×

NMB BANK
NIC ASIA

निर्माताले लिएनन् रिस्क

रिलिजमा छैनन् नयाँ नेपाली फिल्म, ‘होल्ड’ भए म्युजिक भिडियो

पुसदेखि हुनेछ ‘हेभीवेट’ फिल्मबीच प्रतिस्पर्धा

मंसिर ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

हलमा केही सातायता नयाँ नेपाली फिल्म रिलिज भएका छैनन् । युट्युबमा हरेक दिन सार्वजनिक हुने म्युजिक भिडियोको संख्यामा पनि ह्वात्तै कमी आएको छ । नयाँ फिल्म प्रदर्शनमा नआउनु र म्युजिक भिडियो सार्वजनिक हुने संख्यामा कमी आउनुको मुख्य कारण हो– आमचुनाव । 

Muktinath Bank

राजनीतिमा सम्बद्ध नेता कार्यकर्ता मात्र होइन्, सबै क्षेत्रका ब्यक्तिहरू अहिले चुनावी माहोलमा छन् । चुनावी माहोलकैबीच विश्वकप फुटबल प्रतियोगिता शुरू हुनेक्रममा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी दु्ई माहोलका कारण नयाँ नेपाली फिल्म र म्युजिक भिडियोहरू रिलिज नभएको सरोकारवालाहरु बताउँछन् । 


Advertisment
Nabil box
Kumari

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चुनाव र विश्वकप फुटबल प्रतियोगिताका कारण यतिबेला फिल्म रिलिज गर्ने ‘रिस्क’ निर्माताहरूले नलिएको हुनसक्ने बताउँछन् । 

Vianet communication
Laxmi Bank

‘मुख्य कारण त आमचुनाव हो । त्यसमाथि विश्वकप फुटबल पनि शुरू हुँदैछ’, खड्काले भने, ‘सोही कारण दर्शकहरुको ध्यान चुनाव र विश्वकपतिर हुने भएकाले, हलमा दर्शकहरु नजालान् भन्ने सोँचेर निर्माताहरुले फिल्म नल्याएका हुन् ।’ 

छैनन् नयाँ नेपाली फिल्म

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै निर्माता एवं निर्देशकहरुले मंसिर–४ आसपास आफ्नो फिल्मको प्रदर्शन मिति तोकेनन् । हिजो (शुक्रबार) कुनै नयाँ नेपाली फिल्म रिलिज भएनन् । अघिल्लो साता पनि कुनै नेपाली फिल्म प्रदर्शनमा आएको थिएन् । त्यसअघि, कात्तिक १८ मा मल्टिस्टारर नेपाली फिल्म रिलिज भएको थियो, ‘लाखे’ ।

कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको प्रदीप भट्टराई लिखित एवं निर्देशित फिल्म ‘महापुरुष’ नै यतिबेला हलमा प्रदर्शन भईरहेको छ । दर्शकबाट राम्रो प्रतिक्रिया पाउँनु र अपेक्षित नयाँ फिल्म नहुनुका कारण अझै केही साता ‘महापुरुष’ हलमा रहिरहने देखिन्छ । 

चुनावका कारण हलमा नेपाली फिल्मको खडेरीको क्रम अझै केही साता रहने देखिएको छ । साना फिल्म प्रदर्शनमा आए पनि अपेक्षा गरिएका फिल्म प्रदर्शनमा आउन भने पुस महिना नै कुर्नुपर्ने निर्माताहरू बताउँछन् । 

यद्यपी यसबीचमा केही फिल्महरु भने प्रदर्शनमा आउनेछन् । आउँदो शुक्रबार (मंसिर ९ गते) सलोन बस्नेत अभिनित ‘मिलन’ नामक फिल्म प्रदर्शन हुँदैछ । त्यसको एक सातापछि मंसिर १६ गते रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’ प्रदर्शनमा आउनेछ । मंसिरको २३ गते नम्रता सापकोटा र भोलाराज सापकोटा अभिनित फिल्म ‘डेसान’ र दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेत राजकुमार राईको फिल्म ‘सोल अफ द कमाण्डो’ प्रदर्शन हुनेछ । 

