×

NMB BANK
NIC ASIA

ढुक्कसाथ मतदान गर्ने वातावरण बनाउन सुरक्षा तैनाथ भइसक्यो : महानिरीक्षक अर्याल [अन्तर्वार्ता]

मंसिर २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

यतिबेला आसन्न निर्वाचनको मौन अवधि शुरू भएको छ । 

Muktinath Bank

निर्वाचन आयोग र सरकारले निर्वाचनका लागि सम्पूर्ण तयारी भएको बताइसकेको छ । निर्वाचनको कारण भारत र चीनसँगका सीमा नाकाहरू बन्द छन् । मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको सरकारले बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनमा नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी लगायतले सुरक्षा दिँदैछन् । मुख्यगरी निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेना रहनेछ । 


Advertisment
Nabil box
Kumari

निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै सबै सुरक्षा निकायले आफ्नो सुरक्षा व्यवस्था कडा बनाएका छन् ।

Vianet communication
Laxmi Bank

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हुने सुरक्षा व्यवस्थाको सम्बन्धमा न्युज एजेन्सी नेपालले निर्वाचनको समग्र सुरक्षा व्यवस्थामा सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थाका बारेमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालसँग कुराकानी गरेको छ ।  

प्रस्तुत छ कुराकानीको सम्पादित अंश

निर्वाचनमा समग्र सुरक्षा व्यवस्थाको कुरा गर्दा सशस्त्र प्रहरी बल, नेपालले पाएको जिम्मेवारीको अवस्था कस्तो छ ?

निर्वाचनको समग्र सुरक्षा व्यवस्थाको सम्बन्धमा भन्दा एकीकृत सुरक्षा योजना जुन तयार भइसकेको छ, नेपाल सरकारले बनाएको, निर्वाचन आयोगले बनाएको । एकीकृत सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी बलको जिम्मेवारीभित्र जुनजुन कुराहरू हामीले गर्नुपर्ने भन्नेछ, जस्तोः निर्वाचन अधिकृतको सुरक्षा, मुख्य निर्वाचन अधिकृतको सुरक्षा । समग्र रुपमा भन्ने हो भने निर्वाचन अगाडि, निर्वाचनको दिनमा र निर्वाचन पछि मतगणना स्थलसम्मको सम्पूर्ण सुरक्षाको व्यवस्था भइसकेको छ । यसको लागि सुरक्षाको पाटोमा हेर्दा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय र सहकार्यमा सुरक्षा व्यवस्थालाई अन्तिम चरणमा गएर सबै जना फिल्डमा खटिसकेको अवस्था छ । निर्वाचनको सुरक्षा सम्बन्धमा पूर्ण रुपमा तैनाथीको काम सकिसक्यो ।

निर्वाचनका लागि कस्ता खालका चुनौती आँकलन गरेका छौँ ? कसरी विश्लेषण गरेका छौँ ?

सुरक्षा चुनौती दिनानुदिन नयाँ–नयाँ हुँदै जाने गर्छन् । भर्खरै स्थानीय चुनाव सकियो । त्यो चुनाव हाम्रै सुरक्षा योजना अनुसार हामीले शान्तिपूर्ण रुपमा भयरहीत रुपमा सम्पन्न गर्‍यौं । त्यसको अनुभवका आधारमा यसपालीको सुरक्षा योजना त्यही अनुसार तयार गरेका छौँ । दुई प्रकारको सुरक्षा चुनौतिहरूलाई मैले बनाएको छु । आन्तरिक र वाह्य सुरक्षा चुनौती । सशस्त्र प्रहरी बलले सीमा सुरक्षा गर्ने जिम्मेवारी पाएको कारणले गर्दाखेरी सम्पूर्ण सिमा नाकाहरू निर्वाचनको दिनको ७२ घण्टा अगाडिबाट बन्द गर्नुपर्ने अवस्था छ, जुन हिजो रातिबाट कार्यान्वयनमा आइसकेको छ । त्यो अवधिमा सीमा नाकाहरू बन्द गर्नुपर्ने र छिमेकी देशहरूबाट हाम्रो देशमा मान्छेहरू आउने क्रमलाई रोक्नुपर्ने, आवतजावत बन्द गर्नुपर्ने थियो त्यो पूरा गरिसकेका छौँ । त्यो अवस्थामा मान्छेहरू आउँदाखेरी साना हतियारहरू लिएर आउने, अपराधिक मनोवृत्तिका मान्छेहरू भित्र छिर्ने, निर्वाचनलाई प्रभाव पार्नसक्ने, यस्तो क्रियाकलाप नहोस् भनेर हामीले अन्तर्राष्ट्रिय रुपमा छिमेकी देशको सुरक्षाकर्मीहरू सँग समन्वय गरेर । उदाहरणका लागि हाम्रो दक्षिणपट्टि २२० वटा बोर्डर आउटपोष्टहरू छन् भने त्यो २२० वटा बोर्डर आउटपोष्टहरू हाम्रो स्थायी चेक पोइन्ट त्यहीँ बसेको छ । कोभिडको बीचमा हामीले १२०० वटासम्म चेक पोइन्टहरू राखेका थियौँ ।

