माघ २१, २०७९
काठमाडौँ । प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम सकिनै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक जारी छ । डेढ घण्टायता पार्टी कार्यालयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक चलिरहेको...
सांसद बनेर प्रतिनिधि सभामा प्रवेश गर्न पम्फा भुसालको लागि सजिलो बाटो थियो–समानुपातिकतर्फ बन्द सूचीको पहिलो नम्बरमा नाम राख्ने । पार्टीको एकमात्र महिला पदाधिकारी तथा यसअघि एकपटक पनि समानुपातिकमा नबसेकोले पम्फाले चाहेको भए बन्द सूचीको पहिलो नम्बरमा पम्फाको नाम हुन्थ्यो ।
तर,भुसालले संसदमा जानको लागि समानुपातिकको सजिलो बाटो रोजिनन् । कारण थियो–ललितपुर क्षेत्र नम्बर ३ का मतदातासँग उनको लामो अन्तरक्रिया । २०६४ सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भुसाल ललितपुर ३ बाट विजयी भएकी थिइन् । अहिलेसम्म प्रतिस्पर्धा गरेका दुवै निर्वाचनमा भुसाल विजयी भइन् ।
सांसद रहँदा या नरहँदा ललितपुर ३ का मतदाता कुनै काम लिएर भेट्न जाने नेता पम्फा हुन् । विद्यार्थी कालदेखि नै भुसालले ललितपुरलाई आधार मानेर राजनीति गरिन् । त्यसैले उनी तेस्रो पटक ललितपुर ३ बाट चुनाव लड्दैछिन् ।
जस्तोसुकै व्यस्तताका बाबजुद पम्फा आफ्ना मतादाताकोमा सधैँ साथमा हुन्छिन् । विवाह,ब्रतबन्ध,पूजाआजादेखि कोही विरामी पर्दा भेट्न अस्पतालमा पुगेकी हुन्छिन् । सरकारको मन्त्री रहेको समयमा पनि मतदाताको लागि मन्त्री क्वार्टरको ढोका खुलै हुन्थ्यो ।
राजनीतिक दलका नेताहरु आफ्नो व्यक्तिगत मोवाइल नम्बर अरुलाई दिन रुचाउँदैनन् । तर भुसालले जनताको फोन उठाउने मात्र होइनन् उठाउन नपाएपनि पछि कलब्याक गर्छिन् । मतदातासँग सधैं सम्पर्कमा बस्ने उनको स्वभाव हो । ललितपुरका कोर नेवारी वस्तीमा समेत उनको प्रभाव छ ।
प्रतिनिधि सभा पुनःस्थापना पछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा भुसाल उर्जामन्त्री छिन् । उर्जामन्त्रीको रुपमा पनि उनले देखिने गरी काम गरेकी छिन् ।
भूईंबाट संघर्ष गरेर उठेकी महिला नेतृ
पम्फा समकालीन महिला नेतामा त्यो नेतृ हुन्,जो संघर्ष गरेर नेतृत्व तहमा पुगेकी छिन् । नेताको छोरी,श्रीमती या पारिवारिक विरासत भन्दापनि आफ्नै क्षमता र संघर्षले भुसालले राजनीतिक उचाइ हासिल गरेकी हुन् ।
अर्घाखाँचीको एक गरिव परिवारमा जन्मेकी पम्फाले विद्यार्थी जीवनमै राजनीति सुरु गरेकी थिइन् । माओवादीले सशस्त्र जनयुद्ध सुरु गर्नुअघि नै भुसाल छोटो समयमा लागि जनमोर्चाको नेता बनेकी थिइन् ।
नेपालको महिला मुक्तिको राजनीतिक आन्दोलनमा पम्फाको नाम,कांग्रेसका मंगलादेवी सिंह,शैलजा आचार्य र कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी धर्मपत्नी सहाना प्रधानसँग तुलना हुन्छ । २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसदमा आउँदा त्यो बेला शिक्षामन्त्री रहेका नेता प्रदीप नेपालले ‘राजनीतिक सुझबुझ भएकी महिला नेतृ’को संज्ञा दिएका थिए ।
भुसालले माओवादी पार्टीको प्रवक्ताको भूमिका निर्वाह गरिसकेकी छिन् । अन्तराष्ट्रिय सम्बन्धको विषयमा पनि उनी जानकारी राख्छिन् । पहिलो संविधान सभामा राज्यको साशकीय स्वरुप निर्धारण समितिमा बसेर उनले बहस गरेकी थिइन् ।
