×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

प्रत्यक्ष चुनावमा पहिलो प्रयास– विनोद चौधरीले बनाउँदैछन् माहोल !

कात्तिक ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका डलर अर्बपति धनाढ्य विनोद चौधरी यसपटक समानुपातिक सांसद बन्ने सजिलो बाटो छाडेर प्रत्यक्ष चुनाव लड्दैछन् । 

Muktinath Bank

मंसिर– ४ गते हुने चुनावमा प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवार चौधरी बिहानदेखि साँझ अबेरसम्म मतदाताकोमा पुगिरहेका छन् । किसानका कुरा सुनिरहेका छन्, र आफूले यो क्षेत्रको विकासका लागि केही गर्न खोजेको बताइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका चौधरी सत्ता गठबन्धनका तर्फबाट नवलपरासी पश्चिम– १ का साझा उम्मेदवार हुन् । घरदैलोमा पुगेका चौधरीलाई मतदाताले आफ्नो क्षेत्रका समस्या सुनाइरहेका छन् । मञ्चमा भाषणभन्दा पनि जनताका समस्याका कुरा उनले सुनिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

चौधरीको उम्मेदवारीले पश्चिम नवलपरासीको चुनावी माहोलमा रौनक थपिरहेको छ ।

Vianet communication
Laxmi Bank

२०७० सालको संविधानसभालाई अपवाद मान्दा यो क्षेत्रबाट हाल जनता प्रगतिशील पार्टीका अध्यक्ष समेत रहेका हृदयेश त्रिपाठीले चुनाव जितिरहेका छन् ।

सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी एमालेले फिर्ता गरेपछि यसपटक पनि चौधरीसँग त्रिपाठीको प्रतिस्पर्धा हुँदैछ ।

देशव्यापीरूपमा पुराना उम्मेदवारप्रति मतदाताको अरुचिका कारण चौधरीप्रति मतदाता आकर्षित छन् । पश्चिम नवलपरासीका लागि चौधरी नयाँ उम्मेदवार बनेका छन् ।

२०७० सालमा त्रिपाठीलाई पराजित गरेका नेपाली कांग्रेसका उम्मेदवार देवकरणप्रसाद कलवार अहिले चौधरीसँगै चुनाव प्रचारप्रसारमा हिँडिरहेका छन् ।

चौधरीले नवलपरासीमा जबरजस्त चुनावी माहोल सिर्जना गरेका छन् । स्थानीय मतदाता चौधरीको उम्मेदवारीले चुनावी माहोल तताएको बताउँछन् । 

गत स्थानीय तह निर्वाचनको मतका आधारमा चौधरी सुरक्षित छन् । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको वडा तहको मतका आधारमा यो क्षेत्रमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको थियो । 

कांग्रेसले ३० हजार ३४२ मत पाउँदा एमालेले २६ हजार ७७९ मत पाएको थियो । ६ हजार ६८७ सहित राप्रपा तेस्रो पोजिसनमा रहँदा माओवादीले ५ हजार ३४७ र नेकपा एसले १ हजार १४१ मत पाएका थिए । 

मंगलवार चौधरीको निर्वाचन क्षेत्रमा भएको चुनावी सभामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले सम्बोधन गरेका थिए । 

चौधरीको पक्षमा भोट माग्न गठबन्धन दलका कार्यकर्ता सक्रिय भएर लागेका छन् ।

‘नेपाली कांग्रेसका कार्यकर्ता उत्साहित छन् । सत्ता साझेदार दलका कार्यकर्ता समेत विनोद चौधरीले यो क्षेत्रको विकासमा आमूल परिवर्तन गर्छन् भनेर प्रचारप्रसारमा हिँडिरहेका छन्,’ नेपाली कांग्रेसका एक जिल्लास्तरीय नेताले भने । 

केराको चिप्स उद्योगदेखि उखुको भुक्तानी दिलाउनेसम्मका एजेन्डा

उद्योगपति चौधरीले पूर्वी नवलपरासीमा उद्योगमार्फत हजारौं रोजगारी सिर्जना गरेका छन् ।

तुलनात्मक रूपमा पूर्वी नवलपरासीमा जस्तो विकास पश्चिममा भएको छैन । विनोद चौधरी चुनाव लड्न लागेको पश्चिम नवलपरासी विकासमा पछाडि देखिन्छ ।

देशको एक सफल उद्योगपति चुनाव लड्न आउँदा राजनीतिक दलमा आस्था नराख्ने स्वतन्त्र मतदाताले समेत यो क्षेत्रमा विकास हुने आशा व्यक्त गरेका छन् ।

प्रतापपुर गाउँपालिका– २ गोपीगञ्जका दूधप्रसाद गुप्ताले नवलपरासीको समग्र विकासको एजेन्डासहित चौधरीले आफ्नो पक्षमा माहोल सिर्जना गर्न सफल भएको बताए ।