त्यस्तै हाम्रो चेक पोइन्टले नपुगेको ठाउँ–ठाउँमा, बीचमा ग्यापलाई परिपूर्ति गर्नका लागि भारतको एसएसबीसँग पनि समन्वय गरेर त्यो ग्यापमा उहाँहरूको ड्युटी तैनाथी हुन्छ । र आवतजावत पूर्ण रुपमा बन्द गरी यो निर्वाचनमा वाह्य कुनै प्रभाव नपर्ने व्यवस्था हामीले मिलाएका छौँ । अब आन्तरिक रुपमा भन्नुपर्दा, मतदानस्थलको सुरक्षामा नेपाल प्रहरी, म्यादी प्रहरी खटिएको हुन्छ । त्यसभन्दा बाहेक बाहिर हामी हुन्छौँ । नेपाली सेना हुन्छ । मतदाताको घरदेखि मतदानस्थलसम्म पुग्नका लागि त्यो सम्पूर्ण रुटको, बाटोको सुरक्षा गर्ने जिम्मेवारी पनि हामीमा छ । शान्तिपूर्वक रुपमा, भयरहीत, निर्धक्क तरिकाले गएर आफ्नो मतदान गरेर फर्किने अवस्थासम्मलाई उहाँहरूलाई सुरक्षितसँग घरबाट मतदानस्थल र मतदानस्थलबाट घरसम्म पुर्‍याउनको लागि सशस्त्र प्रहरी बलले मोबाइल, स्ट्रयाकिङ, चेकपोइन्टहरू राखेर मतदातालाई ढुक्कसाथ मतदान गर्ने वातावरण बनाउनको लागि सुरक्षा तैनाथी भइसकेको छ र यो कुरा सम्पूर्ण फिल्डसम्म निर्देशन जारी भइसकेको छ ।

आन्तरिक चुनौतीको कुरा गर्दा विभिन्न रुपमा निर्वाचनको वातावरण विथोल्ने प्रयास हुनसक्छ, यसलाई कसरी विश्लेषण गर्नुभएको छ ? कुनै निगरानी छ कि छैन ?

निर्वाचनको दिनमा निर्वाचन कसरी शान्तिपूर्ण सम्पन्न गर्न सकिन्छ भन्ने हिसावले सबैभन्दा महत्वपूर्ण कुरा सूचना हो । सूचनालाई विश्लेषण गर्नका लागि हामीले छुट्टै टिमपनि राखेका छौँ । र स्थानीय स्तरमा पनि सूचनालाई महत्व दिएर त्यो सूचनाको विश्लेषण अनुसार कुन ठाउँमा कत्तिको संवेदनशील छ ? कस्ता खालका घटनाहरू हुनसक्छ ? त्यहाँ दुई किसिमको घटनाहरू हुनसक्छ, एउटा निर्वाचन बहिष्कारवादीहरूले गर्नसक्ने घट्ना हुनसक्छ भने अर्को राजनीतिक दलहरूको आपसी झडपको घटनाहरू पनि हुनसक्छन् । यो दुईवटै घटनाहरूलाई कसरी सकेसम्म हुन नदिने र भइहाल्यो भने पनि निर्वाचनलाई बिथोल्न नदिने, निर्वाचनलाई स्थगित हुन नदिनेगरी हामीले योजना बनाएका छौँ । त्यही योजना अनुसार नै यो निर्वाचन सम्पन्न हुन्छ ।

मतदानस्थलमा मत खसेपछि मत गणनास्थलसम्म लैजान कसरी बन्दोबस्ती गर्नुभएको छ ? यी कामका लागि चाहिने सामग्रीहरूको बन्दोबस्ती कस्तो छ ? कत्तिको पर्याप्त छ ? कसरी व्यवस्थापन गरिएको छ ?

मतदान सकिएपछि मतपेटिकाहरूलाई सुरक्षितसाथ मत गणनास्थलसम्म पुर्‍याउनका लागि निर्वाचन क्षेत्र क्षेत्रमा टोली खटिएको हुन्छ । निर्वाचन क्षेत्रको हिसाबले हाम्रो परिचालन छ । मतपेटिकाहरूलाई सुरक्षितसाथ मतगणनास्थल सम्म लैजान्छौँ । लजिस्टिकको कुरा पर्याप्त छन् कि छैनन् भन्ने कुरामा अहिले जति हामीलाई प्राप्त भइसकेको छ, त्यसको लागि हामीले राम्रोसँग व्यवस्थापन गरेका छौँ र केही कुराहरू अपुग भयो भनेपनि स्थानीय सरकार र स्थानीय स्रोत, साधन जुटाएर त्यसको लागि कुनै समस्या नहुनेगरी सुरक्षाको वातावरण मिलाएका छौँ ।

 अन्त्यमा, सशस्त्र प्रहरी बल, नेपालको प्रमुखको रुपमा यहाँले मतदाताहरूलाई निर्वाचनको सुरक्षाको विषयलाई लिएर भन्नुपर्ने केही छ कि ?

हाम्रो मुख्य लक्ष्य भनेको यो निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने, यसलाई राज्यले एउटा महाअभियानको रुपमा लिएको छ । यो अभियानलाई पूरा गर्नको लागि सुरक्षाको तर्फबाट कुनैपनि किसिमको कमी कमजोरी हुन्न । मतदाता महानुभावहरू यहाँहरूले कुनैपनि किसिमको डर, धम्की, त्रासको वातावरण पाउनुहुने छैन । ढुक्ककासाथ मतदान गर्ने वातावरण हुन्छ । त्यसकारण बढीभन्दा बढी सहभागिता जनाएर मतदान कार्यमा सहभागि हुनका लागि म यहाँहरू सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x