×

NMB BANK
NIC ASIA

ढुक्क भएर मतदान गर्न सरकारको आह्वान

मंसिर ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यसपटकको निर्वाचनमा तीन लाख हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा कुनै शङ्का नगर्न आग्रह गरे । त्यसमा एक लाख १५ हजार म्यादी प्रहरी मात्रै रहेका छन् ।  

Muktinath Bank

मतदान केन्द्रको संवेदनशीलताका आधारमा तीन घेरामा सुरक्षाकर्मी खटिएका छन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेनाले सुरक्षा पहरा दिएको छ । “निर्वाचनको सबै सुरक्षा तयारी पूरा भएको छ, चारै सुरक्षा निकाय आफ्नो जिम्मेवारीअनुसार खटिएका छन्”, सिंहले आज साँझ भने, “ढुक्क भएर मतदान गर्ने अवस्था छ, सबै मतदातालाई आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म अनुकूल समयमा आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आह्वान गर्दछु ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शान्तिसुरक्षा चुनौती नगन्य रहेको जानकारी दिँदै उनले केही ठाउँमा नक्कली वस्तु राखेर तर्साउने गतिविधि देखिए पनि त्यस्ता गतिविधि नियन्त्रणमा सुरक्षाकर्मी सक्षम रहेको पनि बताए । सुरक्षाकर्मीसमेत उच्च मनोबलका साथ परिचालित रहेका उनले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

कतिपय क्षेत्रका भौगोलिक परिस्थिति र प्रतिकूल मौसमको अवस्थाका बीच अदम्य साहसका साथ खटिएर निर्वाचनको सुरक्षामा कुनै कमी हुन नदिएकामा सुरक्षाकर्मीलाई उहाँले धन्यवाद व्यक्त गरे । उनले धाँधलीरहित निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय कटिबद्ध रहेको बताए । 

Vianet communication
Laxmi Bank

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले मुलुकका ७७ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिसुरक्षा सामान्य रहेको जानकारी गराए । 

आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान हुँदैछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले मताधिकार प्रयोग गर्दैछन् । कूल १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ । यस्तै एक सय ४१ अस्थायी मतदान केन्द्र रहेको र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्दै छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x