×

NMB BANK
NIC ASIA

अमेरिकी प्रविधि कम्पनीहरूले कर्मचारी निकाल्दा नेपालीलाई पनि असर

मंसिर १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अहिले अमेरिकाका ठूला प्रविधि कम्पनीहरूले खर्च कटौतीका नाममा कर्मचारीहरूलाई निकालिरहेका छन् । यसले नेपालदेखि केन्यासम्मका मानिसलाई असर पारेको टाइम पत्रिकामा बिल्ली पेरिगोले लेखेका छन् ।

Muktinath Bank

पेरिगोका अनुसार, सामाजिक सञ्जालको ठूलो कम्पनी मेटाले ११ हजार कर्मचारी निष्काशन गरेको घोषणा गरेको छ । त्यो भनेको कुल कर्मचारी संख्याको १३ प्रतिशत हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत अक्टोबर महिनामा इलोन मस्कले ट्विटर किनेपछि कम्पनीका लगभग ३ हजार कर्मचारी निकालेका छन् । त्यो भनेको कुल संख्याको आधा हो । 


Advertisment
Nabil box
Kumari

त्यस्तै अमेजन कम्पनीले १० हजारभन्दा बढी कर्मचारी बर्खास्त गर्न खोजेको छ । माइक्रोसफ्ट, लिफ्ट र स्ट्राइपले पनि त्यसै गर्न खोज्दैछन् । 

Vianet communication
Laxmi Bank

यसले महिनाको एक लाख डलरभन्दा बढी कमाउने कोडरहरू मात्र प्रभावित भएका छैनन् । भूमण्डलीकृत अर्थतन्त्रका कारण नेपाल जस्ता विकासशील मुलुकमा रही अमेरिकी प्राविधिक कम्पनीहरूको काम लिएर केही डलर कमाउने नेपालीहरूलाई पनि यसले असर पारेको छ । 

अमेरिकी समकक्षीको तुलनामा थोरै मात्र कमाइ गर्ने उनीहरूलाई निष्काशनका कारण गरीबीको रेखामुनि धकेलिने डर छ ।

क्लाउडफ्याक्ट्री नामक आउटसोर्सिङ कम्पनीमा रहेका सयौं कर्मचारीमा नेपालीहरू पनि पर्छन् । त्यस कम्पनीका ६०० ग्राहकमध्ये माइक्रोसफ्ट पनि एक हो । क्लाउडफ्याक्ट्रीले नोभेम्बर ९ मा लगभग १२ प्रतिशत कर्मचारी कटौती गरेको थियो । 

निकालिएका कर्मचारीहरूलाई केही रकम दिइने भने पनि कति दिइने उसले खुलाएको छैन । 

नोभेम्बर १५ मा क्लाउडफ्याक्ट्रीको वेबसाइटमा उल्लेख भएअनुसार, नेपाल र केन्यामा उसका ७ हजारभन्दा बढी कर्मचारी छन् । 

नेपालको श्रम कानूनले कर्मचारीहरूलाई पर्याप्त संरक्षण गर्दैन । यहाँबाट क्लाउडफ्याक्ट्रीका लागि काम गर्ने धेरै कर्मचारी कटौतीमा परेपछि उनीहरूको बिचल्ली भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x