माघ १४, २०७९
सेवाग्राहीप्रति उत्तरदायी र पेशाप्रति बफादार रञ्जना पण्डित संयोगवश बैंकिङ क्षेत्रमा प्रवेश गरेकी छन् । बुवा कृष्णप्रसाद पौडेल छोरी रञ्जनाले निजामती सेवातर्फ पाइला चालेको चाहन्थे । नेपाल राष्ट्र बैंकको प्रदेश स्तरी...
काठमाडाैं | मंसिर ४, २०७९
मंसिर ४ मा देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भयो ।
यही निर्वाचनबाट चुनिएको संसद्ले सरकार गठन गर्छ । राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्छ । आफ्नो प्रतिनिधि चयन गर्ने यो चुनाव मत दिने जाँगर छाडेर युवा भने रोजगारी खोज्दै विदेशिन बाध्य छन् ।
मतदान केन्द्रमा भन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाको भीड बाक्लो देखियो । त्यसमध्ये कतिपय अध्ययनका लागि र धेरै चाहिँ रोजगारीका लागि विदेशिन लागेको भेटियो ।
कक्षा १२ उत्तीर्ण गरेर स्नातक तह अध्ययनका लागि जापान हिँडेका बाराका– २० वर्षीय राजेश श्रेष्ठले भने, ‘नेपालमा काम गर्ने वातावरण नभएर विदेश हिँडेको हुँ ।’
नेपालमा राम्रो रोजगारीको अवसर नभएकाले विदेशमा अध्ययन गर्ने र उतै रोजगारी पनि गर्ने उद्देश्यले जापान जान लागेको उनले बताए ।
‘हाम्रो त सरकार नै ठीक छैन । कसैले पनि काम गर्न सकेनन् । जनतालाई ढाँटेर, छलेर खाने मात्रै देखियो । आजको चुनावले परिवर्तन ल्याए हुन्थ्यो’, उनले भने ।
मोरङ विराटचोकका ललित भुजेल १८ वर्षदेखि बहराइनमा काम गर्दै आएका छन् । उनी दशैं–तिहार मनाउन नेपाल आएका रहेछन् । उनी पनि मतदानमा सहभागी नभई विदेश हिँडेका छन् ।
भुजेलले बहराइन उड्नुअघि लोकान्तरसँग भने, ‘नेपालमा अवसर नभएकै कारण वैदेशिक रोजगारीमा जानुपरेको हो । बेला–बेला परिवारका सदस्य भेट्न आउने र फर्किहाल्ने गरेको छु ।’
धनकुटाका विक्रम राई पनि रोजगारीकै लागि विदेशिएका छन् । ‘नेपालमा क्षमता भएकालाई पनि २०/३० हजार कमाउन समस्या छ । त्यसैले रोजगारीकै लागि विदेशिनु परेको छ’, राईले भने ।
रोजगारीकै लागि ओमान हिँडेका स्वयम्भुका सुशन नगरकोटी नेपालमा अवसर नभएकाले विदेशिन बाध्य भएको बताउँछन् ।
‘हामी त बाध्यताले विदेशिन परेको छ । अबको ५ वर्षपछि विदेश जानु नपरोस् र नयाँ पुस्ताले पनि नेपालमै अवसर पाउने वातावरण बनोस्’, उनले भने ।
हेर्नुहोस्, भिडियो :
सेवाग्राहीप्रति उत्तरदायी र पेशाप्रति बफादार रञ्जना पण्डित संयोगवश बैंकिङ क्षेत्रमा प्रवेश गरेकी छन् । बुवा कृष्णप्रसाद पौडेल छोरी रञ्जनाले निजामती सेवातर्फ पाइला चालेको चाहन्थे । नेपाल राष्ट्र बैंकको प्रदेश स्तरी...
कैलाश मानसरोवर ! जहाँ लेक लाग्ने डरले तन्नेरी पुस्ता जान डराउँछन् । ट्राभल एजेन्सीहरूले वृद्ध, श्वासप्रश्वास सम्बन्धी समस्या भएका नागरिकलाई लैजान मान्दैनन् । ८८ वर्षको उमेरमा समुन्द्र सतहभन्दा ४ हजार ५९० मिटर उचाइ...
तपाईंहरूले ‘साबर छाला’को नाम पक्कै सुन्नुभएको होला । लोक सेवा आयोगका परीक्षाको तयारीका लागि त यो नछुटाउने प्रश्न हो । सामान्य ज्ञानका संग्रहहरूमा एउटा यस्तो प्रश्नोत्तर समावेश गरिएको पाइन्छ &ndas...
तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् । काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरूमा हर्षोल्लासपूर्ण रूपमा सोनाम ल्होछार मनाएका हुन्...
सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ गुमीका हिराबहादुर घर्ती स्वास्थ्य सहायक (एचए) हुन् । गोर्खा वेयलफेयर ट्रस्टमा झण्डै ११ वर्ष काम गरे उनले । ट्रस्टमा उनको आकर्षक तलब थियो । पत्नी बिन्दु लामिछाने रोजगारीका स...
सावित्रा काफ्लेको आँखामा ‘प्लस’ २४ ‘पावरवाला’ चश्मा छ । न्यून दृष्टियुक्त सावित्रालाई मेडिकलको भाषामा दृष्टिविहीन भनिन्छ । बिहान साढे ८ बजे काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ स्...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...