विघटित प्रतिनिधि सभामा पनि उनले जनप्रतिनिधिको रुपमा सशक्त भूमिका खेलेकी थिइन् । राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यको रुपमा नागरिकता विधेयक लगायत कयौँ कानुन निर्माणको क्रममा नेतृत्वदायी भूमिका खेलेकी थिइन् ।
संसदमा खेलेको भूमिका र जनतासँगको निरन्तरको सम्पर्कका कारण पम्फा आगामी संसदमा आउन योग्य महिला नेतृ हुन् । जसले ललितपुरको सम्पदा संरक्षणका लागि संसदमा कयौ पटक आवाज उठाएकी छिन् । ललितपुर भित्र विकास नभएका क्षेत्रमा सडक विस्तार गरेकी छिन् ।
संसदमा बोलिन्, सरकारमा पुगेर कार्यान्वयन गरिन्
‘गुणस्तरीय जीवन’को नारा लिएर चुनाव प्रचार प्रसारमा हिँडेकी पम्फाले संसदमा बोलेको कुरा सरकारमा गएर पूरा गरेर देखाएकी थिइन् । विद्युतको महसुल घटाउन र २० युनिटसम्म विद्युत निःशुल्क गर्नुपर्छ भनेर उनले संसदमा जोडदार आवाज उठाउँदै आएकी थिइन् । २०७८ साउनमा ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सो निर्णय कार्यान्वयनमा गएको थियो ।
उर्जामन्त्री बनेपछि पम्फाले १२ सय मेगावाटको जलासययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाका लागि कम्पनी स्थापना गर्ने बोल्ड डिसिजन गराएकी छिन् । बूढीगण्डकी बनाउन भनेर स्थानीयलाई मुआब्जा वितरणमा अबौँ रुपैया खर्च भइसक्दा पनि आयोजनाको भविष्य अन्योलमा परेको थियो ।
नेपालका लागि ‘गेम चेन्जर’ आयोजना हुनसक्ने ठानिएको बूढीगण्डकी अब निर्माणको चरणमा जानेछ,यो आयोजना अगाडि बढाउनुमा भुसालको महत्वपूर्ण भूमिका छ । भुसाल ऊर्जामन्त्री रहेको समयमा नेपालले अन्तर्राष्ट्रिय बजारमा विद्युत निर्यात सुरु गरिसकेको छ ।
काठमाडौँ । प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम सकिनै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक जारी छ । डेढ घण्टायता पार्टी कार्यालयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक चलिरहेको...
नेपाली सेनाले आफूलाई आवश्यक पर्ने बूट आफैं उत्पादन गर्ने भएको छ । आफूलाई आवश्यक पर्ने बूट आफैं उत्पादन गर्ने गरी सेनाले काठमाडौंको सुन्दरीजलमा मशिनरी प्लान्ट स्थापना गरेको हो । वार्षिक ८७ हजार ५ सय जोर बू...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मागबारे एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार छलफल भएको छ । रास्वपाले सरकारलाई दुई दिनको अल्टिमेटम दिएको सन्दर्भमा उसको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई दिनको बीचमा भएको छलफलबारे ब्रिफिङ गरेका छन् ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक निष्कर्षविहीन भएको छ । शनिबार राति अबेरसम्म चलेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे ठोस निर्णय गर्न नसकेको हो । ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माग पूरा गर्नका लागि आफूहरुले प्रधानमन्त्रीलाई कुनै अल्टिमेटम नदिएको दाबी गरेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले रास्वपाको मागको विषयमा दुई द...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...