्ने उम्मेदवारलाई चुनाव जिताऔं भन्ने भावना स्वतन्त्र मतदातामा देखिन्छ । अन्तिम समयमा उनीहरूको मन कता मोडिन्छ भन्ने यकिन गर्न सकिएन,’ श्रेष्ठले भने ।
नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गराएका छन् । खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल रहेका छन् भने ...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाएको हो । यससँगै अब ग्यासको मूल्य २११० रुपैयाँ प...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा विभिन्न समयमा बन्द भएका चिनियाँ नाका खोल्ने विषयमा महत्त्वपूर्ण छलफल भएको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले जारी गरेको नयाँ नक्सामा नेपालको 'चुच्चे नक्सा' नसमेटिएको बारे भ्रमणमा चर्चा भएको दाबी गरेका छन् । नक्साबारे पहिले नै कुरा भएको र आगामी दिनमा सकारात्मक ढं...
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा नेताहरूबीच भनाभन भएको छ । शुक्रवार संसदीय दलको कार्यालयमा बसेको बैठकमा विवाद हुँदा बैठक पुस्तिका (माइन्युट) खोसाखोस भएको खुलेको छ । दलका नेता उद्धव ...
आन्दोलनरत चिकित्सक र सरकारबीच गृह मन्त्रालयमा शनिवार साँझ वार्ता जारी छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्ता शुरू ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...