‘यो क्षेत्रले एक जनालाई धेरैपटक सांसद बनाइसक्यो, तर केही विकास भएको देख्नुभएको छ ?’ अस्तव्यस्त सडक देखाउँदै गुप्ताले भने, ‘यसपटक हामीले नयाँलाई अवसर दिने सोच बनाएका छौं । नयाँ भनेको विनोद चौधरी हो ।’

गोपीगञ्जमै पसल सञ्चालन गरेर बसिरहेको गुनाखर भुसाल यसपटक पुराना उम्मेदवारले भोट पाउने सम्भावना नरहेको बताउँछन् । 

स्थानीय मतदाता

‘म २५ वर्षदेखि यहीँ छु । केही विकास भएको छैन । बाटो गतिलो नहुँदा साइकल मोटरसाइकल दुर्घटना भइराख्छ । विकास नगर्नेलाई किन जिताउने ?’ भुसालले आक्रोश पोखे ।

प्रख्यात तीर्थस्थल त्रिवेणीधाम जाने बाटो फराकिलो होस् भन्ने स्थानीयको माग छ । 

प्रचुर खेतीयोग्य जमिन भए पनि किसानले आफ्नो उत्पादनको बजार नपाएको गुनासो गरिरहेका छन् । 

प्रतापपुर– ७ जगन्नाथपुराका गीताराम थारू नयाँ उम्मेदवारको खोजीमा विनोद चौधरी विकल्प भएको बताउँछन् ।

‘केराको चिप्स बनाउने उद्योग खोल्ने प्रतिबद्धताले किसानहरू उत्साहित छन् । उहाँले यही क्षेत्रमा कृषि कलेज स्थापनाको कुरा पनि गर्नुभएको छ,’ प्यासीले लोकान्तरसँग भने । 

समयमा भुक्तानी नपाउने किसानहरूको मुख्य समस्या हो । सुनवलमा रहेको लुम्बिनी चिनी कारखानाका कारण यो क्षेत्रका किसान दशकौं पहिलादेखि उखु खेतीमा आकर्षित छन् ।

तर निजी चिनी कारखानाले उखुको मूल्य नदिएपछि किसानहरूले काठमाडौंमा समेत आएर विरोध गरेका थिए । 

चौधरीले उखु किसानलाई समयमै भुक्तानी दिलाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रतापपुर– ४ का बालचन्द्र यादव केराबाट चिप्स, बिस्कुट बनाउने उद्योग ल्याउने कुराले आशावादी बनाएको बताउँछन् ।

‘एक दर्जन केराको न्युनतम ६० रूपैयाँमा खरिद गर्ने गरी प्रतिबद्धता जनाउनुभएको छ । उखुको भुक्तानी दिलाउन पनि पहल गर्ने भन्नुभएको छ,’ यादवले भने । 

बर्दघाट नगरपालिका– १५ का टंकप्रसाद पौडेल यसपटक मतदाताले स्वाद फेर्न खोजेको बताउँछन् ।

‘एउटै व्यक्तिले यहाँ धेरैपटक जिते । मानिसहरूले नयाँलाई हेरौं भनेका छन् । विनोद चौधरीले मतदाता आकर्षित गर्न सफल भएका छन्,’ पौडेलले भने । 

बर्दघाटकै बालकृष्ण बराल विनोद चौधरी चुनाव लड्न आएसँगै यो क्षेत्रको विकास हुने मतदाताको आशा रहेको बताउँछन् । 

टंकप्रसाद पौडेल, बालकृष्ण बराल गुनाखर भुसाल

‘विनोद चौधरीले सांसद भएर गर्ने विकास सँगसँगै यो क्षेत्रमा उद्योग खोल्ने र रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ बरालले भने । 

प्रतापपुर– ४ का राम अज्ञा यसपटक विनोद चौधरीको पक्षमा माहोल बनेको बताउँछन् ।

‘हामीहरूले यहाँबाट एकै व्यक्तिलाई धेरैपटक चुनाव जिताएर पठाएछु । विकास नभएकोमा हामीहरू दुःखी छु । यसपटक नयाँलाई जिताएर पठाउने सोच बनाएको छु,’ अज्ञाले भने ।

दुधनाथ गुप्ता, राम अज्ञा र गीताराम थारु

बर्दघाट– १३ पनहीका चन्द्रिका थारु यसपटक मतदाताले नयाँ स्वाद चाहिरहेको बताउँछन् ।

सोही ठाउँका सन्तोष हरिजनले पनि यसपटक पुरानाले भोट पाउने सम्भावना नरहेको बताए ।

स्थानीय गीताराम थारु विनोद चौधरी र हृदयेश त्रिपाठीबीचको प्रतिस्पर्धालाई स्थानीय मतदाताहरूले रुचिका साथ हेरिरहेको बताउँछन् ।

‘यसै भन्न सकिन्न, तर चौधरीको पक्षमा माहोल बढेजस्तो देखिन्छ,’ चौधरीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x