२६ जेठ २०८३, मंगलबार

घरमा अपनाउनुहोस् यस्तो विधि, सधैं सुख शान्ति हुनेछ

कात्तिक २३, २०८०
घरमा अपनाउनुहोस् यस्तो विधि, सधैं सुख शान्ति हुनेछ

सुख शान्तिका लागि तपार्इंको व्यवहार राम्रो हुनुका साथै घरको वास्तु मिलेकाे हुनु जरुरी हुन्छ । घरमा वास्तुका कारण पनि अनेक समस्या उत्पन्न हुने गर्छन् । घर बनाउनुभन्दा अगाडि वास्तुका अनुसार नापनक्शा गर्नु पर्छ । घर डिजाइन गर्ने आर्किटेक्टलाई वास्तु अनुसार घरको नक्शा डिजाइन हुनुपर्ने जानकारी गराउनुपर्छ ।

घर र कोठामा निम्नननुसारको वास्तुविधि अपनाए तपार्इ‌ंकाे घरमा सुख शान्ति हुनेछ,

– घरको मुलढोका दक्षिणतिर मोहडा बनाउनु हुँदैन ।

– घरको मुलढोकामा ऊँ को स्वस्तिक आकृति राख्नुपर्छ । यसले नकारात्म तरंगहरू घरभित्र प्रवेश गर्न पाउँदैन् ।

– घरको पूर्वदिशामा पानी भरेर कलश राख्नुपर्छ । यसले समृद्धिको संकेत गर्छ ।

– घरको झ्यालढोकाको निर्माण गर्दा सूर्यको किरण लामो समयसम्म कोठामा रहने गरी निर्माण गर्नपर्छ । यसले घरमा बिरामी ,रोगबाट मुक्ति मिल्ने गर्छ ।

– परिवारमा हुने झगडा कलहको शान्तीको लागि ड्राइंग रूममा फूलदानी राख्नुपर्छ ।

– भान्साकोठामा पूजा सामाग्री वा देवीदेवताका मूर्ति राख्नु हुँदैन ।

– बेडरूममा देवीदेवता वा भगवानको तस्वीर भित्तामा टाँस्नुहुँदैन् । धार्मिक आस्थासँग जुडेका कुनै पनि सामाग्री बेडरूममा राख्नु हुँदैन् । तर प्राकृतिक सुन्दरता लगायतका तस्वीर भने राख्न सकिन्छ ।

– पुजाकोठा शौचालयको नजिक कहिले पनि राख्नु हुँदैन् ।

– घरमा छिर्ने बित्तिकै शौचालयको निर्माण गर्नु हुँदैन ।

salt training

कमेन्ट गर्नुहोस्