‘होल्ड’मा म्युजिक भिडियो

सबैको ध्यान चुनाव र विश्वकपमा हुने भएकाले म्युजिक भिडियोले युट्यु्बमा अपेक्षित भ्युज प्राप्त नगर्ने डर लगानीकर्ताहरूमा देखिन्छ । सोही कारण निर्माण भएका म्युजिक भिडियोहरूसमेत सार्वजनिक भएका छैनन् । पछिल्लो सातायता म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम ५० प्रतिशतले कमी आएको निर्देशकहरु बताउँछन् । 

‘निर्माण भएकामध्ये ५० प्रतिशतभन्दा बढी म्युजिक भिडियोहरु होल्डमा छन्’ चल्तापुर्जा निर्देशक काजिश श्रेष्ठले भने, ‘अब चुनाव र विश्वकपको माहोल सकिएपछि एकैपटक धेरै म्युजिक भिडियोहरु आउने देखिन्छ ।’ निर्देशक श्रेष्ठ स्वयंमले तयार गरेका आधा दर्जनभन्दा बढी म्युजिक भिडियोहरु होल्डमा छन् ।

ती म्युजिक भिडियोहरु चुनाव र विश्वकपको माहोल सकिएपछि मात्रै सार्वजनिक हुने श्रेष्ठ बताउँछन् । चुनावको एक सातासम्म फ्याट्टफुट्टरुपमा मात्रै म्युजिक भिडियोहरु आउने उनको बुझाई छ । 

पुसपछि भने फिल्मको बाढी

आशा गरिएका फिल्मका लागि भने पुस १५ कुर्नुपर्ने देखिन्छ । उक्त मितिमा आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित ‘डिसेम्बर फल्स’ र प्रियंका कार्की अभिनित ‘चि मुसी चि’ र ऋचा शर्माको फिल्म ‘कौसिद’ प्रदर्शनमा आउनेछ । 

पुस २९ मा सारा सिपाइली अभिनित ‘गुञ्जन’सँगै पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ र राजु गिरीको निर्देशन रहेको ‘दिलमाया–२’ प्रदर्शनमा आउँनेछ । 

पुसपछि, माघ २० गतेका लागि जीतु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ह्यारीकी प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । माघका लागि अहिलेसम्म अन्य फिल्मले प्रदर्शन मिति तोकिसकेका छैनन् । यद्यपी माघे संक्रान्तीमा फिल्मको व्यापार राम्रो हुने भएपछि केही फिल्महरु प्रदर्शनमा आउने देखिन्छ । 

फागुनमा भने हेभीवेट फिल्मबीच प्रतिस्पर्धा हुने देखिएको छ ।  फागुन–५ गते रामबाबु गुरुङ्ग निर्देशित ‘फूलबारी’, नारायण रायमाझी निर्देशित ‘परदेशी–२’ र घनश्याम लामिछाने निर्देशित ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छन् । 

फागुन १२ मा सरोज खनालको फिल्म ‘बगान’ प्रदर्शनमा आउँनेछ । फागुनको १९ गते भने वर्षकै सबैभन्दा ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । फागुन १९ मा दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्कापञ्जा–४’, अनमोल केसीको ‘छड्के–२’, सुरज पाण्डे निर्देशित ‘परस्त्री’ र लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ प्रदर्शनमा आउँनेछ ।

चैतको १० गतेका लागि जोन योञ्जन निर्देशित ‘म राजेश हमाल’ले प्रदर्शन मिति तय गरेको छ । वैशाख १ गते फिल्मबीच ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । उक्त मितिका लागि रामबाबु गुरुङको ‘जारी’, विकासराज आचार्यको ‘नाइँ नभन्नु ल–६’ र झरना थापाको ‘भागवत् गीता’ले प्र्रदर्शन मिति तय गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x